नेपाल सरकारले आगामी पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। यस बीचमा विमानस्थलमा यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भएको छ। क्यालिब्रेसन फ्लाइटको रिपोर्ट आएपछि व्यावसायिक उडान परीक्षण हुने जनाइएको छ। तर, विमानस्थल सञ्चालनको मुख्य बाधक ल्यान्डफिल साइट बनेको छ।
मध्य पहाडी राजमार्ग, भेडेटार–राजारानी–रवि–राँके, मूलघाट–त्रिवेणी, तमोर–कावेली कोरिडोरलगायतका सडक सञ्जालमार्फत पूर्वका पहाडी र हिमाली जिल्ला आपसमा जोडिन लागेका छन्। ट्रयाक खोल्ने काम पूरा भएका यी सडक स्तरोन्नतिको चरणमा छन्। यी सडक निर्माण नहुँदा प्रदेश १ को एउटा पहाडी तथा हिमाली जिल्लाबाट अर्को जिल्लासम्म पुग्न तराई पुगेर घुम्नुपर्ने बाध्यता छ। सडकको ट्रयाक खन्ने काम गरे पनि स्तरोन्नति पूरा नहुँदा सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन्। साना र निजी गाडी भने निर्माण सम्पन्न नभएका सडकमा गुड्न थालेका छन्।
ठेकेदारले काम छाडेपछि पालिका स्तरीय निर्माणाधीन ताकम अस्पताल भवन अलपत्र परेको छ । धवलागिरि गाउँपालिका स्तरीय ५ शैयाको अस्पताल भवनको ठेक्का लिएको निर्माण कम्पनीले बीचमै काम छाडेपछि भवन निर्माण अलपत्र परेको हो ।
बागमती प्रदेश सभाको पहिलो कार्यकालको भन्दा दोस्रो कार्यकालमा दलहरूको प्रतिनिधित्वको आधारमा अङ्क गणितमा फेरबदल भएको छ । प्रत्यक्ष प्रणालीबाट ६६ र समानुपातिक प्रणालीबाट ४४ गरी ११० सदस्य रहेको प्रदेश सभामा पहिलो पटक प्रत्यक्ष र समानुपातिक गरी ५८ सिट जित्दै स्पष्ट बहुमतसहित पहिलो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो कार्यकालमा आउँदा दोस्रो दल बनेको छ । यस पटक प्रत्यक्षबाट १३ र समानुपातिक प्रणालीबाट १४ जना गरी एमालेका २७ जना प्रदेश सभा सदस्यले प्रदेश सभामा प्रतिनिधित्व गर्दै छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि क्षेत्रका दुई गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणको विद्युत् विस्तार कार्य सुरु गरिएको छ । विद्युत् प्राधिकरणले जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले केन्द्रीय प्रसारण लाइन नपुगेका महाभारत र खानीखोला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार गरी विद्युत् उपलब्ध गराउने भएको हो ।
नारायणगढ–मुग्लिन सडकमा दिउँसो सवारी रोकेर पुल निर्माणको काम गरिने भएको छ । निर्माण भइरहेको पुलको कामलाई तीव्रता दिन पुस ५ गतेबाट सवारीसाधन रोकेरै निर्माणको काम गर्न लागिएको हो । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर विजय दरैले पुल निर्माणसँगै सडक माथिका चट्टान काट्न सडकमा यातायात सेवा रोक्नुपरेको बताउनुभयो । “निर्माणाधीन सडक सिचन्जी पुल, तुइन खोला पुल, काली खोला पुल र सिमल ताल पुल निर्माणका लागि नजिकै रहेको चट्टान काट्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो, “चट्टान काट्दा हुने असुरक्षाका लागि ध्यान दिँदै अहिले दिउँसो ११ बजे देखि ३ बजेसम्म सवारी आवगमन रोक्नुपरेको हो ।”
काठमाडौँ उपत्यका पिउने पानीले आक्रान्त छ भने मेलम्ची खानेपानी योजना भने सधैँ चर्चामा रहिरहन्छ। कहिले यो योजनामा भएको भ्रष्टाचारका कारण त कहिले पानी ल्याउन भएको ढिलाइ। यस्ता अनेक कारणले चर्चा पाइरहने मेलम्चीको कमजोरी फेरि सडकमा छताछुल्ल भएको छ। मेलम्चीले सडक नै पहिरो गएपछिको बाढी र बगरजस्तो बनायो। सोमबार काठमाडाैँको व्यस्त लैनचौरको सडक मेलम्चीको पाइप फुटेर जलमग्न भयो। राजधानीको व्यस्त सडक ढुङ्गा र हिलोले भरियो। यातायात सेवा अवरुद्ध त भयो नै, बटुवालाई पनि हिँड्न कठिन भयो।
विश्वको जुनसुकै कुनामा रहेका मानिस हुन्, जुनसुकै, जात, धर्म र सम्प्रदायका हुन्, हरेकलाई सफल हुने चाहना हुन्छ। हरेकले जीवनमा आफूले चाहेजस्तो सफलता प्राप्तिका लागि कुनै न कुनै रूपमा अरूको प्रेरणा लिइएको हुन्छ र असल परामर्शकर्ता भेटिएमा उसले थप उत्प्रेरणा जगाएर सफल हुने बाटो र दृढतालाई अरू मजबुत बनाइदिन्छ। हरेक मानिसमा अरू सफल भएको देखेर उसमा पनि त्यसैगरी सफल हुने लोभ जाग्छ। त्यो चाहना र लोभले व्यक्तिलाई सकारात्मक रूपमा प्रेरित ग¥यो भने उसले निश्चय पनि सफलता पाउँछ तर त्यसलाई ईष्र्याका रूपमा लिएर आक्रोश मात्र व्यक्त गरिरह्यो भने उ झन्झन् पतनको बाटोमा लाग्छ। प्रेरणा दुई किसिमको हुन्छ। एक व्यक्ति स्वयंबाट प्रेरित हुन्छ। उसका राम्रा कामहरूका बारेमा अरूले
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादनमा कमी आएको छ । चिसो बढेसँगै नदीको बहाव कम भएकाले उत्पादन क्षमतामा ह्रास आएको केन्द्रले जनाएको छ ।
गज्जव संयोग! भर्खरै नेपालसहित विश्वभर भ्रष्टाचारविरुद्धको दिवस मनाइएको छ। यो दिवसका सन्दर्भमा अझै पनि नेपाल र विश्वका कतिपय स्थानमा भ्रष्टाचारविरुद्धका अभियानहरू जारी छन्। यही बेला नेपालमा नयाँ सरकार निर्माणका लागि माहोल छ। यहाँ एकै साथ केन्द्र र प्रदेश सरकार निर्माणका लागि जोडघटाउ र दौडधुप छ। प्रतिनिधि सभा र प्रदेश सभा दुवै तहका समानुपातिक तर्फको अन्तिम नतिजासमेत आइसकेपछि निर्वाचन आयोग आधिकारिक नतिजाको विवरण राष्ट्रपतिसमक्ष बुझाउने तयारीमा छ। आयोगले समानुपातिकतर्फ
काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ)मा नेपाल पानोरमातर्फ इङ्गी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिङ्की श्रीश रानाको ‘हजुर’ले संयुक्त रूपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरेका छन् । यस पटकको किम्फमा विद्या चापागाईं र कमलकुमारको ‘बाघको बङ्गारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त ग¥यो ।यस्तै अन्तर्राष्ट्रिय खण्डतर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी : अ फादर्स ड्रिम’ले स्पेसल मेन्सन अवार्ड प्राप्त गरे । अन्तर्राष्ट्रिय खण्डतर्फ बेलायती निर्देशक ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेन्ड समिट’ फस्ट च्वाइस, स्विट्जरल्यान्डका निर्देशकद्वय लिजा रोसिल र क्यारेलिन फ्लिङ्क निर्देशित ‘सोफी लाभौड : लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए ।
मोटोपना भएका युवतीलाई लक्षित गर्दै सौन्दर्य प्रतियोगिता ‘प्लस साइज मोडल नेपाल’ हुने भएको छ । मोडल सङ्स नेपालले मोटी युवतीहरूलाई लक्षित गरेर आयोजना गर्दै आएको प्रतियोगिताको यो चौथो संस्करण हो । ‘वुमनिया’को प्रस्तुतिमा आयोजक मोडल सङ्घ नेपालले ‘प्लस साइज मोडल नेपाल–२०२३’को आवेदन खुला गरेको छ ।
कतार विश्वकपमा मोरक्कोको असम्भव देखिने र ऐतिहासिक यात्रा अब करिब करिब अन्तिम परीक्षामा पुगेको छ। अफ्रिकी महादेशबाट पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्ने टिम बनेको मोरक्कोले यो ऐतिहासिक भिडन्त उपाधि रक्षा अभियानमा रहेको फ्रान्ससँग खेल्दै छ। जुन टिममा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको युगपछिका नयाँ सुपर स्टार किलियन एमबापे हुनुहुन्छ।
कैलालीका राजनीतिज्ञहरूले सरकारले राष्ट्रपतिसमक्ष पेस गरेको अध्यादेश समाजलाई पुनः जोड्ने कडी भएको बताएका छन्। कैलाली ३ का प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले अध्यादेश सही भएको बताउनुभयो। उहाँले भन्नुभयो, “चुनावमा रेशम चौधरी निर्दोष हो भनेर भोट माग्ने अनि अहिले अध्यादेशको विरोध गरिरहेको देख्दा दुःख लागेको छ। यस्तो दुईखालको अभिव्यक्ति शोभनीय हुँदैन।”
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थान सल्लाफेदमा भएको सवारी दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म १३ जनाको नाम पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार दुर्घटनामा मृत्यु भएका १७ जनामध्ये १३ जनाको मात्रै सनाखत भएको बताउनुभयो ।