• १३ साउन २०८१, आइतबार

माओवादी स्थायी समिति बैठक स्थगित

blog

फाइल तस्बिर

काठमाडौं, साउन १५ गते। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति  बैठक स्थगित भएको छ। माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले आइतबारका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “अर्थमन्त्रीको शपथको कुरा छ, पार्टीमा पदाधिकारी चयन सम्बन्धमा टुङ्गो लगाउने कुरा छ। अध्यक्षको २१ देखि २५ गतेसम्म जापान भ्रमण छ, त्यसपछि बस्ने भन्नेछ।”

संसदमा पुगेका केही विधेयक सम्बन्धमा पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने उहाँले बताउनुभयो। पार्टी अध्यक्ष पुष्पकमल दाहालको साउन २१ देखि २५ गतेसम्म जापान भ्रमण गर्ने कार्यतालिका रहेकोले त्यसपछि मात्रै बैठक बस्ने उहाँको भनाइ छ।