• १३ साउन २०८१, आइतबार

सिद्धबाबालाई पुलचोक कपको उपाधि

blog

उपाधि विजेता सिद्धबाबा माध्यमिक विद्यालय । तस्बिर : रमेश विश्वकर्मा

गुल्मी समाचारदाता

गुल्मी, साउन १५ गते । तेस्रो पुलचोक कपको उपाधि सिद्धबाबा माध्यमिक विद्यालय तम्घास गुल्मीले उचालेको छ । पुलचोक स्पोर्ट्स क्लब तम्घासको आयोजनामा सञ्चालित तेस्रो पुलचोक जिल्लास्तरिय छात्रा फुटबल प्रतियोगितामा पालुखा माध्यमिक विद्यालय इस्मा गाउँपालिका–२ पालुखालाई ३–१ गोलले हराउँदै सिद्धबाबा माध्यमिक विद्यालयले उपाधि जितेको हो ।

पहिलो हाफमा दुवै टाेलीले बराबरी खेलेका थिए । दोस्रो हाफमा पालुखा माध्यमिक विद्यालयकी छात्रा पूजा ठकुरीले एक गोल गर्नुभयो । त्यसपछि सिद्धबाबाका लागि बन्दना गाहा मगरले दुई तथा केशरी पुनले गोल गर्दै टोलीलाई जिताउनुभयो । यससँगै सिद्धबाबाले लगातार तेस्रो पटक उपाधि चुमेको हो । उपाधिसँगै सिद्धबाबाले २५ हजार रुपियाँ पुरस्कार पायो । उपविजेता पालुखा माध्यमिक विद्यालयले १५ हजार रुपियाँ पायो । 

प्रतियोगितमा बेस्ट डिफेन्डर सिद्धबाबाकी छात्रा जया कुँवर बन्नुभयो । सोही विद्यलयकै समिक्ष रेश्मी उत्कृष्ट गोलरक्षक,  बन्दना गाहामगर सर्वाधिक गोल कर्ता बन्नुभयो । सवोत्कृष्ट खेलाडी पालुखा माध्यमिक विद्यालयकी पूजा ठकुरी र इमरजिङ प्लेयर आदर्श विद्या आश्रमकी एन्सिला थापा बन्नुभयो । अनुशासित टोलीको पुरस्कार ब्रिलियण्ट युनाइटेड एकेडेमी तम्घासले पायो । 

सदरमुकाम तम्घासको चिदिचौर खेल मैदानमा साउन ११ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगितामा जिल्लाभरका १० विद्यालयले भाग लिएको क्लबका महासचिव प्रकाश मरासिनीले जानकारी दिनुभयो ।