पोर्चुगलका सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सोमबार आफ्नो विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्ने सपना समाप्त भएको बताउनुभएको छ। ३७ वर्षीय रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासबारे भने बोल्नुभएन। विश्वकपको क्वाटरफाइनलमा शनिबार पोर्चुगल अफ्रिकी टिम मोरक्कोसँग १–० ले पराजित भएपछि रोनाल्डोले आँसु झार्दै मैदान छोड्नुभएको थियो। त्यसपछि रोनाल्डोको फुटबल जीवन सकिएको हो ? भन्ने बहस चलिरहेको छ।
जिल्लाको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज र कोहलपुर क्षेत्रको विद्युत् संरचना विस्तार गर्ने भएको छ । नेपालगञ्ज र कोहलपुर तथा आसपासका क्षेत्रको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधारको सञ्जाल निर्माण गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सो क्षेत्रमा सन् २०५० सम्म आठ सय मेगावाटसम्म लोड आपूर्ति गर्नुपर्ने आकलनसहित ४००, २२० र १३२ केभीका उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसनको निर्माण गरिने जनाएको हो ।
भरतपुर महानगरपालिकाभित्र निर्माणाधीन आधा दर्जन आयोजनालाई समयमै काम पूरा गर्न भरतपुर महानगरपालिकाले निर्माण व्यवसायीलाई अल्टिमेटम दिएको छ । भरतपुरका मुख्य सडक खण्डहरूको निर्माण कार्य सुस्त भएसँगै जनगुनासो आउन थालेपछि महानगरपालिकाले छिटोभन्दा छिटो काम पूरा गर्न निर्माण कम्पनीलाई अल्टिमेटम दिएको हो । आइतबार भरतपुर महानगरपालिकामा बसेको भरतपुर महानगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीबीच भएको छलफलपछि निर्माण कम्पनी रमणले तोकिएको समयमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले जानकारी दिनुुभयो ।
औद्योगिक क्षेत्रको भाडा वृद्धिको विरोधमा उद्योगी व्यवसायी उत्रेका छन् । औद्योगिक क्षेत्रको भाडा वृद्धि नियमसङ्गत नभएको बताउँदै बढाइएको भाडा तत्काल फिर्ता गर्नुुपर्ने मागसहित उद्योगी व्यवसायी विरोधमा उत्रेका हुन् । कल्याण तथा सुुरक्षा समिति, पाटन औद्योगिक क्षेत्रले सोमबार पत्रकार सम्मेलन गरेर बढेको भाडा तत्काल फिर्ता गर्नुुपर्ने माग गरेको हो । समितिका अध्यक्ष शैलेन्द्रलाल प्रधानले कानुनविपरीत औद्योगिक क्षेत्रमा आठ गुणासम्म भाडा वृद्धि गर्दा उद्योगी व्यवसायी मारमा परेको बताउनुुभयो ।
नेपाल विद्युत् प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स)को डे अहेड मार्केटबाट विद्युत् खरिद गर्न सुरु गरेको छ । करिब दुई हजार दुई सय मेगावाट जडित क्षमता र उच्चतम माग (पिक डिमान्ड) करिब एक हजार छ सय मेगावाट रहे पनि प्राधिकरणले व्यावसायिक लाभ हेर्दै आयात सुरु गरेको हो । यही रणनीतिअनुसार मङ्सिर २१ देखि आयात थालेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । प्राधिकरणले सस्तो हुने समयमा भारतबाट आयात गरी पानी जोगाउने र महँगो पर्ने समयमा भारत निर्यात गर्ने गरी लाभ सुरक्षित गरिरहेको भट्टराईले स्पष्ट पार्नुभयो ।
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनपछि गठन हुने बागमती प्रदेश सभाको दोस्रो कार्यकालको अधिवेशनका लागि आन्तरिक तयारी तीव्र बनाइएको छ । बागमती प्रदेश सभा सचिवालयले प्रदेश सभा गठनपछि दोस्रो प्रदेश सभाको दोस्रो कार्यकालको अधिवेशनका आवश्यक भौतिक संरचनाको निर्माण, प्रदेश सभा सचिवालयको व्यवस्थापन, प्रदेश सभा भवन र हलको रङरोगन गरी प्रदेश सभा भवनलाई चिटिक्क बनाउनेलगायतका तयारी गरिरहेको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका वाड नं ९ रिजाल डाँडाबाट सोमबार देखिएको काठमाडौं वरपरका हिम शृङ्खला ।
राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन चाहेकाले ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश,२०७९’ ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्पष्ट पारेको छ ।
जन्मदिन मनाउने चलन भड्किलो बन्दैगएका बखत पाँचथरका एक जना सर्वसाधारणले छोराको जन्मोत्सवको अवसरमा ६० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नुभएको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –२ सान्थाक्रामा प्रसुति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ । सान्थाक्रा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सम्पन्न भएसँगै प्रसुति केन्द्र सञ्चालनमा ल्याइएको हो ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका –२, बेल्हीमा जग्गाको विवादमा कुटपीट हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो भएको घटनामा ७० वर्षीया सागर देवीको मृत्यु भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
जाजरकोटमा जिप दुर्घटना हुँदा नौं जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । जिल्लाको छेडागाड नगरपालिका–४ र ५ को दशेरादेखि वडावन जाँदै गरेको अवस्थामा आज सोमबार साँझ भिरपाटी नजिक ०२-००१ च ४२९ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
सुनसरीको रामधुनी नगरपालिकाले आफ्नो चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।