बुधबार २८ औँ महानगर दिवसको अवसरमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
मोलुङ गाउँपालिका–१ कुन्तादेवीमा रहेको बाख्रा फर्ममा आगलागी हुँदा १२५ खसी बाख्रा जलेर मरेका छन् ।
डोटीको पूर्वीचौकी गाउँपालिकाकी दुर्गा विष्ट (नाम परिवर्तन) लाई एचआइभी सङ्क्रमण भएको १० वर्ष भयो ।
हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चार हजार २८५ जना (७६.०४ प्रतिशत) उम्मेदवारको धरौटी रकम जफत भएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङबाट औपचारिक सेवा प्रारम्भ भएको छ।
गण्डकी प्रदेशमा पहिलो पटक देशकै स्रोत र साधनलाई प्रयोग गरेर स्याङ्जाको दुई सडक प्रविधिमैत्री रूपमा निर्माण गरिँदैछ ।
सरकारले धानको समर्थन मूल्य तोकेर पनि धान नकिनेपछि किसान आक्रोशित भएका छन्। सरकारले धान किन्नमा आलटाल गर्नुका साथै मल सहज आपूर्ति नभएपछि किसान लगातार संर्घषरत छन्।
कालीकोटको रास्कोट नगरपालिकाले कानुनबिनै नगर प्रहरी भर्ना प्रक्रिया अघि बढाएपछि अदालतमा मुद्दा परेको छ।
लेबनानका कार्यवाहक प्रधानमन्त्री नाजिब मिकातीले आतङ्कवादका विरुद्धमा लड्नका लागि कुनै एकमात्र देशको प्रयास सम्भव नभएकाले सबै देशले आपसमा सहयोग र समन्वयका साथ लाग्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय निजामती ऐनलाई छाता ऐन भनेर दुष्प्रचार गरिएको बताउनुभएको छ ।
एक जना ७५ वर्षका ज्येष्ठ नागरिकले विद्यालयलाई निःशुल्क जग्गा सहयोग गर्नुभएको छ । जग्गाको अभाव खेपिरहेको विद्यालयलाई नयाँ भवन निर्माणका लागि सहज बनाउन उहाँले जग्गा सहयोग गर्नुभएको हो ।
सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेजको माग गर्दै रिट दर्ता भएको छ ।
गायक ज्वाला राज शर्माको स्वरमा सजिएको 'सहरमा एउटा हल्ला' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ का २० वर्षीय रूपक तामाङ बुधबार बिहान होस खुल्दा बनेपास्थित शिरमेमोरियल अस्पतालको बेडमा हुनुहुन्थ्यो। उहाँ मङ्गलबार साँझ बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थान नजिक भएको सवारी दुर्घटना कसरी भयो, दुर्घटनामा कसलाई के भयो केही थाहा छैन।
निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० गरी कुल ८२५ जना सदस्य निर्वाचित भएको जनाएको छ ।