नेपाली कांग्रेसले समानुपातिक तर्फबाट सांसदको नाम टुङ्गो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ।
आकाशमा चीलसँग ठोकिएर क्षति भई सिमकोट विमानस्थलमा ग्राउण्डेड भएको तारा एयरको ट्वीन्टर विमानको मर्मतपछि आज उडान भरेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताउनुभएको छ।
निर्वाचन आयोगले दिएको समयभित्र नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नामको सूचीमा टुङ्गो लगाएको छ ।
जिल्लाको तामाकोसी गाउँपालिकामा सञ्चालित एम्बुलेन्स कार्यालयमा नै थन्किएको छ। व्यवस्थापनमा लापरबाही र पालिकाको बेवास्ताले एम्बुलेन्स अलपत्र बनेको स्थानीय सुन्दर कार्कीले बताउनुभयो।
गुल्मीमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला रकम अभावका कारण अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नं ६ अमरपुरको बुल्म चौरमा निर्माणाधीन रङ्गशाला यसै अलपत्र परेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताउनुभएको छ।
नेकपा (एमाले) दार्चुलाले जिल्लाका नौँ वटै स्थानीय तहमा मतदातालाई धन्यवाद दिने तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
पाँच पटकको विश्वकप विजेता ब्राजिल कतारमा जारी २२औँ विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कालिगण्डकी नदीमा १५० मेगावाटको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको बताउनुभएको छ ।
आठौं पटक विश्वकप फुटबलको समाचार संकलन गर्ने क्रमममा अमेरिकी पत्रकार ग्रान्ट वाल्हको मृत्यु भएको छ । कतार स्थित रुसेल रंगशालामा शुक्रबार राति भएको अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल चलिरहेका बेला ग्रान्टको मृत्यु भएको हो ।
संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा फ्लुका सात हजार तीन सय जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
धनकुटामा यो वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो ।
कालीकोट जिल्लाका बाढी प्रभावितलाई बीमा कम्पनीले राहत उपलब्ध गराएको छ । जिल्लाका तीन सय बाढीपहिरो प्रभावित परिवारलाई शिखर इन्स्योरेन्स कम्पनी र हिमालय इन्स्योरेन्स कम्पनीको संयुक्त लगानीमा सिरक डस्ना प्रदान गरिएको हो ।
आठ हजारभन्दा बढी भारतीय नागरिक विभिन्न देशका विदेशी जेलहरूमा कैदीबन्दीका रूपमा रहेको बताइएको छ ।