• १३ साउन २०८१, आइतबार

अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

blog

शान्ता अधिकारी
चितवन, साउन १६ गते ।
लगातारको वर्षाका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन सुरु भएको छ ।

वर्षाका कारण सडकमाथिबाट लेदो माटोसहितको पहिरो खस्दा सोमबार बिहान ४ बजेदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा केही समय अघिदेखि सवारी सञ्चालन शुरु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आइतबारदेखि परेको अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउने नजिकैको क्षेत्रका पहिरो खस्दा सोमबार बिहान ४ बजेदेखि सडक अवरुद्ध बनेको थियो ।

अवरुद्ध सडक जेसिविको सहायताले पहिरो पन्छाएपछि बिहान ६ः४५ बजेदेखि सडक दुईतर्फ सञ्चालन गर्न मिल्ने गरी खुलाइएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले सडक सुचारु भएपछि वर्षा नरोकिएका कारण सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको १७ स्थानमा पहिरोको जोखिम रहेको बताइन्छ ।

राजधानी काठमाडौंलगायत मध्य नेपालको लाइफलाइनको रुपमा रहेको मुग्लिन–नारायणगढ सडकखण्डमा दैनिक १२ हजारभन्दा बढी यातायातका साधन आवतजावत  गर्छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरोको जोखिम क्षेत्र । तस्बिर : शान्ता अधिकारी