वि.सं. २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेका काभ्रेपलाञ्चोक जिल्लाका दुई दर्जन स्वास्थ्य संस्था पुनर्निर्माणको कामले गति लिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्टस सिटी (खेलकुद सहर) बनाउने उद्देश्यका साथ खेलकुद नगरी सम्भाव्यता अध्ययन तथा समन्वय समिति गठन गरिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरू विभाजित बन्नु नहुने बताउनुभएको छ ।
फिल्म ‘चि मुसी चि’को टिजर सार्वजनिक भएको छ । अरुण चक्रवर्तीको प्रस्तुतिमा तयार भएको फिल्मलाई एमी स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो ।
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बङ्गलादेश निर्माण गर्ने योजना सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री हसिनाले बङ्गलादेशले आगामी सन् २०४१ सम्ममा बङ्गलादेशलाई एक विकसित बङ्गलादेश बनाउने बताउनुभयो ।
सरकारले विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रममा स्थानीय प्रविधि तथा नयाँ आविष्काहरुलाई प्राथमिकता दिने उद्देश्यका साथ सरोकारवालाहरूसँग परामर्श सुरु गरेको छ ।
चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत वार्ता भएको छ । उहाँहरुका बीचमा सोमबार वार्ता भएको हो ।
कतारमा जारी फिफा विश्वकपको पहिलो सेमिफाइनल खेलमा आज (मङ्गलबार) राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
सरकारले तोकेको भन्दा ८ सय रुपियाँ कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका बाँकेका किसानलाई ढिलै भए पनि केही राहत हुने भएको छ ।
पूर्वी पहाडका किसानले थाङ्ग्रोमा मकै जोहोका लागि भण्डारण गर्ने परम्परागत तरिका संस्कृतिको रूपमा अझै पनि अपनाउने गरेका छन् । यो काइदाले मकै राख्दा घुन, मुसा नलाग्नुका साथै लामो समयसम्म नकुहिने किसान सुनाउँछन् ।
हजुरआमा र नातिनी बेलुकापख हावा खान डुलिरहेका थिए । “आमा, आमा त्यहाँ हेर्नुहोस् त ।” कौवाको बचेरातिर हेर्दै नातिनीले भनी । बाटो छेउमा घाइते बचेरा पीडाले छटपटाइरहेको थियो । “हेर कति बिस्ट्याएको । यसको घाँटीमा चोट लागेजस्तो छ ।” बचेरालाई हातमा लिँदै हजुरआमाले भनिन् । उनीहरूले घाइते कौवाको बचेरालाई घरमा लिएर गए ।
डोटीमा अग्लो र लामो झोलुङ्गे पुल निर्माण भएसँगै पर्यटक आगमनमा वृद्धि भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ र वडा नम्बर ५ मा रहेको ऐतिहासिक स्थल कोट भैरव र धार्मिक स्थल दुधेश्वर जोड्ने गरेर अग्लो डाँडामाथि पुल निर्माण भएको छ ।
युक्साना विद्यालयबाट थकित भएर आइन् । उनलाई भोक पनि लाग्यो । उनी भान्सामा खाजा खोज्दै गइन् । उनी भान्सामा खाजा खोज्न जाँदा उनकी सौतेनी आमाले उनलाई बाहिर पठाइन् तर उसकी त्यस सौतेनी आमाले आफ्नो छोरालाई भने मीठा मीठो परिकार खुवाइरहेकी थिइन् । यो दृश्यपछि उनी आफ्नो आमालाई सम्झेर कोठामा एक्लै बसिन् र भोकै सुतिन् ।
हामी कक्षाकोठामा बसिरहेका थियौँ । कक्षाकोठामा शिक्षक आउनुभएको थिएन । हामीहरूले पढाइका बारेमा छलफल गर्दै थियौँ । यत्तिकैमा कविताले सीता भनेर बोलाइन् । कविताले ‘ओहो ! कति राम्रो पेन रहेछ, मेरो पनि यस्तै कलम छ ।’ भन्दै आफ्नो पेन देखाइ । सीताले कहाँबाट किनेको हो भन्दै सोधिन् । कविताले बजारमा बेचिरहेको थियो । तिमीले कहाँबाट किनेको हौ र भनिन् ।
विगत १३ वर्षदेखि हात्तीपाइले जोखिमपूर्ण क्षेत्रमा रहेको बागलुङ नगरपालिका–१३, नारायणस्थानमा हात्तीपाइले सङ्क्रमणदर एक प्रतिशतले घटेको छ। हात्तीपाइले रोगविरुद्धको नियमित आमऔषधि सेवनले सङ्क्रमणदर रोकिएको हो। २०६६ सालमा ‘बेसलाइन सर्भे’ हुँदा १३ प्रतिशतमा सङ्क्रमण देखिएको नारायणस्थानमा २०७९ सालको प्रारम्भिक परीक्षण गर्दा १ प्रतिशतभन्दा कम सङ्क्रमण भएको नतिजा आएको छ।