प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनबाट बागमती प्रदेश सभामा सात दलको प्रतिनिधित्व सुनिश्चित भएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले प्रतिनिधित्व गर्ने भएको हो।
अबदेखि उत्पादन हुने क्षेत्रमै फोहोर वर्गीकरण नगरे फोहोर गर्नेले नै शुल्क तिर्नुपर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति निर्माण गरी फोहोरमैलाको प्रकृतिअनुसार फोहोर उत्पादन हुने क्षेत्रमा नै वर्गीकरण गर्नुपर्ने र वर्गीकरण नगरे फोहोर गर्नेले नै शुल्क तिर्नुपर्ने गरी नीति बनाएको हो।
यहाँको छायाँनाथ रारा नगरपालिका–८, झ्यारी गाउँका रवि रावल छ वर्षको हुनुभयो। सामान्य अवस्थामा भएको भए उहाँ झोलामा किताब कापी बोकेर विद्यालय जानुहुन्थ्यो तर अवस्था त्यस्तो छैन। पढ्ने, खेल्ने र रमाउने दिनमा रवि जन्मजात प्यारालाइसिस रोगको पीडित बनेर बिस्तारामै सङ्घर्ष गरिरहनुभएको छ। गर्भवती अवस्थामै रोगले थला परेकी रविकी आमा मायादेवी रावलको उहाँलाई जन्म दिएको एक महिना नपुग्दै मृत्यु भयो। आमाको दूधसमेत खान नपाएका रविलाई गाईको दूधको भरमा बचाएको रविका बुवा कुम्मरबहादुर रावल सम्झनुहुन्छ। गाईको दूधको भरमा जेनतेन रविको प्राण त धानियो तर शरीरको विकास क्रम रोकियो। प्यारालाइसिससमेत भयो। रविको शरीरको दायाँ भाग चल्दैन। रविले हालसम्म स्वास्थ्य संस्थाबाट लिइने नियमित खोपसमेत पाउनुभएको छैन।
गर्भवती महिलाको गर्भ जाँच गर्न स्वास्थ्य चौकीहरूले मोबाइलबाट कल गर्ने व्यवस्था गरिएको छ । सबै चरणका गर्भ जाँच गर्न गर्भवती महिला नछुटुन भन्नका लागि स्वास्थ्य चौकीले सो व्यवस्था गरेका हुन ।
सुदूरपश्चिम प्रदेशबाट यस पटक प्रतिनिधि सभामा २० जना सांसद बन्नुहुने भएको छ। विभिन्न राजनीतिक दलले समानुपातिकतर्फ निर्वाचन प्रणालीबाट चार जनालाई प्रतिनिधि सभा सदस्यमा चयन गरेपछि यो सङ्ख्या पुगेको हो। यो प्रदेशबाट पहिलो हुने निर्वाचन प्रणालीमार्फत १६ जना प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन्।
चिसोका कारण छेउछाउमा तुषारो जमिरहेको छ तर चैत–वैशाखमा पाक्ने काफल मङ्सिरमै रातो हुन थालेको छ। काफलको रुखमुनि भवगान् गणशेको जस्तो आकृति र अद्भूत गुफा भएका कारण यहाँ चार दशकदेखि पूजा हुँदै आएको छ। वसन्त ऋतुमा पाक्ने काफल हेमन्त ऋतुमै रातो हुन थालेपछि प्रकृतिको लीला र दैवीय कारणले सधैँ यस्तो हुने गरेको जनविश्वास छ। बैतडीको सिगास गाउँपालिका–१, गोलेधारको ठूलाखोमा यस्तै जनविश्वास बलियो बनाउने गरी मङ्सिरमै काफल पाकेको हुन सक्ने स्थानीय धार्मिक अगुवा रामप्रसाद भट्टले बताउनुभयो। उहाँले भन्नुभयो, “मलाई ३० वर्ष पहिले यो स्थानका बारेमा सपनामासमेत जानकारी भएको थियो। सपनाअनुसार काफलको रुखमुनि गएर हेर्दा गणेशको जस्तो आकृति र सँगै अर्को अद्भूत गुफा भेटियो। पछि सो स्थानमा पूजासमेत हुन थालेको हो।”
पुथाउत्तरगङ्गा गाउँपालिका–१० को एउटै वडाबाट तीन जना सांसदका लागि चयन हुनुभएको छ। उहाँहरू फरक–फरक पार्टीबाट समानुपातिक सांसदमा सिफारिस हुनुभएको हो। नेपाली कांग्रेसबाट आदिवासी जनजाति महिलातर्फ प्रतिनिधि सभाको समानुपातिकबाट कुसुमदेवी थापा बुढामगर, नेकपा (माओवादी केन्द्र)बाट आदिवासी जनजाति महिलातर्फ लुम्बिनी प्रदेश सभाको समानुपातिकमा दिलकुमारी बुढामगर र नेकपा (एमाले)बाट आदिवासी जनजाति महिलातर्फ लुम्बिनी प्रदेश सभाको समानुपातिकमा सरिका पुनमगर सांसदका लागि अन्तिम सिफारिसमा पर्नुभएको हो। उहाँहरू तीनै जना पुथाउत्तरगङ्गा–१० निवासी हुनुहुन्छ।
मधेश प्रदेशमा पहिलो र दोस्रो राजनीतिक दल बनेका पार्टीले आन्तरिक रूपमा सरकार गठनको गृहकार्य सुरु गरेका छन्। सरकार गठनका निम्ति कुनै पनि दललाई सामान्य बहुमत नपुग्दा सरकार गठनको गृहकार्यमा निकै सकस देखिएको छ। प्रदेश सभामा दलको हिसाबले नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेको छ। तर, गठबन्धनको हिसाबले सत्ता गठबन्धन पहिलो र एमाले–जसपा गठबन्धनले दोस्रो स्थान प्राप्त गरेका छन्। दुवै गठबन्धनले आ–आफ्नो पक्षमा समर्थन जुटाउन गठबन्धन बाहिरका दललाई फकाउने प्रयास गरिरहेका छन्। सङ्घीय सरकार गठनले नै प्रदेश सरकार गठनमा प्रभाव पार्ने निश्चित नै देखिएको छ। सङ्घमा समर्थन जनाएको दलको समर्थनमा प्रदेश सरकार बन्नेछ। सङ्घीय सरकार गठनको प्रारूप तयार नभएसम्म प्रदेश सरकार गठन प्रक्रिया अगाडि बढ्ने र वातावरण निर्माण गरिने कार्यमा तीव्रता आउने पनि देखिँदैन।
खेतमा लगाइएको बालीनाली बचाउन किसानले विविध जुक्ति अपनाउँदै आएका छन्। सदियौँदेखि पुर्खाले खेतीमा अपनाउँदै आएका जुक्ति अहिले पनि बाराली किसानले अपनाउँदै आएको पाइन्छ। खेतमा लगाइएको बालीलाई उम्रिने बेला तथा पाकेका समय चराचुरुङ्गीले खाइदिने, नीलगाई तथा घोडागधाले नष्ट गरिदिने र घरपालुवा जनावर खसी, बाख्रा, गाईगोरु, भैँसीलाई तर्साउन मानिसजस्तै पुतला (बुख्याचा) बनाएर खेतबालीमा राखिने जुक्ति अपनाइँदै आएको देवताल गाउँपालिका–३, बड्की फूलबरिया टोलका किसान मोहनबिहारी पाण्डेले बताउनुभयो।
सुनसरीको धरान उपमहानगरपालिका–१३ की ३७ वर्षीया एकल महिला उषा राईको हत्या प्रकरणका बारेमा मानव अधिकारकर्मीले चासो देखाएका छन्। धरानमा सिलाइकटाइ गर्दै आफ्ना दुई छोरीको शिक्षादीक्षा र डेराघरको भाडा तिर्दै बस्नुभएकी राईको हत्याको विषयमा अधिकारकर्मीले चासो देखाएका हुन्।
बालबालिकामा सिर्जनशील सिकाइको विकास गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–५ को तीनतले गाउँलगायत विभिन्न तीन स्थानमा सङ्गीत केन्द्र सञ्चालनमा ल्याइएको छ। कुनै पनि बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालयीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप र सिर्जनशील सिकाइको समेत आवश्यकता हुने हुँदा कटारी नगरपालिकाको तीनतले, कटारी बजार र त्रियुगा नगरपालिका–१२ को पुरानो गाईघाटमा छुट्टाछुट्टै सङ्गीत केन्द सञ्चालनमा ल्याइएको प्रशिक्षक शैलेन्द्र खतिवडाले बताउनुभयो। सानैदेखि रुचिअनुरूपको विधामा बालबालिकालाई सक्रिय बनाउन सकियो भने त्यसले उनीहरूको शारीरिक, मानसिक, बौद्धिक, शैक्षिक र संवेगात्मक
बैङ्क तथा वित्त कम्पनीमा लगानीयोग्य पुँजीको अभाव रहेको तथ्य विगत केही समय यतादेखि सुनिँदै आएको हो । बैङ्किङ शब्दावलीमा यसलाई तरलता अभावको रूपमा चिनिन्छ र यस्तो समस्याबाट नेपाली अर्थतन्त्र समस्यामा पर्न थालेको छ । यही समस्या सहकारी संस्थामा समेत देखिन थालेको नयाँ तथ्य बाहिर आएको छ । बैङ्क तथा वित्तीय संस्थाबाट ऋण नपाउँदा कतिपय साना तथा मझौला व्यवसायीले सहकारीबाटै ऋण लिएर समेत गर्जो टार्ने गरेका थिए । सहकारी संस्थामा समेत तरलता अभाव देखिएपछि मुुलुकमा लगानीयोग्य पुँजीको चर्को अभाव रहेको झनै स्पष्ट भएको छ ।
वि.सं. २०७४ मा वाम गठबन्धनका विरुद्ध एक्लै चुनावी मैदानमा रहेर प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसलाई समानुपातिक मतले संसद्मा दोस्रो ठूलो दल बनाएको थियो। ‘लज्जास्पद पराजय’बाट ओठतालु सुकाएका कांग्रेसजनलाई ४ मङ्सिरमा हात परेको ५७ सिटले मलमपट्टीको काम गरे पनि समानुपातिकमा खस्केको मतले पुनः गम्भीर बनाएको छ। प्रस्तुत लेखमा कांग्रेसले देशभर पाएको समानुपातिक मतको विश्लेषण गर्ने प्रयास गरिएको छ। २०७४ को चुनावमा एक करोड ५४ लाख २७ हजार ९३८ जनाको नाम मतदाता नामावलीमा समावेश थियो। जतिबेला एक करोड पाँच लाख ९२ हजार ८२२ मत खस्दा समानुपातिकमा कांग्रेसले ३२.७७ प्रतिशत अर्थात् ३१ लाख २८ हजार ३८९ मत पाएको थियो तर ४ मङ्सिरको चुनावमा २५.७१ प्रतिशत अर्थात् २७ लाख १५ हजार २२५ मतमा खुम्चिन बाध्य भएको छ कांग्रेस। जब कि २५ लाख ६० हजार ६३२ त नयाँ मतदाता नै थपिएका थिए। थपिएका मतदाताको अनुपातमा कांग्रेसको मत बढ्नुपथ्र्यो तर
राजनीतिमा शिक्षकको संलग्नताको विषयलाई लिएर पक्ष विपक्षमा बहस भइरहेको छ। यो विषयले मिडियामा पनि राम्रै स्थान पाएको छ। शिक्षक सक्रिय राजनीतिमा संलग्न भएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको आरोप लागिरहेको अवस्थामा शिक्षक राजनीतिक गतिविधिमा संलग्न रहँदा यसमाथि प्रश्न उठ्नु स्वाभाविकै हो। यद्यपि यस विषयलाई शिक्षकले गम्भीरतापूर्वक लिएको देखिँदैन। केही ठूला दलका शीर्ष नेताले शिक्षकलाई राजनीति गर्न नदिने हो भने कुनै पनि राजनीतिक दल चल्न नसक्ने बताउँदै आएका छन्।
मानवका शाश्वत र स्वतन्त्रताका अक्षुण्णता र अनतिक्रम्य मौलिक अधिकार मानव अधिकार हो। विकास र सहभागिताको नैसर्गिक अधिकार प्रत्याभूत गर्ने हो। यसको परिपालनाको सहज वातावरण लोकतान्त्रिक राज्यको दायित्व हो। लोकतान्त्रिक शासन प्रणालीमा नागरिकका आधारभूत मानव अधिकारको प्रत्याभूति गरिएको हुन्छ। राज्य र नागरिकका बीचमा अन्तरसम्बन्धको सेतु मानव अधिकारको वैधानिक व्यवस्था हो। असल अभ्यास र नागरिकले त्यसको कुन हदसम्म उपयोग गर्न पाएका छन् भन्नेमा यसको कार्यान्वयनको पाटो निहित रहन्छ। मानव जातिको सही पहिचान र आदर्शको सोपान म