• ८ जेठ २०८१, मङ्गलबार

प्रतिनिधि र प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते एकै चरणमा हुने घोषणा

blog

काठमाडौं, साउन १९ गते । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गते आइतबार एकैचरणमा गर्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो १ बजे बसेको  मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले दिनुभयो ।

यसअघि निर्वाचन आयोगले मङ्सिर २ गतेका लागि सिफारिस गरे पनि सरकारले मङ्सिर ४  गते निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो ।