• १३ साउन २०८१, आइतबार

मेहनतको फल (कथा)

blog

अजय सामान्य परिवारमा जन्मिएको थियो । उसका बुवा खेतीपाती गर्थे भने आमा नजिकैको एउटा आधारभूत तहको विद्यालयमा पढाउनु हुन्थ्यो,। खेतीपाती र शिक्षण पेसाबाट आएको आम्दानीले नै घर व्यवहार चलाउन र अजयको विद्यालयको शुल्क तिर्न जेनतेन पुग्दै थियो । नभन्दै अजयको कक्षा ८ को परीक्षाको रिजल्ट पनि आयो । अजयको रिजल्ट देखेर जसरी पनि उसलाई सहर पठाउने कुराको बाबाले सङ्कल्प गरे । भोलि पल्ट बुबाले भने, “छोरा ! तिमीलाई राम्रो वातावरणमा राम्रो शिक्षा दिनलाई एउटा ठूलो विद्यालयमा राखेर पढाउने सोचमा छौँ ।”

“ओहो ! बुवा, कता छ त्यो विद्यालय ?” अजयले उत्सुकता व्यक्त ग-यो ।

बुवाले भने, “काठमाडौँमा छ छोरा ! हामी तिमीलाई त्यहाँ पढाउँछौँ । राम्ररी पढ है !”

भोलि पल्ट अजयलाई लिएर बुवा काठमाडौँ हिँडे । आमाले पनि अजयलाई राम्ररी पढ्नू है ! भन्दै बिदा गरिन् । 

काठमाडौँ पुगेर बुवाले एउटा प्रसिद्ध विद्यालयमा भर्ना गरिदिए । 

दिनहरू बित्दै गए । अजयको ध्यान दिएर पढ्ने कहिल्यै फिरेन । झन् झन् बिग्रँदै जान थाल्यो । परीक्षामा पनि सबै विषयमा फेल हुन थाल्यो । साथीहरूसँग रमाइलोमै समय बिताउन थाल्यो ।

अजयले राम्रो नपढेको थाहा पाएपछि बुवालाई चिन्ता लाग्यो । बुवाले आफूले घर जग्गा बैङ्कमा राखेर छोरालाई काठमाडौँ पढाएको कुरा सबै गर्नुभयो । अजयलाई धेरै सम्झाउनु भयो । गाली गर्नु भएन । बाबाको कुराले अजयको चेत ढिलै भए पनि खुल्यो । उसले सबै कुरा सुनेपछि बाबालाई वचन दियो, म नाम राख्ने गरी पढ्ने छु बुवा ।” अजयको कुरा सुनेर बुवाआमा खुसी भए । राम्रो पढ्ने आशीर्वाद दिए ।

अर्को दिनबाट अजयले विद्यालयमा पढेको कुरा बेलुका दोहो¥याएर पढ्न थाल्यो । गृहकार्य, कक्षा कार्यहरू समयमा गरेर बुझाउने र नबुझेका कुरा शिक्षकको सहयोगमा गर्न थाल्यो । 

एक महिनापछिको परीक्षामा अजय विद्यालयकै उत्कृष्ट विद्यार्थी बन्यो । विद्यालयको सभामा परीक्षामा विद्यालय प्रथम भएको कारणले प्रधानाध्यापकले एक वर्ष निःशुल्क पढ्न पाउने गरी छात्रवृत्तिको घोषणा पनि गरे । अजयको परिवार खुसीले गद्गद् भए ।