दोलखा सदरमुकाम चरिकोटको बसपार्कमा एउटा सरकारी गाडी अलपत्र अवस्थामा थन्किएको छ। बा १ झ ५४८९ नम्बरको गाडी एक वर्षदेखि चरिकोट जिरी सडक छेउमा थन्किएको हो।
कर्णाली प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फ हुम्ला जिल्लाबाट तीन जनाको नाम परेको छ। तीनै जना ठूला राजनीति दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का तर्फबाट तीन जनाको नाम सिफारिस भएको हो।
नवलपुरको ग्रामीण सडकमा दुर्घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले सडक सुरक्षा नीतिमा चासो देखाएको छ।
दाङमा प्रहरीले हनी ट्रयापमा पारेर पैसा बार्गेनिङ गरेर लिने गरेको आरोपमा दुई जना महिलासहित तीन जना पक्राउ परेका छन् ।
कतारमा जारी विश्वकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक फर्नान्डो सान्तोस चर्चामा रहनुभयो । उपाधि दाबेदार टोली पोर्चुगल क्वार्टरफाइनलबाट बाहिरिएपछि रोनाल्डो र सान्तोसको चर्चा झनै चुलिएको छ ।
गत कात्तिक २२ गते यता पटक पटक सुदूरपश्चिमलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको असर कालीकोटमा परेको छ । एक महिनासम्म स–साना भूकम्पका धक्काको असर कालीकोटको पचालझरना –८ को मयगाउँमा देखिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गर्नुभएको छ ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीहरुका लागि मासिक पाँच हजार उपलब्ध गराएको छ ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कमीकमजोरी हटाएर अघि बढन सरकारलाई सुझाव दिनुभएको छ ।
जिल्ला अस्पतालका रूपमा रहेको भैरहवास्थित भीम अस्पतालको प्रशासनिक व्यवस्थापन र सेवा सुविधा गुणस्तरीय र प्रभावकारी बन्दै गएको प्रदेश सरकारको अध्ययनले देखाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ।
कर्णाली नदीमाथि निर्माण गरिएका तीन वटा तुइन विस्थापन भएका छन् । तुइन भएका स्थानमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनहरु विस्थापन मात्र भएका छैनन्, यात्रुहरू सुरक्षित रूपमा कर्णाली नदीमा वारपार गर्न थाल्नु भएको हो ।
कपिलवस्तुका उत्तरी भेगका बस्ती पहेँलै छ अनि आहा चिटिक्क पनि देखिएको छ । बस्ती आसपासका खेतबारी तोरी फुलेर पँहेलाम्मै देखिएका छन् । कृषकहरू झार गोड्ने र बेथेको साग टिप्न व्यस्त छन् ।
पोषण शरीरका लागि अनिवार्य छ । बालबलिकाका लागि पर्याप्त पौष्टिक आहारा चाहिन्छ । यस्तो पौष्टिक आहारा सामान्यतया दुर्गम क्षेत्रका बच्चामा कमी हुने गरेको छ भनिन्छ । पोषण नपाएका बालबालिका बढी देखिएका छन् पनि । पछिल्लो समय गाउँघर तथा दुर्गम क्षेत्र मात्र होइन राजधानी काठमाडौँका बालबालिकामा पनि देखिएको छ । जसले गर्दा बालबालिकामा मोटोपनाको उच्च जोखिम देखिएको छ ।
आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेर ६ डिग्री सेल्सियसमा झर्यो । यो साता ११ डिग्रीमा रहेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसले घट्दा अत्यधिक चिसो बढेको छ । आइतबार बिहान जुम्लाको तापक्रम माइनस ४.५ डिग्री सेल्सियस रहेकोसँगै काठमाडौँ उपत्यका सहित सहित देशभर चिसो बढेको छ ।