शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
काठमाडौं, साउन १५ गते । 'मिसेस नेपाल कल्चर २०२२' आयोजना हुने भएको छ । विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझै वृहत र विस्तारित रुपमा अगाडि ल्याएर उहाँहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पुर्याउने युहान इन्टरनेसनल इभेन्ट्सले प्रतियोगिता आयोजना गर्न लागेको हो ।आयोजक युहानले एक विज्ञप्तिमार्फत प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा जुनसुकै उमेर समूहका विवाहित महिलाले आवेदन दिन सक्नेछन् । यस्तै, प्रथम मिस नेपाल रुबी राणा ब्रान्ड एम्बेसडर रहेको यस प्रतियोगिताको पहिलो अडिसन साउन २१ गते हुने भएको छ । प्रतियोगिताका विजेताले शिर्ष उपाधि, दुई लाख बराबरको उपहारकासाथै विभिन्न अवसरसमेत प्राप्त गर्नेछन् ।
सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार बसबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिकाको सुदामा गाउँबाट सदरमुकाम मलङ्गवा आउँदैगरेको ग १ ख ९४५२ नम्वरको बसबाट लडेर कौडेना गाउँपालिका –३, बस्ने ३५ वर्षीय चन्दन चौधरीको मृत्यु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माको छानवीनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल हेर्न नदएिर छानविन कार्यलाई प्रभावित बनाएको आरोप लगाउनुभएको छ । समिति भित्रै रहेका सत्तारुढ दलका सांसदले छानविन समितिलाई कल डिटेल हेर्न नदिएको टिप्पणी गर्नुभयो ।
काठमाडौं, साउन १५ गते । नारायण रिजालको निर्देशनमा बनेको 'छम्म छम्म नाचौं न' बोलको तीज गीत सार्वजनिक भएको छ । गीतको भिडियो 'ओएसआर डिजिटल'मार्फत सार्वजनिक गरिएको हो।शान्तिश्री परियार र सारिका घिमिरेको स्वर रहेको गीतमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापामगर, सुस्मिता पौडेल, सपना रिमाल, माया लगायतको अभिनय तथा नृत्य रहेको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको गीतमा योगेश काजीको संगीत तथा एरेन्ज छ । राहुल राईले छायांकन गर्नुभएको भिडियोलाई विष्णु शर्माले सम्पादन गर्नुभएको हो ।
अविनाश चौधरीधनगढी, साउन १५ गते। सुदूरपश्चिम प्रदेश सभाको आइतबार बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको छ। अपराह्न ३ बजे बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। अर्को बैठक साउन १८ गते बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले जानकारी दिनुभयो। उहाँका अनुसार आइतबारको बैठकमा सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची रहेको थियो। सो विधेयकमा सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका प्रदेश सभा सदस्यहरुको विमति रहेको छ। अघिल्लो बैठकमा विधेयकमाथि सामान्य छलफलमा भाग लिनु भएका प्रदेश सभा सदस्यहरुले विधेयकलाई फिर्ता लिन सरकारलाई सुझाव दिनुभएको थियो। फलस्वरुप, विधेयकमा सहमति जुटाउनका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल चलिरहेको जनाइएको छ। उक्त बैठकमा सहमति नजुटेपछि बैठक स्थगित गरेको बुझिएको छ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नियुक्त गर्नुपर्ने बाँकी सदस्यहरुको चाँडै टुङ्गो लाग्ने बताउनुभएको छ ।
काठमाडौं, साउन १५ गते। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले यो वर्ष १६ अर्बभन्दा बढीको विद्युत निर्यात गर्ने उल्लेख गर्नुभएको छ। आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत व्यापारमा खुला पहुँच र प्रशारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक कार्यशाला बोल्नु हुँदै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो। उहाँले विद्युतको मूल्य भारतमा राम्रो पाएकाले यो वर्ष विद्युत प्राधिकरणले करिब १६ अर्ब रुपैयाँ विद्युत निर्यातबाट कमाउने बताउनुभएको हो। गत वर्ष प्राधिकरणले ५ अर्बको विद्युत निर्यात उहाँको भनाइ छ।उहाँले भन्नुभयो, ‘‘विद्युत व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले केही कमाई रहेका छ। विगतमा एक वर्षमा ५ अर्बको निर्यात गरेका छौं। यो वर्ष प्राधिकरणबाट करिब १६ अर्ब भन्दा बढीको विद्युत निर्यात गर्छौं।’’त्यसैगरी, घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने भनाइ राख्नुभएको छ। उहाँले विद्युत प्राधिकरणले ट्रान्समिसन प्रशारण लाइनको जोखिम शुल्क तिर्ने र २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने स्पष्ट पार्नुभएको हो। । निर्देशक घिसिङले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रशारण शुल्क बढाउँदै जान नहुने बताउनुभयो। निर्देशन घिसिङले प्रशारण लाइनको लागत कम गर्नुपर्नेमा जोड दिनुभएको छ। कार्यकारी निर्देशक घिसिङले सिमेन्ट उद्योगमा ६५ प्रतिशत विद्युत क्षमता दिन नसकेको विषय गलत भएको बताउनुभयो। उहाँले अहिले सबै उद्योगमा शतप्रतिशत क्षमता विद्युत दिएको दाबी गर्नुभयो। निर्देशक घिसिङले उद्योगमा विद्युत सामान्य समस्या हुँदा पनि ठूलो मुद्दा बनाउने काम भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभयो। उहाँले प्राधिकरण उद्योगले मागेजति विद्युत दिन तयार रहेको भन्दै अहिले ट्रान्समिसन र सव-इस्टेसनमा लगानी बढाएको बताउनु भयो। निर्देशक घिसिङले विद्युतीय सवारीको कुरामा सबै विद्युतीय सवारी चलाए पनि ४०० मेगावट खपत हुँदैन भन्ने डाटा गलत भएको दाबी गर्नुभयो। उहाँले विद्युतीय सवारीमा प्रति किलोमिटरमा एक रुपैयाँ पनि नपर्ने भन्दै अहिले पेट्रोल डिजेलमा २० रुपैयाँ सवारी भाडा रहेको बताउनुभयो। त्यस्तै, कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले विद्युत उत्पादन र व्यापारको लागि ऊर्जा मन्त्रालयले आवश्यकता अनुसार नीतिहरु परिमार्जन गर्दै गएको बताउनुभएको छ। उहाँले जलविद्युत क्षेत्रको विकासको लागि लगानी बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। सचिव तिवारीले जलविद्युतमा सरकार र निजी क्षेत्रले समेत लगानी बढाउनुपर्ने बताउनुभयो। उहाँले जलविद्युत क्षेत्रको उच्च विकासको लागि वैदेशीक लगानीको पनि आवश्यकता रहेको बताउनुभयो।
पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्ने पक्षमा आफू नरहेको स्पट पार्नु भएको छ । अर्बौको कमिशन लिएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने चर्चा सञ्चार माध्यममा भइरहेकाबेला मन्त्री बडूले आफू सो पक्षमा नरहेको बताउनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तह परिचालन विभागले पूर्णता पाएको छ।
साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।
सरकारले मुगुमा बिक्री वितरणका लागि अनुदानमा उपलब्ध गराएको नुन जिल्ला सदरमुकाम गमगढी बजारबाट हराएको छ । छायाँनाथ रारा एयर कार्गो ढुवानी सेवाले ढुवानी जिम्मा लिएको १ सय ५९ क्वीन्टल नुन सदरमुकाम गमगढीबाट हराएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।