उत्तरी नाम्खा गाउँपालिका–६, हिमालपारिको लिमीका तीनवटा गाउँका सेवाग्राहीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। विद्युतीय भुक्तानी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बैङ्कमा निकासा भएका कारण सेवाग्राहीले भत्ता पाउन नसकेका हुन्। लिमीको तिल गाउँका सेवाग्राही फुर्वा लामाले अघिल्लो एक वर्षको सामाजिक सुरक्षा भत्ता पाउन नसकेको बताउनुभयो। उहाँले सधैँ असारदेखि भदौ महिनामा हातहातमा पाइराखेको सामाजिक सुरक्षा भत्ता १७ महिना बित्दासम्म पनि नपाएको गुनासो सुनाउनुभयो। उहाँले आफूजस्तै लिमीका सेवाग्राहीले अघिल्लो वर्ष र यस वर्षको पहिलो त्रैमासिक भत्ता पाउने समय हुँदासम्म पुरानै भत्ता नपाउनु विडम्बना भएको बताउनुभयो।
गाउँमा बिजुलीको पोल गाडेर तार तानिएको पाँच वर्ष बित्यो। ट्रान्सफर्मर राखेको छ महिना भयो। बिजुली बल्ने आसमा स्थानीयले घरघरमा वायरिङसमेत गरेका छन् तर विद्युत्का पोल हावाले ढलेपछि स्थानीयको बिजुली बाल्ने धोको अधुरै रहेको छ। बैतडीको सिगास गाउँपालिकाले बितेका पाँच वर्षमा १० करोड ७० लाख रुपियाँभन्दा बढी खर्च गरिसक्दा पनि गाउँपालिकाका २५ हजार स्थानीयवासी झरो र टुकी बाल्न बाध्य छन्।
कर्णाली प्रदेशमा भ्रष्टाचारजन्य गतिविधि बढ्दै गएको पाइएको छ। पछिल्ला तथ्याङ्कहरूले सरकारी तथा सार्वजनिक संस्थाहरूमा अनियमितता र भ्रष्टाचार बढेको देखाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका अनुसार चालू आर्थिक वर्षको यो अवधिसम्म २१ वटा मुद्दा विशेष अदालतमा पेस भएका छन्। अनियमितता भएको उजुरीका आधारमा आयोगले छानबिन गरी भ्रष्टाचार भएको ठहर गर्दै ती मुद्दा विशेष अदालतमा पठाएको हो।
रामेछापको मन्थली नगरपालिकाको गौरवको आयोजना स्विमिङ पुल (पौडी पोखरी)सहितको तीनलाल स्मृति पर्यटकीय पार्क निर्माणको काममा निर्माण कम्पनीको लापरबाही देखिएको छ । निर्माणको जिम्मा पाएको कम्पनीले आयोजना निर्माणमा चरम लापरबाही गरेपछि तीन÷तीन पटक म्याद थप गर्दासमेत निर्माण सम्पन्न भएको छैन । जसका कारण मन्थली नगरपालिकालाई आफ्नो गौरवको आयोजना तीनलाल स्मृति पर्यटकीय पार्क निर्माण गरी सञ्चालन गर्न चुनौती बनेको छ ।
कतार विश्वकप फुटबल प्रतियोगितामा लियोनेल मेसीको टिम अर्जेन्टिना शनिबार बिहान नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ४–३ ले हराएर सेमिफाइनलमा पुगेको छ। निर्धारित र थप ३० मिनेटको खेल २–२ ले बराबरीमा सकिएपछि टाइब्रेकरमा हारजितको छिनोफानो भएको हो। विश्वको सर्वश्रेष्ठ फुटबलर मेसीलाई अहिलेसम्म विश्वकप उपाधिले लोभ्याइरहेको छ। अब मेसी र अर्जेन्टिना विश्वकप उपाधिबाट मात्र दुई खेल टाढा भएको छ। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाविरुद्ध खेल्नेछ।
उपराष्ट्रपति नन्दकिशोर पुनले पर्वतीय पर्यटनले नेपालको अर्थतन्त्रमा थप टेवा दिने बताउनुभएको छ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा शनिबार आयोजित साताँै पर्वतीय महोत्सवको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पर्वतीय पर्यटन विकासका लागि नवीन रणनीति र कार्ययोजना आवश्यक रहेको बताउनुभएको थियो । उपराष्ट्रपति पुनले भन्नुभयो, “विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ । पर्वतीय पर्यटनले हिमाली क्षेत्रमा बसोबास गर्ने भाषा, संस्कार, संस्कृति बुझाउन पनि महìवपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यस्ता महोत्सव सान्दर्भिक छन् ।”
बाँकेमा हिउँदे सिजनका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै रहेको छ । यो मागको एक तिहाइ मात्रै हो । बाँकेमा हालसम्म ९८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिनुभयो ।
कहिले बङ्गुर छिरेर जहाजमा ठोक्किने त कहिले खरायोले उडानमा अवरोध पु¥याउँदै आएको नेपालगञ्ज विमानस्थलमा वन्यजन्तुका कारण सुरक्षा चुनौती बढ्दै गएको छ । पटक–पटक धावनमार्गमा वन्यजन्तु छिरेर उडानमा समस्या पार्दै आएकाले यो विमानस्थलबाट आवागमन गर्नेहरू सुरक्षालाई लिएर चिन्तित हुने गरेका छन् ।
धौलागिरि अस्पताल बागलुङले व्यावसायिक रूपमा अक्सिजन उत्पादन गरेको छ। कोरोना सङ्कटकालीन अवस्थामा धेरै क्षमताको नयाँ अक्सिजन उत्पादन प्लान्ट स्थापना तथा पुरानाको क्षमता वृद्धि गरेपछि अस्पतालमा खपत भएर बचेको अक्सिजन अन्य स्वास्थ्य संस्था तथा व्यावसायिक प्रयोजनका लागि बिक्री गर्न थालेको हो।
गुल्मीका ग्रामीण भेगमा चल्ने सवारीसाधनले क्षमताभन्दा बढी यात्रु र सामान बोक्दासमेत सरोकारवाला निकाय मौन रहेको पाइएको छ। सदरमुकाम तम्घासदेखि इस्मा गाउँपालिकाको दोहोलीतर्फ जाँदै गरेको लु १ ज ३८५४ नम्बरको जिपभित्र खचाखच यात्रु, छतमा अत्यधिक सामान र यात्रुहरू बोकेर कच्ची सडकमा यात्रा गरेको पाइयो। यो त एउटा उदाहरण मात्रै हो। ग्रामीण क्षेत्रका कच्ची सडकमा यात्रुहरूले जोखिम मोलेरै सवारीको छत र सवारीभित्र खचाचखच बसेर यात्रा गर्ने गरेका छन्। सदरमुकाम तम्घासदेखि पश्चिमी क्षेत्रतर्फ चल्ने जिपहरूले क्षमताभन्दा बढी सामानहरू बोक्ने र यात्रुहरू राखेर कच्ची सडकहरूमा यात्रा गर्दा समेत नियामक निकाय मौन छन्। सदरमुकामबाटै सामान र क्षमताभन्दा बढी यात्रुहरू राखेर जाँदासमेत ट्राफिक प्रहरी र नेपाल प्रहरीले देखेको नदेख्यै गर्नु लज्जास्पद भएको
मधेशको पहिचान बनेका खपडाले छाएका घरहरू अहिले बिरलै देखिन्छन्। आधुनिकताको प्रभावसँगै खपडा उत्पादनका लागि स्थानीय स्तरमै पाइने साधन र स्रोत मासिँदै गएको छ। जसका कारण मधेशलाई चिनाउने परम्परागत मौलिक वस्तुमध्येको खपडाको छानो भएका घर पनि विस्थापित हुँदै गएका हुन्। मधेशमा अहिले केही पुराना घरबाहेक नयाँ बनेका घरमा खपडाको छानो हालेको देखिँदैन। अचेल पक्की ढलान, जस्तापाता वा टायलले छाएको घर जताततै देखिन्छन्। गुजरा नगरपालिका भवानीपुरका ज्येष्ठ नागरिक जयनन्द चौधरी भन्नुहुन्छ, “विशेष गरी मधेशी समुदायका नागरिकको घर खपडाले छाएको हुन्थ्यो। मधेशमा खपडा बनाउने सीप भएका जनशक्तिले समेत पेसा बदलेको कारण खपडा उत्पादनमा ह्रास आयो र त्यसको विकल्पमा ढलान, जस्ता वा टायलले प्राथमिकता पायो।”
झापाको दमक–९ की ३५ वर्षीया गर्भवती कविता बस्नेत यतिबेला न्यायका लागि दौडिरहनुभएको छ। वैदेशिक रोजगारमा जानुपूर्व दिइने स्वास्थ्य परीक्षणको रिपोर्ट गलत दिएपछि बस्नेत दुबईमा पाँच दिन काम गरेर फर्किनुभएको हो। उहाँले झापाको दमकमा रहेको बुद्ध डायनोस्टिक एन्ड मेडिको प्रालिबाट स्वास्थ्य परीक्षण गराउनुभएको थियो।
यतिबेला बैङ्क तथा वित्तीय संस्था हुँदै तरलता अभावको समस्या सहकारी संस्थामा सरेको छ । बैङ्क तथा वित्तीय संस्थाले ब्याजदर बढाएको र सहकारी संस्थाबारे नकारात्मक कुरा आएका कारण सहकारी संस्थामा बचत आउन कम भएको हो । केही ठूला सहकारी संस्थामा समस्या आएपछि धेरै बचतकर्ता एकै पटक रकम फिर्ताका लागि आउन थालेपछि एकपछि अर्को गर्दै सहकारी संस्था समस्यामा पर्न थालेको सञ्चालकले बताउन थालेका हुन् । सामान्यतः सहकारी संस्थामा १५ देखि २० प्रतिशतभन्दा बढी तरलता राखिँदैन । तर, त्योभन्दा बढी रकमका फिर्ता गर्नुपर्ने अवस्था आएपछि समस्या देखिएको राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक रामहरि बजगाईंले बताउनुभयो ।
बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदनले बालमैत्री समाजको आधार तयार गर्न बालबालिकाको क्षेत्रमा विशेष नीतिसहित प्रयास गर्नुपर्ने औँल्याएको छ। राष्ट्रिय बाल अधिकार परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख तथ्याङ्कले बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहज पहुँच, बालश्रम तथा सडक बालबालिकाको न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने प्रस्ट गरेको छ। बालविवाह, हिंसा, शोषण, यौन दुव्र्यवहार, बलात्कार, हत्या, अनधिकृत ओसारपसारलगायत अन्त्यका लागि परिवार, नागरिक समाज तथा राज्यले निर्वाह गर्नुपर्ने जिम्मेवारीमा पनि समन्वय हुनुपर्ने देखिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन तत्कालका लागि स्थगित गरेको छ । यसअघि प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीलाई दैनिक एक उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो ।