डडेल्धुराको नवदुर्गा गाउँपालिकाको डोजरको वार्षिक आम्दानीभन्दा खर्च २० गुणा बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ सालको वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो ।
गायक सञ्जीवसिंह राना मोफसलबाटै नेपाली साङ्गीतिक क्षेत्रमा जम्न सफल हुनुभएको छ । विभिन्न साङ्गीतिक प्रतियोगितामा भाग लिएर प्रतिस्पर्धा गर्न सक्ने क्षमता प्रदर्शन गर्ने गायक राना गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएको छ ।
एनआईसी एसिया बैङ्कले अब नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । यो नयाँ सेवामार्फत अब ग्राहकले यो मेसिनको प्रयोग गरी सहज रूपमा आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्ने बैङ्कले जनाएको छ । यो मेसिनको प्रयोग गर्दा फारामबिना खाता नम्बरका आधारमा रकम जम्मा गर्न सक्ने व्यवस्था बैङ्कले गरेको हो । यो मेसिनबाट एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९ हजार पाँच सय रुपियाँ गरी दैनिक अधिकतम नौ लाख ९९ हजार पाँच सय रुपियाँसम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।
ग्लोबल आईएमई बैङ्कले लमजुङको मध्यनेपाल नगरपालिका–३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैङ्कले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैङ्किङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने गरी कुनै तयारी नभएको बताउनुुभएको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिक साधारण सभामा शनिबार मन्त्री बडूले पेट्रोलियम पदार्थको आपूर्ति निजी क्षेत्रको सहभागितामा भइरहेकाले निजीकरण हुने विषय हल्ला मात्र भएको बताउनुुभएको हो । “नेपाल आयल निगमले गर्दै आएको कारोबारलाई हस्तक्षेप गरेर निजी क्षेत्रलाई खुला गरिँदैन । यस क्षेत्रलाई देखिएका समस्यालाई सुधार गर्दै जानुपर्छ,” मन्त्री बडूले भन्नुुभयो ।
महोत्तरीको गौशालामा शुक्रबार छुरा प्रहार गरी पाँच लाख रुपियाँ लुटपाट गरेको भन्दै झुटो उजुरी दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।
‘बर्खे झरी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक निशान भट्टराई र गायिका रानु निरौलाको आवाज सुन्न सकिन्छ । किरण भण्डारीको शब्द, सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ अनिल नकर्मीले गर्नुभएको हो । गौरव गिरीले निर्दशन गर्नुभएको म्युजिक भिडियोमा प्रियाना आचार्य, दिवस नाथ, निशा खतुन र राज टाइगरको अभिनय देख्न सकिन्छ । गीतमा वसन्त कुँवरको छायाङ्कन, बलभद्र कुँवरको सम्पादन र सरस्वती श्रेष्ठको मेकअप समावेश रहेको छ ।
मौलिक बाजाहरूको संरक्षण तथा संवद्र्धनका लागि विभिन्न भजन खलःहरूलाई सांस्कृतिक सामग्री प्रदान गरेको छ। मध्यपुर थिमी नगरपालिका–१, लोकन्थलीका अध्यक्ष बाबुकाजी डङ्गोलले भजन खलःहरूलाई वाद्यवादन प्रदान गर्नुभएको हो।
हरेक वर्ष साउन १५ गते खीर खाएर रमाइलो पर्वका रूपमा मनाउने गरिन्छ। आइतबार साउन १५, घर–घरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ। नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद्हरू बताउनुहुन्छ।
दार्चुलाको अपिहिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीमा अज्ञात रोग देखिएपछि पाँच दिनका लागि पठनपाठन बन्द गरिएको छ । साउन १२ गते बसेको शिक्षक तथा कर्मचारीको बैठकले पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
सदरमुकाम सिमकोटको खानेपानीमा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु कोलिफर्म र इकोली भेटिएको छ । सिमकोट बजार र वडा नं. ५ र ६ का लागि आपूर्ति हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको पानी परीक्षण गर्ने क्रममा सो जीवाणु भेटिएको हो ।
हिल्सा जोड्ने कर्णाली कोरिडोर एक हप्तादेखि बन्द छ । दैनिकजसो पानी परेपछि भर्खरै खुला गरिएको ट्र्याक हिलाम्मे भएका कारण यातायात सञ्चालन हुन सकेको छैन । ट्रकचालक महावीर खड्काका अनुसार कोरिडोरको लाफा सडकखण्ड आइतबारदेखि बन्द भएको छ । सडकमा गाडी फसेको अवस्था छ । फसेको गाडी निकाल्ने कुनै साधन नहुँदा यातायात व्यवसायी समस्यामा परेका छन् । हिलो सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्काले बताउनुभयो ।
जिल्ला मुस्ताङको जोमसोम–कोराला सडक खण्डको पाण्डा खोलामा अवरुद्ध सडक खुलाउने क्रममा करेन्ट लागेर एक जना प्रहरी गम्भीर घाइते हुनुभएको छ। बिहीबार बेलुकादेखिको वर्षाले गर्दा पाण्डा खोलामा आएको बाढीले आफ्नो धार परिवर्तन गर्दा शुक्रबार बिहानैदेखि पटक पटक अवरुद्ध भएको सडक खुलाउने क्रममा साँझ करेण्ट लाग्दा घाइते हुनुभएको थियो।
‘अफ सिजन’ (बेमौसम) एवं बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार हाल पदमार्ग आएका पर्यटकमा स्वदेशीभन्दा विदेशी पर्यटक बढी देखिएको छ। आएका अधिकांश अन्नपूर्ण पदमार्गको थोराङ्ला पास गरी मुक्तिनाथ जोमसोमसम्म पुग्ने गर्छन्। केही मात्र तिलिचो क्षेत्र पुग्ने गरेको एक्यापले जनाएको छ।
शून्य भएको कोरोना सङ्क्रमण गुल्मीमा फैलिन थालेको छ । शनिबार मात्रै गुल्मी जिल्लामा ११ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो । शनिबार २३ जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ५६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।