काठमाडौं, साउन १५ गते। आइतबार दिउँसो उपत्यकासहित देशभरका अधिकांश भागमा भारी वर्षा भएको छ। जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार मनसुनको न्यूनचापीय प्रभावका कारण अहिले देशका विभिन्न स्थानमा भारी वर्षा भएको हो। अहिले मनसुनको न्यूनचापीय रेखा सामान्य स्थानभन्दा केही उत्तरतिर पुगेकाले वर्षा बढी भइराखेको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबार साँझसम्म प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुनेछ। यो क्रम बुधबारसम्म निरन्तर रहने सम्भावना रहेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “न्यूनचापीय मनसुनी प्रभावले बुधबारसम्म वर्षा हुने देखिन्छ। पानी परिरहने रोकिँदै नरोकिने भन्ने हुँदैन।’’ मङ्गलबारसम्म यो प्रणालीले भारी वर्षा गराउने उहाँको भनाइ छ। निरन्तरको वर्षाले पहाडी र तराई क्षेत्रका नदीको बहाब बढ्दा ती क्षेत्रमा भू-क्षय र पहिरोको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशभर सामान्यदेखि पूर्णबदली रही विभिन्न स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरेको छ। महाशाखाले नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्ने र दैनिक जीवनयापन र यातायात क्षेत्र प्रभावित हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। आइतबार दिउँसो एकसाथ ठूलो वर्षा हुँदा काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ। सडकमा पानी जमेर हिँडडुल र सवारी आवतजावतमा समस्या भएको हो।
कोपा अमेरिका कप महिला फुटबलको उपाधि ब्राजिलले जितेको छ । कोलम्वियास्थित स्टेडियो अलफन्सो लोपेजमा आइतबार बिहान भएको फाइनलमा ब्राजिलले आयोजक कोलम्वियालाई १–० गोलले स्तब्ध बनायो ।
नेपाल स्टक एक्सचेञ्जले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबारमा रोक लगाएको छ।
कम्युनिटी शिल्ड फुटबलको उपाधि इङ्लिस क्लब लिभरपुलले जितेको छ । किङ्स पावरमा शनिबार राति भउको खेलमा लिभरपुलले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई ३–१ गोलले हरायो ।
काठमाडौं, साउन १५ गते। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ। माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले आइतबारका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिनुभयो।उहाँले भन्नुभयो, “अर्थमन्त्रीको शपथको कुरा छ, पार्टीमा पदाधिकारी चयन सम्बन्धमा टुङ्गो लगाउने कुरा छ। अध्यक्षको २१ देखि २५ गतेसम्म जापान भ्रमण छ, त्यसपछि बस्ने भन्नेछ।”संसदमा पुगेका केही विधेयक सम्बन्धमा पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने उहाँले बताउनुभयो। पार्टी अध्यक्ष पुष्पकमल दाहालको साउन २१ देखि २५ गतेसम्म जापान भ्रमण गर्ने कार्यतालिका रहेकोले त्यसपछि मात्रै बैठक बस्ने उहाँको भनाइ छ।
खार्पुनाथ गाउँपालिका वडा नं. ५ का अध्यक्ष भरतजंग शाहीले आफूले राज्यबाट पाउने पहिलो सेवा र सुविधाबाट खाद्ायन्न सहयोग गर्नुभएको छ । वडाका दलित, एकल महिला र पुुरुष तथा आफ्नै आम्दानीबाट खाना नपुग्नेलाई सो खाद्यान्न सहयोग गरिएको उहाँले बताउनुभयो ।
जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । रेड बुल एरिना लेइपजिगमा शनिबार राति भएको खेलमा बायर्नले बुन्डेसलिगा प्रतिद्वन्द्वी घरेलु टोली आरबी लेइपजिगलाई ५–३ गोलले हरायो ।
निर्मलराज काफ्ले सङ्घीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत नियुक्त हुनुभएको छ।
नवलपरासी –४ खजुरा खोला खनेर खाल्डो परेपछि नहरमा पानी नचढेको स्थानीय रामकली गिरिले गुनासो गर्नुभयो । नहरको डिलमा घाँस काट्दै गर्नुभएकी खोलातिर देखाउँदै उहाँले भन्नुभयो, “पानी नचढेपछि खेतमा सिँचाइ हुन पाएन ।” पानी चढ्दैन आलीमा घास काट्दै गरेकी रामकली गिरीले वाध तिर देखाउँदै भनिन्” । वर्दघाट नगरपालिका १६ स्थायी निवास ७५ वर्षिया गिरिले थप्नुभयो, “लामो खडेरीले खेतको धान सुक्यो, खोलामा अलिअलि पानी भएपनि खोलाको उत्खनन्ले गहिराइँ बढेपछि नहरमा पानी चढेन ।”
तेस्रो पुलचोक कपको उपाधि सिद्धबाबा माध्यमिक विद्यालय तम्घास गुल्मीले उचालेको छ । पुलचोक स्पोर्ट्स क्लब तम्घासको आयोजनामा सञ्चालित तेस्रो पुलचोक जिल्लास्तरिय छात्रा फुटबल प्रतियोगितामा पालुखा माध्यमिक विद्यालय इस्मा गाउँपालिका–२ पालुखालाई ३–१ गोलले हराउँदै सिद्धबाबा माध्यमिक विद्यालयले उपाधि जितेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले बिहान खोटाङमा गएको ६ म्याग्निच्युडको भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिनुभएको छ ।
स्याङ्जामा गत आर्थिक वर्ष २०७८÷७९ मा आठसय ९४ वटा नयाँ उद्योग थपिएका छन् ।
कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु नौ अर्ब ५८ करोड २६लाख ५०हजार राजश्व सङ्कलन गरेको छ ।
मामुली कविले मामुली कविता लेख्छन् अनि अचाक्ली भ्रम पाल्छन् र आत्मरतिमा रमाइरहन्छन् । खतरनाक त गैरमामुली कविहरू पो हुन्छन् । जसका कविता पनि उतिक्कै गैरमामुली हुन्छन् । एक त्यस्तै गैरमामुली कवि हुन् पाब्लो नेरुदा । उनले दुनियाँ छाडेको नै आज पाँच दशक पुग्न लागिसकेको छ र पनि उनको असर भने अझै यस्तो छ, मानौँ उनी अहिले पनि यही दुनियाँमा छन्, यतै कतै छन् ।
२०७९ साल जेठ १३ गते उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक महìवको वक्तव्यका क्रममा दिएको अभिव्यक्तिका कारण प्रतिनिधि सभामा गतिरोध उत्पन्न भयो। प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीमाथि असंसदीय भाषामा अप्रमाणित आरोप लगाएको भन्दै नेकपा (एमाले)का सांसदले शब्द रेकर्डबाट हटाउन माग गरे।