काठमाडौं, साउन १४ गते । गायक राजेश पायल राई र गायिका सुरेखा क्षेत्रीको स्वरमा रहेको गीत ‘दाइकी कान्छी साली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको सङ्गीत छ ।गम्भीर विष्टको निर्देशनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ र अन्जली अधिकारीक अभिनय देख्न सकिन्छ । नृत्यमा आधारित भिडियोमा गाउँले जीवनलाई चित्रण गरिएको छ जसका कोरियोग्राफर सुबोल थापा हुनुहुन्छ ।गीतमा पवन सुस्लिङको छायाङ्कन र नवीन निरौलाको सम्पादन एवं कलर ग्रेडिङ छ ।
दार्चुलाको लेकम गाउँपालिकाबाट एक जना सुत्केरी महिला र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लेकम गाउँपालिका –२ गराडी भाटाइजर बस्ने ३० वर्षिया काली सार्कीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको छ । जेठमा शून्य सक्रिय सङ्क्रमित रहेकोमा पछिल्लो समय सङ्क्रमण बढेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्नुभएको छ।
पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ६९९ कोरोना परीक्षण गर्दा ४३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगविहीन बनेको छ । उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरणका लागि विस्तृत परियोजना विवरण बने पनि काम हुन नसकेको बताइएको छ ।
किवानिज क्लब अफ एभरेष्टले सञ्चालन गर्दै आएको जुडो फर किड्स कार्यक्रमअन्तर्गत गोठाटारमा रहेको अनाथलय श्रृजनशील बाल गृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ ।
दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर ४ राउटे चौरमा राउटे समुदायको बस्ती।
श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यू–१७ फुटबल च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको समूह विभाजनका नेपाल ‘बी’मा परेको छ ।
शिवराज ढुंगाना अछाम, साउन १४ गते। तुर्माखाँद गाउँपालिका–२ भुलुमा पहिरोले घरभित्र पुरिएर मृत्यु भएका तीन जनाका आफन्तलाई छ लाख रुपियाँ राहत प्रदान गरिएको छ। प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी तुर्माखाँद गाउँपालिका पुगेर मृतकका आफन्तलाई राहत रकम हस्तान्तरण गर्नुभएको हो। पहिरोले घरमा च्यापिएर मृत्यु भएका तीन जनालाई प्रतिमृतक दुई लाखका दरले राहत उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो। आइतबार राति घरमाथि खनिएको सडकबाट पहिरो आउँदा भुलुका १५ वर्षीय संविधान विष्ट, २५ वर्षीय वीरेन्द्र विष्ट र ४५ वर्षीया हरिकला विष्टको घरमा पुरिएर मृत्यु भएको थियो। ५५ वर्षीया नैनकला विष्टलाई घाइते अवस्थामा स्थानीयले उद्धार गरेका थिए। घर माथिबाट पहिरोसँगै ठूलो रुख आएका कारण दश कोठासहितको तीन तले घर राति करिब १२ बजेतिर भत्किएको बताइएको थियो।
एक वर्षको अबधिमा पाल्पामा १८ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०७८–७९ मा १८ हजार चार सय ६६ सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाकिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा छ आतङ्कवादीको मृत्यु भएको छ । देशको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तअन्तर्गत पर्ने केच जिल्लामा भएको घटनामा परी उनीहरूको मृत्यु भएको हो ।
राष्ट्रपति विद्या भण्डारीले अहस्तक्षेप र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्दछ भन्ने नेपालको सुस्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ ।
नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘बी’ मा परेको छ । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो ।
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् ।