लगातार पानी परेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको हिउँदेखोलामा सडक भासिएको छ।
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजार र आसपासको क्षेत्र पहिरोको उच्च जोखिममा छ। डाँडामाथि बजार, दुवै तर्फको जमिन पहरामाथि भएकाले जति बेला पनि पहिरो खस्ने खतरा छ।
पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहन मन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ ।
नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम ९९ प्रतिशत सकिएको छ । महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुल निर्माण भइरहेको हो ।
नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गते आइतबार एकै चरणमा गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसाल (गौतम)ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअिभयोग संसदको यही अधिवेशनमा अघि बढ्ने बताउनुभएको छ ।
बिहान सवा १० बजेसम्म कार्यालयमा सेवाग्राही खचाखच भरिए पनि कर्मचारीहरु नआएको देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबार कर्मचारीको हाजिरी छड्के गरेको छ । हाजिरी छड्के गर्दा एकै दिन ३२ कर्मचारी अनुपस्थित रहेको देखिएको छ ।
५४औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपालका उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कांस्य पदक विजेता राजु राई नगद पुरस्कार सहित सम्मानित हुनुभएको छ ।
इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरी जिल्लामै पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । साउन २२ देखी सुरुहुने प्रतियोगितामा सुनसरी जिल्ला भरिका विद्यालयहरुले भाग लिन पाउने आयोजकले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ ।
भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका हुन् ।
क्यानाडामा पनि मङ्कीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मङ्कीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यू–१७ फुटबल च्याम्पियनसिपको तयारीका लागि ६० खेलाडी प्रारम्भिक छनोट गरेको छ । छनोटका लागि देशभरबाट सात सय खेलाडीको सहभागिता रहेको थियो ।
सप्तकोसी बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बाढी पीडितका लागि राहत पठाएको हो ।
चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले दरबारमार्ग क्षेत्रबाट चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा बुधबार साँझ छ जनालाई पक्राउ गरेको हो ।