• १६ भदौ २०८१, आइतबार

भजन खलः सांस्कृतिक सामग्री प्रदान

blog

भक्तपुर, साउन १५ गते । मौलिक बाजाहरूको संरक्षण तथा संवद्र्धनका लागि विभिन्न भजन खलःहरूलाई सांस्कृतिक सामग्री प्रदान गरेको छ। मध्यपुर थिमी नगरपालिका–१, लोकन्थलीका अध्यक्ष बाबुकाजी डङ्गोलले भजन खलःहरूलाई वाद्यवादन प्रदान गर्नुभएको हो। 

उहाँले आफ्नो मौलिक बाजा र संस्कृतिको संरक्षण गर्न सो सामग्री प्रदान गर्नुभएको जानकारी दिनुभयो। “हाम्रो पहिचान भनेको संस्कृति र मौलिक परम्परा हो,” डङ्गोलले भन्नुभयो, “यो नै लोप भयो भने हामी पनि रहन सक्दैनौँ त्यसकारण यसको संरक्षणमा हामी सबै लाग्नुपर्छ।” 

अहिले दाफा, तथा लोकभजनहरू पनि बूढापाकामा मात्र सीमित भएको गुनासो गर्दै युवापुस्तामा पनि यसको आस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो। वाद्यवादन सामग्री प्रदान गरेपछि दैनिक रूपमा भजन भएको दाबीसमेत डङ्गोलले गर्नुभयो। उहाँले लोकसंस्कृति संरक्षणका लागि युवा वर्गदेखि बालबालिकालाई पनि मौलिक बाजाहरूको तालिम दिएको पनि जानकारी दिनुभयो।