पछिल्लो समय बाजुराका अधिकांश महिला महिनावारी भएको बेलामा फेरि छाउगोठ सर्न थालेका छन् ।
पूर्वी सुर्खेतका गुर्भाकोट, लेकबेशी र भेरीगंगा नगरलाई नमुना आधुनिक सहर बनाइने भएको छ । भेरी नदी किनारमा आधुनिक सहर (स्मार्ट सिटी) बनाइने भएको हो ।
नक्कली नेपाली नोटसहित एक जना भारतीय नागरिकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
नेपाल सरकारले घोषणा गरेको बैतडीको नमुना ज्ञानेश्वर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको घोषणा अधुरै रहेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरूबिच रस्साकस्सी छ । कुनै पनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरू छन् ।
कालीकोटको नरहरिनाथ गाउँपालिका–९ की रविता बोहरा वडामा गठित सामुदायिक विकास सञ्जालमा आबद्ध हुनुहुन्छ। गाउँमा हुने विकास निर्माण कार्यमा उहाँलाई चासो बढेको छ। सुशासन, पैरवीलगायत क्षमता विकाससम्बन्धी तालिम लिएपछि गाउँपालिकाले दिने सार्वजनिक सेवाबारे उहाँले जानकारी लिन थाल्नुभएको हो।
बैतडीमा स्वास्थ्य चौकी र प्रसूति केन्द्रमा सुत्केरी हुने आमाको सङ्ख्या बढेको छ। पछिल्लो तीन आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या ६४ प्रतिशतबाट बढेर ८१ प्रतिशत पुगेको छ।
सुदूरपश्चिम प्रदेशको पहिलो सरकार स्थायी राजधानी बनाउन असफल रह्यो। सङ्घीय सरकार मातहत रहेको जग्गाको भोगाधिकार नपाउँदा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले स्थायी राजधानी बनाउन नसकेको हो। २०७५ असोज १२ गते प्रदेश सभाबाट दुई तिहाइ बहुमतले प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा पर्ने वन क्षेत्रमा घोषणा गरिएको थियो।
उसको बाउलाई मैले उसलाई भेट्न आउँदा देखेको थिएँ । पहिले त यस्तो लाग्यो, यो मानिस उसको गाउँको एक जना हुनुपर्छ जो उसलाई भेटेर केही काम निकाल्न सहर आएको छ, जस्तै छोरालाई विदेश पठाइदिन सिफारिस वा घरखेत लेखाएर रिन दिनका लागि । पछि बुझ्दै जाँदा ऊ त उसकै बाउ पो रहेछ । अनि मलाई खसखस लागेर सोधिहालेँ, ‘तपाईं उसको बाउ हो भन्ने पक्का छ ?’ उनले ओठमा एउटा पीडादायक मुस्कान ल्याएर मलाई भने, ‘हो, अब यस्तो अवस्थामा उसको बाउ हुँ भनेर कसले पत्याउँछ ? छोरो यस्तो छ ।’ मैले सोचेको पनि त्यही थियो । सहरमा रज्जगज्ज अवस्थाको छ ऊ । बाउचाहिँ एउटा कछाडमा बेरिएर आएको छ गाउँबाट । बाउ सोझा र सरल लागे तर उसको धूर्तता हेर्दा ऊ यो मानिसको छोरा हो भन्न सुहाउँदैनथ्यो । मलाई लागेको कुरो । तर वास्तविकता यही थियो ।
डोटीको आदर्श गाउँपालिका –४ मा हाते सिलाइ मेसिनबाट लुगा सिलाउदैै स्थानीय महिला
मेरो जिन्दगीको जून सफा छ तर, देख्नेले दाग देखिदिन्छन् र, नजरको दोषी मलाई बनाउँछन् ।
योग्यता क्षमता छ फेरि बेरोजगारी किन सबैलाई चाहिन्छ जागिर, सरकारी किन ?
यी आँखाका तारा हुन्छन् मनमा बस्नेहरू जिउने एक सहारा हुन्छन् मनमा बस्नेहरू भेटवार्ता नभए’नि साथमा सँगै नरहे’नि सधैँ उस्तै प्यारा हुन्छन् मनमा बस्नेहरू ।