• ७ मंसिर २०८१, शुक्रबार

इङ्ल्यान्डलाई महिला युरोकप उपाधि

blog

युरोकप उपाधिसहित इङ्ल्यान्ड महिला टोली ।

काठमाडौं, साउन १६ गते । आयोजक इङ्ल्यान्डले पहिलो पटक महिला युरोकप फुटबल उपाधि जितेको छ । घरेलु मैदान वेम्बली स्टेडियममा आइतबार राति भएको खेलमा इङ्ल्यान्डले आठ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै उपाधि जितेको हो ।

इङ्ल्यान्डलाई जिताउन  एला टोन र क्लोइ केलीले गोल गर्नुभयो । जर्मनीकी लिना मागुलको गोल सान्त्वना बन्यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

६२औं मिनेटमा एला टोनले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । तर ७९औं मिनेटमा जर्मनीकी लिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । निर्धारित ९० मिनेटमा बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा पुगेर इङ्ल्यान्डले निर्णायक गोल गरेको थियो ।

११०औं मिनेटमा क्लोइ केलीले गोल गर्दै इङ्ल्यान्डलाई युरोकप उपाधि दिलाउनुभयो । तेस्रो पटक फाइनलमा स्थान बनाएको इङ्ल्यान्डको यो पहिलो उपाधि हो । यसअघि इङ्ल्यान्ड सन् १९८४ र २००९ मा फाइनलमा पुगेको थियो । एजेन्सी