काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउनुभएको छ ।
तारकेश्वर नगरपालिका–३ तीनपिप्लेमा बाग्मती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिका–३ पाँचमाने घर भएका २३ वर्षीय सबिन फुयालको मृत्यु भएको हो ।
नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज तथा कोहलपुर क्षेत्रको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधारहरुको सञ्जाल निर्माण गर्ने भएको छ ।
चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ । नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एक्युआई अभिलेख गरिएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मङ्सिर २९ गते बिहीबार पेश गर्ने तयारी गरेको छ ।
बुटवलमा ट्राफिक व्यवस्थापनमा नगरपालिकाको चासो बढाएको छ । अस्पताल लाइन क्षेत्रमा गाडी रोक्न नपाइने निर्णय समेत भएको छ ।
धनुषामा एक महिलाको हत्या भएको छ । जिल्लाको बटेश्वर गाउँपालिका–५, शान्तिपुरमा २७ वर्षीया रितादेवी यादवको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ (पानी ल्याउने) को ४३ प्रतिशत पूरा भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमा सो प्रतिशत अर्थात् छ सय १० मिटर सम्पन्न भएको तनहुँ जलविद्युत आयोजनाको वरिष्ठ सहायक उद्धव पौडेलले जानकारी दिनुभयो ।
नेपाल प्रहरी श्रीमती सङ्घ र सशस्त्र प्रहरी परिवार महिला सङ्घको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कलेज अफ मेडिकल साइन्स भरतपुरका चिकित्सकहरूद्वारा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारी, उहाँहरूका आश्रित परिवार लगायत स्थानीयसमेतलाई सहयोग पुग्ने गरी शिविर आयोजना गरिएको नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुशुमलता सिंहले जानकारी दिनुभयो ।
भाइबहिनीहरू ! उहाँ हुनुहुन्छ, शङ्करप्रसाद कोइराला । पूर्वअर्थमन्त्री । नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मेर देशका लागि राम्रो काम गर्न सफल व्यक्ति । बाल्यकालका सबै समय उहाँमै बिताउनुभएका कोइरालाले भोजपुर बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा बीए उत्तीर्णलगत्तै गाउँ छाड्नुभयो । उच्च शिक्षा पढ्न काठमाडौं आएर त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमए पढ्न भर्ना भएलगत्तै उहाँले जागिरका लागि परीक्षा दिँदा पाँचवटा सरकारी संस्थान र लोकसेवा आयोगमा समेत एकै पटक नाम निकाल्न सफल हुनुभयो । भाइबहिनीहरू आखिर मेहनतको फल त
अजय सामान्य परिवारमा जन्मिएको थियो । उसका बुवा खेतीपाती गर्थे भने आमा नजिकैको एउटा आधारभूत तहको विद्यालयमा पढाउनु हुन्थ्यो,। खेतीपाती र शिक्षण पेसाबाट आएको आम्दानीले नै घर व्यवहार चलाउन र अजयको विद्यालयको शुल्क तिर्न जेनतेन पुग्दै थियो । नभन्दै अजयको कक्षा ८ को परीक्षाको रिजल्ट पनि आयो । अजयको रिजल्ट देखेर जसरी पनि उसलाई सहर पठाउने कुराको बाबाले सङ्कल्प गरे । भोलि पल्ट बुबाले भने, “छोरा ! तिमीलाई राम्रो वातावरणमा राम्रो शिक्षा दिनलाई एउटा ठूलो विद्यालयमा राखेर पढाउने सोचमा छौँ ।”
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बीपी कोइराला फाउन्डेसनले अपाङ्गता संरक्षण नेपाललाई ९५० वटा सेतो छडी हस्तान्तरण गरेको छ । बी.पी कोइराला फाउन्डेसनका सचिव तथा भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारले उक्त छडी हस्तान्तरण गर्नुभएको हो ।
भाइबहिनीहरू तिमीहरूले रेल त पक्कै देखेकै होला । हाम्रो देशको राजधानीमा रेल गुडेको छैन । फोटो भिडियोहरूमा त हामीले देखेकै छौँ । विश्वमा भने पहिला पहिला जनकपुरमा रेल थियो । अहिले पनि नयाँ स्वरुपमा छ । कसले के बनाउने भन्ने होड चलिरहेको बेला स्विट्जरल्यान्डले संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड कायम गरेको छ । गत महिना स्विस रेलवेको १७५औँ वार्षिकोत्सवका अवसरमा गिनिज बुकमा रेकर्ड राख्न स्विट्जरल्यान्डमा संसारकै लामो यात्रुवाहक रेल गुडेको थियो । उक्त रेलमा यात्रुहरू बस्न मिल्ने एक सय वटा कोच थिए ।
गत २०७२ को भूकम्पले क्षति भएकामध्ये दाताको अनुदानमा निर्माण हुन लागेका दोलखाका १० वटा सामुदायिक विद्यालय भवन अझैसम्म पनि पुनर्निर्माण हुन सकेका छैनन् । भवन निर्माणको ठेक्का पाएको कम्पनीको लापरबाहीका कारण सात वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन नसक्दा विद्यालयको पढाइ प्रभावित भइरहेको विद्यालयका प्रधानाध्यापकहरूले गुनासो गरेका छन् ।