उत्तरी गोरखाको मनासलु संरक्षण क्षेत्रमा हिउँचितुवाको गणना सुरु गरिएको छ। यसअघि सन् २०२१ को नोभेम्बरमा पहिलो पटक नुब्री क्षेत्रमा गणना गरिएको थियो। अहिले चुमभ्याली क्षेत्रमा गणना गर्न लागिएको हो। चेक ग्लोब र चेक एकेडेमिक अफ साइन्सको एक टोलीले हिउँचितुवाको गणना सुरु गरेको हो। “सन् २०२१ मा नुब्री क्षेत्रमा ८० दिन लगाएर गणना गर्दा चारवटा चितुवा फेला परेका हिमचितुवाविज्ञ डा. विक्रम श्रेष्ठले जानकारी दिनुभयो।
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण सुरूआत गरेको छ ।
भैरहवामा आयोजित उद्योग, व्यापार, कृषि एवं पर्यटन महोत्सवमा दुनाटपरी बनाउने प्रतिस्पर्धा गराइएको छ। प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरी अर्गानिक वस्तुको प्रयोग बढाउने उद्देश्यले प्रतिस्पर्धा गराइएको हो। आधुनिक प्रविधिको प्रयोगसँगै हातले बनाइने दुनाटपरी, बोहोता लोप हुँदै गइरहेका बेला यस्तो प्रतिस्पर्धामार्फत परम्पराको संरक्षण गर्दै व्यावसायिकीकरण गर्ने कार्यमा जुटेको आयोजकले जनाएको छ।
छाउपडी प्रथाविरुद्ध तत्कालीन नेकपा (माओवादी)ले गाउँगाउँमा अभियान चलाएको थियो। महिनावारी भएर गोठमा बसेका महिला तथा किशोरीलाई जबरजस्ती घरघरमा ल्याएर राखियो। डरैडरले धेरैले यसको प्रतिरोध गर्न सकेनन् तर नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि गाउँगाउँमा छाउगोठ ठडिए। छाउ बार्न महिला फेरि गोठमा बस्न थाले।
जिल्लामा चिसो मौसम बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएको छ। चिसो बढेसँगै मौसमी रुघाखोकी, शरीर दुख्ने र टाउको दुखेर अस्पताल आउने बिरामीको सङ्ख्या वृद्धि भएको अस्पतालले जनाएको छ। बिरामी तेन्डी शर्पाले चार दिनसम्म लगातार शरीर दुख्ने, टाउको दुख्ने, पानी निल्न पनि गाह्रो भएपछि अस्पताल आएर उपचार गरेको बताउनुभयो। उहाँले खानसमेत रुचि नभएका कारण शरीर गलेकाले अस्पतालमा उपचार गराउन आएको बताउनुभयो। बाँचु सुनारले रुघाखोकी र ज्वरो आउने समस्या देखिएपछि अपचारका लागि अस्पताल आएको जानकारी दिनुभयो। उहाँले श्वासप्रश्वासमा समस्या आएको र शरीर दुख्ने समस्याले सताएको बताउनुभयो।
जनादेशबाट प्रदेशले नयाँ प्रदेश सभा सदस्य पाएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको चर्चा सुरु भएको छ। जनताले प्रदेश सरकार गठनबारे चासो लिइरहेका बेला दलले पनि नयाँ सरकार गठनको कसरत गर्न थालेका छन्। खास गरेर सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको सवालमा ध्यान केन्द्रित गरेका हुन्।
बाजुराको सदरमुकाम मार्तडीमा बसपार्क नहुँदा पार्किङको समस्या भएको छ। झन्डै चार वर्षअघि मात्रै साँफेमार्तडी राजमार्गअन्तर्गत बाजुराको बार्जुगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भएको थियो। पवनदूत बस यातायात समितिका काउन्टर इन्चार्ज सन्तोष डँडालका अनुसार सडक कालोपत्रे भएसँगै बाजुराको सदरमुकाम मार्तडीको कागागारसम्म गाडी पुगे पनि बसपार्क नहुँदा पार्किङको समस्या भएको छ। मार्तडीमा सडक पुगेर केही सजिलो भए पनि सवारीसाधन राख्न पार्किङ नहुँदा समस्या भएको यातायात व्यवसायी बताउँछन्।
सात वर्षअघि २०७२ सालमा नेपालले पाएको संविधानको कार्यान्वयनले निरन्तर गति लिइरहेको छ । लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई मूल मर्म बनाएको यो संविधानको मूलभूत चरित्र आवधिक निर्वाचन हो । संविधान लागू भएपछि दोस्रो संस्करणको देशव्यापी निर्वाचन सम्पन्न भएको छ । छ महिनाअघि सम्पन्न स्थानीय निर्वाचनले देशका ७५३ स्थानीय तहलाई सशक्त र प्रभावकारी बनाउन ठूलो भूमिका निर्वाह गरेको थियो । यही मङ्सिर ४ गते देशका सातै प्रदेशमा प्रदेश सभा र सङ्घमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भयो । कुनै बेला चरण चरणमा निर्वाचन गर्नुपर्ने अवस्थाबाट मुक्त भई यो पटक देशभर प्रदेश र सङ्घमा एकै चरणमा निर्वाचन गर्न मुलुक सक्षम भएको छ ।
मुलुकको राजनीतिक, आर्थिक क्षेत्रमा युवाको अविस्मरणीय योगदान रहेको छ। युवा इतिहासका सर्जक, युगका अग्रगामी ताकत, क्रान्तिका वाहक तथा देशका रक्षक हुन्। मानव जीवनको सबैभन्दा उर्वरशील, गतिशील, जवानीले भरिपूर्ण अवस्था युवा हो। माओले युवातर्फ सङ्केत गर्दै भनेका थिए, ‘संसार तिमीहरूकै हो, किनभने तिमीहरू उदाउँदो सूर्य हौँ भने हामी अस्ताउँदो।’ माओको यो भनाइले पनि उनी युवाको भूमिकाप्रति कति आस्वस्त थिए भन्ने प्रष्ट हुन्छ। नेपाल जनसङ्ख्याको झन्डै ४० प्रतिशत युवाले ओगटेको छ। विद्यार्थी, किसान, मजदुर, लेखक, बुद्धिजीवी, कलाकार, डाक्टर, वकिल, शिक्षक, उद्योगपति, कर्मचारी, पत्रकार, समाजसेवी, राजनीतिक नेता, कार्यकर्ता आदि क्षेत्रमा रहेको ठूलो हिस्सा युवाको नै छ। देशको प्रायः सबै क्षेत्रमा युवाको भूमिका जिम्मेवारीको स्तरले मुलुकको भाग्य र भविष्य निर्धारण गर्छ।
मानव जीवनका लागि पानी अपरिहार्य तरल पदार्थ हो। जन्मँदै प्रकृतिले पानीलाई यस्तो अद्भूत गुण दिएको छ, जो बिना कुनै प्राणी न त वनस्पति कसैको पनि कल्पना गर्न सकिँदैन। चराचर जगत्प्र/कृति स्वयं बाँच्न पनि पानी नै चाहिन्छ। पृथ्वीमा उपलब्ध पानीमध्ये ९६ प्रतिशतभन्दा बढी समुद्र र सागरको नुनिलो पानीको वर्चस्व छ। पानीको उचित प्रयोगबाट नै जीवित प्राणीलाई सास फेर्न सहज भएको छ। पिउन, सरसफाइ गर्न र खाना पकाउनेदेखि अरू धेरै काम सम्पन्न गर्न पानी भएन भने अधुरो र अपुरो हुन्छ। स्वस्थ्य मस्तिष्क स्फूर्त जीवनको प्रस्फुटन पनि पानीकै माध्यमबाट सम्भव भएको हो। जब व्यक्तिको स्वास्थ्य ठीक छैन भने उसको सोचविचारले विकासात्मक कार्यमा हातेमालो गर्न सक्दैन। यो धु्र
संविधान र कानुनको गम्भीर उल्लङ्घन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधि सभामा महाभियोग लगाउन सक्ने प्रावधान छ। प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एकचौथाइ सदस्यले नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेस गर्न सक्ने र त्यसरी प्रस्ता
शासन र प्रशासनभन्दा पुरानो शब्दावली हो, राजनीति। राष्ट्र, राज्य, शासन, सरकार, प्रशासन आदि सम्पूर्णको अभिभावकीय भूमिकामा राजनीति रहन्छ। मूलतः कुनै पनि सरकारले राज्य सञ्चालन गर्ने क्रममा शासन, विकास र सेवा प्रवाह गर्ने गर्छ। यस क्रममा राजनीतिक संयन्त्रबाट शासन, विकास र सेवा प्रवाहका लागि नीति तथा कार्यक्रम तर्जुमा हुन्छ भने प्रशासनिक संयन्त्रबाट तिनको कार्यान्वयन हुने गर्छ। मानव सभ्यताको विकास हुँदै गर्दा आफ्नो प्रभुत्व जमाउने र स्थापित गर्ने क्रममा ठाउँ परिवेशअनुसार व्यक्ति, समूह र भौगोलिक क्षेत्रबीचमा द्वन्द्व हुने गर्दथ्यो। जित्ने पक्षले आ
भूकम्प गएको सात वर्ष बितिसक्दा पनि दोलखाको भीमेश्वर नगरपालिका–८ स्थितको देवी माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक कटेरोमै पढ्न र पढाउन बाध्य भएका छन् ।
लुम्बिनी प्रदेश सभामा ३२ जना महिला सांसदको प्रतिनिधित्व हुने भएको छ। ८७ सदस्यीय प्रदेश सभामा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार दलहरूलाई समानुपातिकबाट ३१ महिला छान्नुपर्ने दबाब परेको हो। प्रदेश सभामा प्रत्यक्षतर्फ बाँकेबाट कृष्णा केसी मात्रै निर्वाचित हुनुभएकाले समानुपातिकबाट ३१ महिला छान्नु परेको हो। लुम्बिनीमा समानुपातिकतर्फ नेकपा (एमाले)ले ११, नेपाली कांग्रेस १०, नेकपा (माओवादी केन्द्र) चार, राष्ट्रिय प्रजातन्त्र पार्टी दुई, नागरिक उन्मुक्ति पार्टी दुई, जनमत पार्टी दुई, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले एक/एक गरी ३५ सिट प्राप्त गरेका छन्।