नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन गाउँमा सार्वजनिक विकासका काम गर्न पाउने उमेर बढाईएको छ ।
झारफुक गरी उपचार गर्ने बहानामा कपिलवस्तुमा एक महिला बलात्कृत भएकी छन् । बाणगंगा नगरपालिका १० मेचकुरी कोटियामाईथानमा मंसिर २० गते राति २७ वर्षीय महिलालाई जबरजस्ती करणी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मीनबहादुर घलेले बताउनुभयो ।
हिल्सा–सिमकोट सडक आयोजनाले याङ्गार खोलामा चार वर्षसम्म पनि पक्कीपुल निर्माण नगर्ने कम्पनीलाई कारबाही अघि बढाएको छ। सम्झौता भएको चार वर्षसम्म निर्माणको काम सुरु नभएपछि आयोजनाले निर्माण कम्पनी पक्षलाई कारबाही प्रक्रिया अगाडि बढाएको हो। आयोजनाका योजना प्रमुख वीरेन्द्रकुमार यादवले सम्झौता भएको लामो समयसम्म निर्माणको काम सुरु गर्न नसकेपछि याङ्गार खोला पुल निर्माण कम्पनीलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको बताउनुभयो। पुल निर्माण कार्य अगाडि नबढाएको र निर्माण स्थल याङ्गार खोलामा निर्माण सामग्रीसमेत पु-याउन नसकेपछि बाध्य भएर ठेक्का रद्दको प्रक्रियामा लगिएको जनाइएको छ।
कर्णाली प्रदेश सभा भवनको रङरोगन, सरसफाइ, बगैँचाको सौन्दर्यीकरण काम सुरु भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य निर्वाचित भइसक्नुभएको छ। केही समयपछि नै प्रदेश सभा सञ्चालन हुने भएकाले सरसफाइ र रङरोगनमा प्रदेश सभा सचिवालय जुटेको छ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले डोटीमा अग्लो र लामो झोलुङ्गे पुल निर्माण गरिएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ र वडा नम्बर ५ मा रहेको ऐतिहासिक स्थल कोटभैरव र धार्मिक स्थल दुधेश्वर जोड्ने गरी अग्लो डाँडामाथि पुल निर्माण गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दिपायल सिलगढी नगरपालिकाले ८६ लाख ३८ हजार रुपियाँ लगानीमा उक्त पुल निर्माण गरेको हो। जमिनदेखि ७० मिटर उचाइमा निर्माण गरिएको पुलको लम्बाइ २०० मिटर छ।
दोलखा भीमेश्वर नगरपालिका वडा–२ का सुब्बा थामीको दैनिकी धानिरहेको दाम्लो बाट्ने पेसा सङकटमा परेको छ । कुनै समयको उहाँको दैनिकी नै वस्तु बाँध्न प्रयोग हुने दाम्लो बाट्नु र बिक्री गर्नु थियो ।
पाल्पा जिल्ला सदरमुकाम तानसेनमा खानेपानीको समस्या बढेको छ। डेढ दशकदेखि खानेपानीको समस्या भोग्दै आएका तानसेनवासी पछिल्लो केही वर्षयता खानेपानीको समस्याबाट झन् पीडित बन्दै गएका छन्। पानीको स्रोत थप नभएपछि धारामा पानी आउने समयान्तर पहिलेको तुलनामा बढ्दै गएको तानसेनवासीको गुनासो छ। पाँच/सात वर्षअघिसम्म दुई/तीन दिन बिराएर धारामा पानी आउँथ्यो तर पछिल्लो दुई वर्षयता धारामा पानी आउने समय अवधि एक साता/दस दिनभन्दा बढी पुगेको नगरवासीको भनाइ छ।
यस जिल्लाको तीन पालिकामा १५ शय्याका अस्पताल निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ। पूर्वखोला, माथागढी, निस्दी गाउँपालिकाले १५ शय्याका अस्पताल बनाउने कामलाई तीव्र गतिमा अगाडि बढाएका हुन्। डेढ वर्षअघि नै सुरु भएको अस्पताल निर्माणको कामले यो वर्षदेखि गति लिएको पालिकाहरूले जनाएका छन्। पूर्वखोलाको वीरकोट, माथागढीको झडेवा, निस्दीको रुक्सेभन्ज्याङमा पालिकास्तरीय अस्पताल निर्माणको काम अगाडि बढेको छ।
जल तथा मौसम विभागले आज (बुधबार) तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्नुका साथै पहाडी भू–भागको मौसममा आंशिक बदली रहने जनाएको छ । विभागका अनुसार बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्रलाई व्यवस्थित बनाउने अभियान सुरु गरेको छ। सरोकारवालासँग छलफल गरी बुटवल क्षेत्रको मुख्य राजमार्ग क्षेत्र, अत्यावश्यक सेवा क्षेत्र, मुख्य चोकहरू, ठेला र ई–रिक्सा व्यवस्थापनको काम सुरु गरेको हो। निर्वाचन आचारसंहिता सकिएलगत्तै बुटवल नगर तथा बजारक्षेत्रलाई सफा, सुन्दर र स्वच्छ बनाउने अभियान सुरु गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो।
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (दाङ देउखुरी)मा चहलपहल सुरु भएको छ। मुख्यमन्त्रीको कार्यालय स्थानान्तरण भएसँगै प्रदेश राजधानीमा चहलपहल बढेको हो। मुख्यमन्त्री, मन्त्री, कर्मचारी र सुरक्षाकर्मीलगायतको उपस्थिति बढेको छ। स्थानीयहरू पनि राजधानी क्षेत्रमा नियमित सरसफाइ तथा अन्य सजावटलगायतका कार्यमा जुट्न थालेका छन्। राजधानी स्थापना र कार्यान्वयन सुरु भएपछि राजमार्ग छेउछाउका बस्ती तथा प्रतीक्षालय मर्मतसम्भार र रङरोगन गर्न थालिएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने गरी फूलजोर खोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ। वर्षौदेखि प्रतिक्षारत यो पुलको निर्माण कार्य पूरा हुन लाग्दा स्थानीय खुसी भएका छन्। उक्त स्थानमा पुल नहुँदा वर्षामा खोला वारपार गर्न समस्या हुने गरेको थियो। अब पुलबाटै आवतजावत गर्न मिल्ने भएपछि स्थानीय खुसी भएका हुन्। जब्दीका स्थानीय अर्जुन चौधरीले पुल निर्माण भएसँगै वर्षायाममा जोखिम मोलेर बाढीमा हेलिएर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो।