• १३ साउन २०८१, आइतबार

निर्मलराज काफ्ले ब्राजिलका लागि राजदूत नियुक्त

blog

फाइल तस्बिर

काठमाडौं, साउन १५ गते । निर्मलराज काफ्ले सङ्घीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत नियुक्त हुनुभएको छ। 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार एक विज्ञप्ति जारी गर्नुहुँदै काफ्ले सो पदमा नियुक्त हुनुभएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले काफ्लेलाई सो पदमा नियुक्त गर्नुभएको हो ।