सेना दिवस २०७९
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने गरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित हुनुभएको छ । नेपाल गन्जमा फागुन ४ र ५ गते भएको सङ्घको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
मिसिसिपीको टेट काउन्टीमा शुक्रबार भएको शृङ्खलाबद्ध गोलीकाण्डमा कम्तीमा छ जनाको निधन भएको सीएनएनले उल्लेख गरेको छ ।
बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तीमा १८ जना आप्रवासीहरू एक परित्यक्त ट्रकमा मृत फेला परेको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाललाई नामिबियाले जितको लागि दुई सय ७५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको हो ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा शनिबार बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
आज (शनिबार) महाशिवरात्रि पर्व देशभर आराध्यदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
नेपाली सेनाले चीनविरुद्ध सञ्चालित खम्पा विद्रोहीलाई तहसनहस पारेपछि माओत्सेतुङले भनेका थिए, “मैले नेपालको हिमाल चिनेको छु, सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु ।” राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा संवर्धनमा सेनाले खेलेको भूमिकाले यसको पुष्टि गर्छ ।नेपाली सेनाले स्थापनाको २६०औँ वर्ष मनाइरहेको छ । नेपालमा यति लामो इतिहास बोकेको समावेशी संस्था नेपाली सेना नै हो । राष्ट्रिय हित, सुरक्षा, नागरिक र वैधानिक सरकारप्रतिको बफादारी सेनाको स्थायी संस्कार र संस्कृति हो । राष्ट्र र नागरिकप्रतिको जिम्मेवारी निर्वाहमा उसले खेलेको भूमिका यसैको कडी हो । सेनाले राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी सुरक्षा अवस्थाको मध्यनजर गर्दै समयानुकूल सुदृढ, व्यावसायिक र आधुनिक सेना बनाउने गरी साङ्गठनिक कार्य अघि बढाइरहेको यहाँ स्मरणीय छ । तिब्बती खम्पाहरूले नेपाली भूमि प्रयोग गरी चिनियाँ सेनाविरुद्ध गुरिल्ला युद्ध (खम्पा विद्रोह) सुरु गरेका थिए । मुस्ताङ जिल्लामा बेस बनाइ गुप्त रूपमा अभ्याससमेत गर्न थालेपछि चीन सरकार तथा अन्तर्राष्ट्रिय समुदायको अनुरोधमा नेपाली सेना परिचालन भई खम्पा विद्रोहीलाई आत्मसर्मपण गर्न बाध्य पारेको थियो ।नेपाल कब्जा गर्न अगाडि बढेको अङ्ग्रेज फौजलाई कालापानीमा रोक्न सफल नेपाली सेनाले चीनविरुद्ध सञ्चालित खम्पा विद्रोहीलाई तहसनहस पारेपछि माओत्सेतुङ्ले भनेका थिए, ‘मैले नेपालको हिमाल चिनेको छु, सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु ।’ राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा संवर्धनमा सेनाले खेलेको भूमिकाले यसको पुष्टि गर्छ । नेपालको उत्तर पश्चिमका हिमाली जिल्ला डोल्पा, मुगु, जुम्लामा खम्पाविरुद्धको अपरेसनमा नेपाली सेनाले प्राप्त गरेको सफलता विश्वमै चर्चित छ । भारतीय सिपाही विद्रोह, प्रथम विश्वयुद्ध,बाजरिस्थानको लडाइँ, अफगान युद्ध विश्वयुद्ध र हैदरावाद लडाइँमा भारतले नेपाली सेनाको सहयोग माग्नु परेको थियो ।नेपाली सेनाको स्थापना नेपाली सेनाको इतिहास नेपाल एकीकरणसँग जोडिएको छ । जुन बेला यो सेना एकीकरणका नायक पृथ्वीनारायण शाहको सारथि बन्यो । वि.सं. १८०१ असोजमा नुवाकोट आक्रमण गरी पृथ्वीनारायणले सुरु गरेको एकीकरणको महाअभियानसँगै नेपाली सेनाको एकीकृत संरचना विकास हुन थालेको हो । पृथ्वीनारायणको शासनकालमा मकवानपुर राज्य विजयपश्चात् सेनाको सुदृढ जग बसेको इतिहास छ । नेपाल कब्जा गर्न आएको तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनी –अङ्ग्रेज) फौजलाई नेपाली सेनाले मकवानपुर गढीमा पराजित गरी उनीहरूसँग रहेका हतियार नियन्त्रणमा लिएको थियो । त्यही लडाइँमा प्राप्त हतियार सङ्कलन गरी नेपाली सेनाले पहिलो पटक पाँचवटा कम्पनी तयार ग¥यो । जसमा श्रीनाथ कम्पनी, कालीबक्स कम्पनी, बर्दवाणी कम्पनी हाल बर्दबहादुर, सबुज कम्पनी र गोरख कम्पनी थिए । नेपाली सेनामा यी कम्पनी अहिले पनि उत्तिकै प्रभावकारी रहेका छन् । वि.सं. १८२४ मा अङ्ग्रेजहरूसँग सिन्धुलीमा भएको युद्धमा हातहतियार प्राप्त भएपश्चात् सैनिक सङ्गठनको थप विस्तार भएको पाइन्छ । नेपाली सेनाको सबलीकरण र विकासका क्रममा जनरल भीमसेन थापाको अग्रसरताले अर्को इँटा थप्यो । थापाले आफ्नो कार्यकालमा नेपाली सेनालाई थप परिस्कृत गरी ब्यारेकीकरण शुभारम्भ गरे । वि.सं. २००९ मा नेपाली सेनाको पुनर्संरचना भयो । नेपालको अन्तर्राष्ट्रिय उपस्थिति बलियो बन्दै जाँदा विभिन्न कालखण्डमा भएका व्यवस्था परिवर्तनले पनि सेनाको संरचना र सङ्गठनमा केही फेरबदल ल्याइए पनि नेपाली सेनाले आफ्नो मूल मर्मलाई कहिल्यै मर्न दिएन । सेनाले आफ्नो सैनिक चरित्र र व्यावसायिकतालाई थप निखार ल्याउँदै गयो । इतिहासको त्यही बल, परिश्रम र योगदानका कारण आज झन्डै एक लाखको आधुनिक नेपाली सेना निर्माण भएको छ ।विश्वशान्ति स्थापनामा नेपाली सेना भौगोलिक अवस्थाले नेपाल सानो भए पनि विश्वमाझ महìवपूर्ण राष्ट्रको रूपमा चिनिएको छ । नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा सेनाको उपस्थिति र भूमिकाले पनि यसलाई पुष्टि गर्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा हाल छ हजार ५९ जना सैनिक तैनाथ रहेका छन् । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउने मुलुकमध्ये नेपाल विश्वमै दोस्रो स्थानमा रहेको छ । विभिन्न द्वन्द्वग्रस्त ४४ वटा मुलुकमा शान्ति स्थापानर्थ अग्रपङ्क्तिमा खटिँदै आएको नेपाली शान्ति सैनिक विभिन्न द्वन्द्वग्रस्त मुलुकका नागरिकको भरोसाको केन्द्र त बनेकै छ । विद्रोहीका लागि नेपाली सेनाको ‘आइलाग्नेमाथि जाइलाग्न पछि पर्दैन’ भन्ने सन्देश संसारभर स्थापित छ । शान्ति मिसनमा खटिएका नेपाली सैनिकको निष्पक्षता, निडरता र व्यावसायिकताको संसारभरका सैनिक र नागरिकबाट प्रशंसा हुँदै आएको छ । द्वन्द्वमा फसेका विदेशी नागरिकको जीउधन रक्षाका लागि हालसम्म एक लाख ४४ हजार ५६५ सैनिक शान्ति विभिन्न शान्ति मिसनमा खटिइसकेका छन् । द्वन्द्वग्रस्त मुलुकमा खटिँदा हालसम्म ७२ सैनिकको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन् । जसमा नेपाली महिला शान्ति सैनिकको सङ्ख्या दुई हजार हजार ७१ जना छ ।राष्ट्रसङ्घले सन् २०३० सम्म शान्ति सैनिकमा महिलाको सङ्ख्या १५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । नेपाली सेनाले महिला सैनिकको सङख्या क्रमशः वृद्धि गरी नौ प्रतिशत पुर्याएको छ ।हाल विभिन्न द्वन्द्वग्रस्त मुलुकका १२ वटा शान्ति मिसनमा खटिएका छ हजार ५९ जना नेपाली शान्ति सैनिकमा नेपाली महिला सैनिकको सङ्ख्या ५०६ अर्थात् नौ प्रतिशतको हाराहारीमा छ । सेनाले यसलाई क्रमिक रूपमा बढाउँदै लैजाने नीति लिएको छ । नेपालले हाल ११ वटा द्वन्द्वरत मुलुकमा शान्ति सैनिक खटाएको छ । बङ्गलादेशले सबैभन्दा बढी छ हजार ७१० जना सैनिक शान्ति सेनामा खटाएको छ । नेपाल सरकारले शान्ति सेनामा हाल रहेको सङ्ख्यालाई झन्डै दोब्बर अर्थात् १० हजार पुर्याउने लक्ष्य राखेको छ । सन् १९५८ मा राष्ट्रसङ्घको आग्रहमा नेपाल सरकारले पहिलो पटक द्वन्द्वग्रस्त मुलुक लेवनानमा पाँच जना नेपाली सैनिक पर्यवेक्षक टोली पठाएर शान्ति सेनामा सहभागिता जनाएको थियो । नेपाली शान्ति सैनिकबाट नेपालले वार्षिक २१ अर्ब नेपाली रुपियाँ बराबर विदेशी मुद्रा नेपाल भित्रयाउने गरेका छन् । नेपालको अर्थतन्त्रका लागि यो रकम महत्वपूर्ण मानिन्छ । कल्याणकारी कार्यसेनाले कल्याणकारी कोषमार्फत आफूलाई सामाजिक र सेवामूलक क्षेत्रमा पनि स्थापित गर्दै लगेको छ । कोषले प्रधानसेनापति कमाण्ड नीति तथा निर्देशन २०७८ मा उल्लेख भएअनुसार कल्याणकारी सहुलियतको दायरा क्रमशः विस्तार गरी हिताधिकारीको विश्वास पनि जितेको छ । कोषले बहालवाला र अवकाशप्राप्त सैनिक र तिनका परिवारको बृहत्तर हितमा विभिन्न कल्याणकारी काम गर्दै आएको छ । जसभित्र शिक्षा, स्वास्थ्य, औषधोपचार, बीमा, परिवार आवास, एकल महिला स्वरोजगार केन्द्र, कृषि व्यवसाय, आर्थिक सहायतालगायत विभिन्न सीप तथा व्यवसायमूलक तालिम पर्छन् । उसले यही अभियानअन्तर्गत झन्डै नौ लाख हिताधिकारीको सेवासुविधालाई ध्यान दिएर विभिन्न कार्यक्रम गर्दै आएको छ । सहुलियतपूर्ण आवास कर्जा, छात्रवृत्ति तथा निवृत्तिभरण सुविधा पुनरवलोकन, सबै प्रदेशमा सैनिक अस्पताल र फरक क्षमता भएका सन्ततिका लागि वरदान विद्यालय पछिल्ला उदाहरण हुन् । सेन्टर फर एक्सिलेन्स नेपाली सेनाले शान्ति सेनामा जाने सैनिकलाई विशेष तालिम दिने उद्देश्यले काभ्रेपलान्चोक पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र स्थापना गरेको थियो । सरकारले शान्ति सेनामा थप सैनिक पठाउने गरेसँगै उक्त तालिम केन्द्रलाई थप आधुनिक तथा सुविधा सम्पन्न बनाउँदै लगेको छ । उक्त तालिम केन्द्रको क्षमता विस्तार गरी विशिष्टिकृत तालिमसँगै विशेष अनुसन्धान तथा अध्ययन केन्द्र ‘सेन्टर फर एक्सिलेन्स’ को अवधारणाअनुरूप विस्तार गरिएको सेनाले जनाएको छ । वीरेन्द्र कार्य शान्ति तालिम केन्द्रमार्फत शान्ति स्थापनार्थ खटिने नेपालीलगायत विदेशी सैनिकलाई समेत तालिम दिइँदै आइएको छ । हालसम्म पाँचखालबाट एक हजार ४८२ जना विदेशी सैनिकले विशिष्टीकृत तालिम लिई युद्धग्रस्त क्षेत्रमा खटिएका छन् ।वीरेन्द्र सैनिक तालिम केन्द्रलाई पूर्व तैनाथी तालिमको साथै अनुसन्धान केन्द्रको रूपमा विकास गरी शान्ति सेनामा जाने विदेशी सेनालाई समेत विशेष खालको (मिसनअनुसार) प्रि–डिप्लोयमेन्ट ट्रेनिङ सञ्चालन गर्ने लक्ष्य रहेको सेनाले जनाएको छ । सन् १९८६ मा सेनाले शान्ति मिसनमा जाने सेनाको प्रि–डिप्लोयमेन्ट (पूर्व तैनाथी) का लागि काभ्रेको पञ्चकालीमा ‘शान्ति सुरक्षा प्रशिक्षण शिविर’ का रूपमा यो केन्द्र स्थापना भएको थियो । सन् २००० मा सो शिविरलाई विस्तार गरी वीरेन्द्र कार्य शान्ति तालिम केन्द्रमा रूपान्तरण गरिएको हो । विश्व शान्तिमा पु¥याएको योगदान र हासिल गरेको अनुभवलाई केन्द्रमा राखेर वीरेन्द्र सैनिक शान्ति कार्य तालिम केन्द्रलाई अध्ययन तथा अनुसन्धान सहितको विशेष केन्द्र अर्थात् ‘सेन्टर फर एक्सिलेन्स’ रूपमा सेनाले विकास गर्न चाहेको देखिन्छ । राष्ट्रनिर्माणमा नेपाली सेना नेपाली सेना देशको भौगोलिक अखण्डता, सार्वभौमिकताको रक्षा र राष्ट्रिय सुरक्षाको महìवपूर्ण जिम्मेवारीसँगै राष्ट्रको समग्र विकासका लागि अहोरात्र खटिँदै आएको छ ।राष्ट्रिय गौरवको तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा सेनाको व्यवस्थापकीय कुशलता अर्को उदाहरण हो । सन् २०८१ सम्म निर्माण सम्पन्न हुने लक्ष्य राखिएको उक्त मार्गको २२ प्रतिशत निर्माण पूरा भएको छ । राष्ट्रिय गौरवका आयोजना सुरु हुने र निर्माण सम्पन्न हुन दशकौँ लाग्ने गरेको तीतो यथार्थ छ । सबैबाट साथ र सहयोग पायो भने सेनाले उक्त गौरवको आयोजना तोकिएको समयमै सम्पन्न गर्ने अठोट लिएको छ । भौगोलिक रूपमा विकट जिल्लालाई सडक सञ्जालमा जोड्न नेपाली सेनाले बषाैँदेखि देखाउँदै आएको अग्रसरता आफैँमा महत्वपूर्ण छ । नेपालको पुरानो कान्ति राजमार्ग, चक्रमार्ग त्रिशूली–सोमदाङ सडक, कटारी–ओखलढुङ्गा सडक, खोडपे–बझाङ सडक, कर्णाली राजमार्ग, सुर्खेत–जाजरकोट सडक, बेनी–मुस्ताङ सडक, कैनडाँडा–चौरजहारी सडक, मुसीकोट सडक, मनाङ सडक सेनाले तयार गरिसकेको छ । नेपाली सेनाद्वारा निर्माणाधीन चीनको कोरला नाकासम्म जोड्ने कालीगण्डकी करिडोर, धादिङको बेनीघाट हुँदै गोरखाको आरुघाटबाट तिब्बतको सीमा लार्के भन्ज्याङ जोड्ने सडकको झन्डै तीस प्रतिशत काम पूरा भएको छ । यी दुई सडक सञ्जाल सञ्चालनमा आए चीनसँग नेपालका चारवटा सडक सञ्जाल जोडिने छन् । सेनाले निर्माण गरेका यी सडकले मुलुको मुहार फेर्न कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ । विकास निर्माणका साथै राष्ट्रिय सम्पत्ति (विद्युत्, टेलिफोन स्टेसन तथा ऐतिहासिक गढी दरबारहरू) को सुरक्षा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा सेनाको भूमिका प्रशंसनीय ।पारदर्शिता प्रधानसेनापति प्रभुराम शर्माले गत हप्ता सम्पन्न भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै सेनाका हरेक निकायले पारदर्शिता अपनाउन निर्देशन दिनुभएको छ । पारदर्शिता र निष्पक्षतामा सम्झौता नगर्ने सेनापति शर्माको भनाइलाई सेनाका पछिल्ला क्रियाकलापले समेत पुष्टि गरेका छन् । अनियमितता विरुद्ध शून्य सहनशीलता अपनाउँदै सेनाले उपरथी प्रेम शाहीविरुद्ध अनुसन्धान सुरु गरेको छ । नेपाल सरकारबाट प्राप्त जिम्मेवारी पूरा गर्ने जङ्गी अड्डाको प्रयास र सेनापति शर्मा आफैँ फिल्डमा पुगेरै गरिरहेको अनुगमन, निरीक्षण तथा मातहतका निकायलाई निरन्तर दिँदै आउनुभएको निर्देशन आफैँमा अनुकरणीय छ । संविधानमा उल्लेख भएको सङ्घीय संरचनाअनुसार सेनापति शर्माले नेपाली सेनाका पृतना मुख्यालयलाई प्रभावकारी बनाउन गरेको प्रयास लोकतान्त्रिक व्यवस्थाका लागि अर्को कोसेढुङ्गा हो । जनताको आशा र भरोसाको केन्द्र बन्न सफल नेपाली सेनालाई विभिन्न विवादमा जोड्ने र विवादित बनाउने प्रयास बेलाबखत हुँदै आएको छ, तर आफ्नो लक्ष्यमा ऊ अडिग छ । सायद संविधानको रक्षा र पालनामा दृढ संस्था भनेको नेपाली सेना मात्रै होला !
शिवजीलाई प्रार्थना गर्दा ‘ध्यायेन्नित्यं महेशंरजतगिरिनिभं चारुचन्द्रावतंसं । रत्नाकल्पोज्ज्वलाँगं परशुमृगवराभीतिहस्तं प्रसन्नम् ।। पद्यासीनंसमन्तात्स्तुतममरगणैव्र्याघ्रकृतिंवसानं । विश्वाद्य. विश्ववीजं निखिलभयहरं पन्चवक्त्रम् त्रिनेत्रं’ ।। यस्तो मन्त्रले शिवजी छिटो प्रसन्न हुनुहुन्छ ।पहिलो प्रहरमा शिवजीको पूजामा पान, नरिवल, अर्घ, श्रीफल, सेल, पुरी पक्वान्न हुन् भने शिवका प्रमुख ८ नाम भव, सर्व, रुद्र, पशुपति, उग्र, महत, भीम र ईशानको स्मरण गर्दै अङ्कुश मुद्रा, मत्स्य, धेनु, शङ्ख, योनि, लिङ्ग, ध्यान, ज्ञान, शाम्भवी, वर, अभय, नमस्कार, खट्वाँग, धनु, पद्म, महामुद्रा तथा साष्टाङ्ग मुद्रा देखाउनुपर्छ र सकेसम्म भजन कीर्तन पनि जरुरी हुन्छ, निर्मल जलले पूर्णता दिइन्छ ।वर्षभरिमा प्रमुख चार रात्रि छन् । श्रीकृष्णष्टमीको रात्रि मोह रात्रि हो, देवीको दशैँ रात्रि कालरात्रि हो भने लक्ष्मीपूजाको तिहार रात्र सुख रात्रि अनि शिव आराधनाको फाल्गुण कृष्ण त्रयोदशीको रात्रि भने शिवरात्रि हो । अन्यन्य देवलाई देवता मात्रै भनिने र जहिले अजन्मा रहने ठूला देवतालाई महादेव भनिन्छ । पन्चमुखी स्वप्राकाट्य शिवलिङ्गको प्रतीक पशुपतिनाथ विश्वमा अन्यत्र छैन, केवल हाम्रो भूमि काठमाडौँमा छ र सबै हिन्दुका लागि हाम्रो भूमि एक मात्र पवित्र तीर्थस्थल, गन्तव्यस्थल र मुक्तिस्थल बनेको छ । यहाँ शिवरात्रि पर्व धूमधामका साथ मनाइन्छ र यो पर्व यसपालि फागुन ६ गते परेको छ ।शिव तत्त्व बुझ्न पहिले शिवपुराणमा प्रवेश गर्नुपर्छ । शिव पुराण वेदान्तको सार हो, मानव सर्वस्व हो, शिवपुराणले मानिसका सबै किसिमका पाप नाश गर्छ । मानव मात्रको उद्धारक हो, शिवपुराण ! कलिको कल्मषलाई हटाउँछ, आचारहीन मनुष्यलाई पनि सद्गति प्रदान गर्छ, धर्म, अर्थ, काम र मोक्ष चाहनेले शिव तत्त्वमा प्रवेश गर्नुपर्ने हुन्छ । चार किसिमका पुरुषार्थ शिवतत्वबाट नै प्राप्त हुन्छ ।सबै देवताको मूर्तिमा पूजा हुन्छ । परन्तु शिवजीको मूर्ति वा लिङ्गमा हुन्छ । यो शङ्का भने महादेवभन्दा अरूले निवारण गर्न सक्तैनन् । शिवजीलाई दुई रूपबाट चिन्तन गर्न सकिन्छ । सगुण साकार रूप र निर्गुण निराकार रूप ! निराकार भएकाले शिवजीको शिव लिङ्गमा पूजा हुन्छ ।मूल शिवपुराणको श्लोक सङ्ख्या एक लाखको छ । अघिल्लो युगमा व्यासजीले यसलाई २४ हजार श्लोकमा संक्षेपीकरण गरिदिनुभयो । पुराणको क्रम सङ्ख्यामा यो चौथो हो, यसमा सात संहिता छन् । पूर्व कालमा पुराण एउटै थियो, एक सय करोडको, शिवजीले प्रतिपादन गर्नु भएको ! सृष्टिको उषाकालमा यो एउटा विशाल साहित्यको भण्डार थियो । साहै्र विस्तृत पनि थियो । द्वापरयुगमा व्यासजीले यो विशालतम साहित्यग्रन्थलाई १८ भागमा विभाजित गरिदिनुभयो । अव पुराणहरूको श्लोक सङ्ख्या चार लाखमा सीमित भयोे । यसमध्ये शिवपुराणको श्लोक सङ्ख्या केवल २४ हजार मात्र छ । अन्य पुराणभन्दा शिवपुराण उत्कृष्ट गतिदाता हो । जीवमात्रको उपकारक, त्रिविध तापनाशक, तुलनारहित अतुलनीय छ यो ! सत्पुरुषलाई यसले कल्याण दिन्छ, वेदान्त र विज्ञानमय छ भक्ति प्रधान छ, निष्काम भावयुक्त छ । ईष्र्यारहित बनाउँछ व्यक्तिलाई यसले ! शिव तìव, शिव मर्म, शिव धर्म, प्रणव मन्त्रको सङ्कलन हो यो । धर्म, अर्थ, काम, मोक्षको साधन हो । जो आदरपूर्वक पढ्छ, सुन्दछ ऊ परमगतिमा प्राप्त हुन्छ । शिवपुराण भक्ति, ज्ञान र वैराग्यको त्रिवेणी हो । ऋषि महर्षिहरूलाई प्रयोगमा सुतजी शिवतìव सुनाउनु हुन्छ । सम्पूर्ण रोग, राग, शोकबाट टाढा राख्ने शिवमहिमा, शिवपुराण, सद्वस्तु हो, सदगति दिने सर्वस्व नै हो ।शिवरात्रि र प्रहर पूजाशिव पुराण कोटी रुद्रसंहितामा श्रीशिव स्वयंको भनाइ छ– मानव जीवन भुक्ति र मुक्तिका अनकौँ व्रत छन् । मेरो पूजा प्रार्थनाका लागि अष्टमी, सोमबार, कृष्णपक्षको चतुर्दशी अझ बढी महत्वपूर्ण छन्, त्यसमा पनि शिवरात्रि पर्वको महत्ताबारे स्वयं शिवभन्दा बाहेक अरूले बताउनै सक्दैनन्, अक्षय पुण्य चाहनेले केवल एक दिनको सो पूजाले पनि अमरताको बल प्राप्त गर्न सक्छ ।कसरी गर्ने पूजा ?प्रथमतः स्नान, सङ्कल्प, दीप, कलश, गणेशको पूजा, त्रिपुण्डक बा रुद्राक्षको माला धारण, चार प्रहरको पूजामा सके ब्राह्मण, कन्या, भोजनादि विषय, ज्योतिर्लिङ्ग, शिवालय वा पार्थिव शिवलिङ्ग स्थापना गरेर प्राण प्रतिष्ठासहित सगुण वा निर्गुण शिवको प्रतिमा पूजा गर्नु पर्छ । ॐ नमः शिवायको मन्त्र घटीमा १०८ पल्ट जप्दै पश्चिममा सद्योजात, उत्तरमा वामदेव, पूर्वमा तत्पुरुष, दक्षिणमा अघोर, अनि ऊध्र्व मुख इशानेश्वरको पूजा गर्ने, जे अर्पण गरिन्छ त्यसका अलग मन्त्रसहित चढाउने गरिन्छ । अखण्डित अक्षता, सुगन्धित चन्दन, अगरु, वेलपत्र, तिल, करबीर, अर्कपुष्पलगायत अन्य पूmलमाला चढाउनुपर्छ । शिवको प्यारो वस्तु हो गाँजा, भाङ अर्पण गरिए पनि आफूले प्रयोग गर्नु हुन्न, हामीलाई त्यो पचाउने शक्ति छैन ।पहिलो प्रहरको पूजा साँझ ६ बजेतिर हुन्छ भने दोस्रो प्रहरको समय रातको ९, तेस्रो प्रहरको समय रातको १२ बजे र चौथो प्रहर भनेको बिहानीपखको ३ बजे हुन्छ । पहिलो प्रहरमा शिवजीको पूजामा पान, नरिबल, अर्घ, श्रीफल, सेल, पुरी पक्वान्न हुन् भने शिवका प्रमुख ८ नामहरू भव, शर्व, रुद्र, पशुपति, उग्र, महत, भीम र ईशानको स्मरण गर्दै अङ्कुश मुद्रा, मत्स्य, धेनु, शङ्ख, योनि, लिङ्ग, ध्यान, ज्ञान, शाम्भवी, वर, अभय, नमस्कार, खट्वाँग, धनु, पद्म, महामुद्रा तथा साष्टाङ्ग मुद्रा देखाउनुपर्छ र सकेसम्म भजन कीर्तन पनि जरुरी हुन्छ, निर्मल जलले पूर्णता दिइन्छ ।दोस्रो प्रहरको पूजामा पूजासामग्री उनै हुन्छन् नैवेद्यमा खीर, कगतीको रस, २१६ पटकको नम शिवायको मन्त्र आवश्यक हुन्छ । तेस्रो प्रहरमा अतिरिक्त जौ वा गहुँको सामग्री परिकार, पुवा, माल्पुवा, सागसब्जी, कपुरको आरती, अनारको रस र मन्त्र ४३२ पटक जप्नुपर्छ । र, चौथो प्रहरको पूजामा सप्तधान्य भनौँ जौ, गहुँ, मुग, मास, कागुनु, चनाका अतिरिक्त नैवेद्यमा मासको बारा, मुगका सामग्री, केरा, ऋतुअनुसारका फल, भेटीसहित ८६४ पल्ट नमः शिवायको मन्त्र जप गर्नुपर्छ । यसरी रातभरि पूजा गर्दै बिहान सूर्योदयपछि शिवको पूजा स्नान अनि प्रसाद ग्रहण गरिन्छ । पार्थिव शिव भए बिसर्जन गरिरहनु नपर्ने, स्थापित प्राण प्रतिष्ठाको भए क्षमा याचना गर्दै व्रतको उद्यापन तिथि जुराएर तर्नुपर्छ । भोलिपल्ट औँसीका दिन नन्दी बाहनसहित शिव दम्पतीको पूजा होमादि कर्म, कन्या, ब्राह्मण, सन्न्यासी, योगीहरूलाई भोजन, दक्षिणासहितको बिदाइले श्रीशिव खुसी हुनुहुन्छ । कायिक, वाचा वा मनसा आपूmबाट भएका पापकर्मको प्रक्षालन होस् भन्दै श्रीशिवप्रति करुणा जाहेर गर्नुपर्छ, भक्ति अर्पण गर्नुपर्छ । सकेसम्म व्रतिले चोखो आसनमा उत्तर पूर्व फर्केर पूजा गर्नु पर्छ, नजिक सबै सरसामग्री, पूजाभाँडा कर्मपात्र, शङ्ख, घण्ट, डमरु आदि हुनुपर्छ । पूजा गर्दा कुल परम्परा, गुरु स्मरण गणेश एवं कार्तिकेयको पूजा सभक्ति गर्नुपर्छ । शिवजीलाई प्रार्थना गर्दा ‘ध्यायेन्नित्यं महेशंरजतगिरिनिभं चारुचन्द्रावतंसं । रत्नाकल्पोज्ज्वलाँगं परशुमृगवराभीतिहस्तं प्रसन्नम् ।। पद्यासीनंसमन्तात्स्तुतममरगणैव्र्याघ्रकृतिंवसानं । विश्वाद्य. विश्ववीजं निखिलभयहरं पन्चवक्त्रम् त्रिनेत्रं’ ।। यस्तो मन्त्रले शिवजी छिटो प्रसन्न हुनुहुन्छ ।शिव लिङ्ग प्राकाट्यको रहस्य नन्दीकेश्वर भगवान्ले सनत्कुमारको प्रश्नमा महादेवको निराकार स्वरूप शिव लिङ्गको प्रादुर्भावको प्रसङ्ग सुनाउनुहुन्छ । शिव लिङ्गको शिर भाग र फेद भाग पत्ता लगाउने बारे ब्रह्मा र विष्णुका बीच विवाद भएछ । विवादवाट देवतामा ब्याकुलता छाएछ, देवताहरूले कैलाशमा चन्द्रशेखर भोलेनाथको स्तुति गरेछन् । भोलेबाबा, ब्रह्मा र विष्णुको विवाद भएको ठाउँमा आएर भीषण शिव लिङ्ग अग्नि स्तम्भका रूपमा प्रकट हुनु भएछ र यसको शिर भाग र फेदको पत्ता लगाउनु भन्ने आदेश भएछ । अग्नि स्तम्भको गहिराइ र उचाइ नाप गर्न अर्थात् दुवैले प्रयास गर्दा थाकेर ब्रह्मा र विष्णुले मिलेर शिवलिङ्गको पूजा गर्नुभयो । हार, नुपुर, केयुर, कीरिट, मणिमय कुन्डल, जनै, उत्तरिया वस्तु, पुष्पमाला, रेशमीवस्तु, मुद्रिका, पुष्प, ताम्बुल, कपुर, चन्दन, धुप, दीप, स्वेतछत्र, ध्वजा, चामर अन्यान्य दिव्य उपहार अर्पण गरी पूजा भयोे । बद्धजीवलाई पशु र यसको मालिकलाई पशुपति भनिन्छ । शिव प्रसन्न भई तपाईंहरूले आज मेरो पूजन गर्नुभयो, सर्वप्रथम ! तपाइहरूबाट म निकै प्रसन्न भएँ । आजको दिन महान् दिन हो, आजको तिथि शिवरात्रिको नामले विख्यात भएर सबैका लागि प्यारो हुन्छ । जसले आजको दिन पर्व पारेर मेरो पूजा विशेष किसिमले गर्छ, उसले सिद्धि प्राप्त गर्छ । सृष्टिदेखि पालन गर्नेसम्मको काम अब तपाईंहरू ब्रह्मामा र विष्णुले गर्न सक्नुहुन्छ । शिवरात्रिमा निराहार व्रत राख्नाले जितेन्द्रीय भएर शक्तिअनुसार पूजा गर्नाले, ठूलो पुण्य मिल्छ । शिव लिङ्ग प्राकाट्य भएको समय भने मङ्सिर महिना शुक्लपक्ष, पूर्णिमा तिथि, आद्रा नक्षत्र हो । जसले मङ्सिर महिनामा आद्रा नक्षत्रले युक्त दिनमा पनि पार्वतीसहित मेरो दर्शन गर्छ वा मेरो मूर्तिमा, लिङ्गमा पूजा गर्छ, त्यो मेरो पुत्र गणेश, कुमारभन्दा पनि प्यारो हुन्छ । लिङ्गमा नै पूजा किन ? सबै देवताको मूर्तिमा पूजा हुन्छ । परन्तु शिवजीको मूर्ति वा लिङ्गमा हुन्छ । यो शङ्का भने महादेवभन्दा अरूले निवारण गर्न सक्तैनन् । शिवजीलाई दुई रूपबाट चिन्तन गर्न सकिन्छ । सगुण साकार रूप र निर्गुण निराकार रूप ! निराकार भएकाले शिवजीको शिव लिङ्गमा पूजा हुन्छ । शिव लिङ्ग शिवको निराकार स्वरूप हो । शिवको साकार स्वरूप उनको स्वरूप मूर्ति हो । अङ्ग आकारले युक्त साकार हो भने अङ्ग आकारले रहित निराकार हो । यसै कारणले मानिस निर्गुण वा सगुणको स्वरूप पूजा गर्छन् । शिव बराबरका आत्म देवता अर्का छैनन् । अघि सनत्कुमार र भगवान् नन्दीश्वरका बीच यस्तै वार्ता भएको थियो । निस्पाप सनत्कुमारलाई नन्दीश्वरले भन्नु भएको थियो । शिव लिङ्ग स्वयं ब्रह्मा स्वरूप हो, यो गोपनीय विषय हो । परन्तु शिव भक्त भएकाले मैले यहाँलाई श्रवण गराएको हुँ भन्नुभएको छ नन्दीश्वरले !
अहिलेसम्मका नेपालको प्रजातान्त्रिक आन्दोलनमा १२ हजारभन्दा धेरै नागरिकले जीवन गुमाइसकेका छन् । गृह मन्त्रालयको पछिल्लो अभिलेखानुसार १२ हजार १९७ जना शहीद सूचीकृत भएका छन् ।‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगएबन्दैन मुलुक दुई चार सपुत मरेर नगए’ – भूपी शेरचनआधुनिक नेपाल राज्यको अढाई सय वर्ष लामो इतिहासमा राजनीतिक अर्थात् प्रजातान्त्रिक गतिविधिको सुरुवात भएको धेरै भएको छैन । बाइसे–चौबिसे भनेर चिनिने स–साना राज्यलाई एकीकरण गर्दै गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले आजको नेपाल निर्माण गरेका हुन् । वि.सं. १९२४–२६ मा काठमाडौँं उपत्यकाका मल्ल राजालाई पनि पराजित गरेपछि उनले काठमाडौँलाई एकीकृत नेपालको राजधानी बनाएका थिए । पृथ्वीनारायण शाह पछिका उनका उत्तराधिकारीका रूपमा १२ जना शाहवंशीय राजाको शासनपछिको डेढ दशक लामो लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको अभ्यासमा छ अहिले नेपाल । वि.सं.२०६२–६३ को जनआन्दोलनमार्फत नेपालमा शाहवंशीय राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यसबाट लिनुपर्ने शिक्षा हो– प्रजातन्त्र र नागरिक अधिकार प्राप्तिका आगामी आन्दोलनमा यस प्रकारको र यति धेरै नागरिक जीवन क्षति हुनु हुँदैन वा नागरिकको जीवन हरण हुनु हुँदैन । त्यसका साथै अहिलेसम्म भएको बलिदानको सम्झना र सम्मानमा पनि हामी चुक्नु हुँदैन । तिनका परिवार वा आश्रितको संरक्षण पनि राज्यको प्राथमिकतामा पर्नुपर्छ ।नेपालमा वि.सं. १९९० को दशक आसपासदेखि मात्र राणा शासनको विरोधमा गुप्त तथा सङ्गठित रूपमा राजनीतिक अर्थात् प्रजातान्त्रिक आन्दोलनका गतिविधि सुरु हुन थालेका थिए । वि.सं. १९९० को दशकभन्दा पहिले राजपरिवारभित्र आन्तरिक कलहका कारण भएका हत्या हिंसाका केही घटनालाई छोडेर त्यस यताका दिनमा मात्र भएका राजनीतिक आन्दोलनका घटनाको गणना गर्ने हो भने पनि त्यसक्रमा आजसम्म ठूलो सङ्ख्यामा देशले मानवीय क्षति बेहोरेको छ । वि.सं. २००७ मा राणा शासन विरोधी आन्दोलनले सफलता पाएको फागुन ७ गतेको दिनलाई सरकारले राष्ट्रियस्तरमा नै प्रजातन्त्र दिवसका रूपमा मनाउने परम्परा छ । प्रजातन्त्र वा राजनीतिक स्वतन्त्रता र नागरिक अधिकारका लागि आवाज उठाउनेहरूमाथि भएको दमनमा तत्कालीन सरकारले नियन्त्रणमा लिएर वा दोहोरो भीडन्तमा जीवन गुमाएकालाई राजनीतिक पार्टी तथा नागरिक समुदायले पनि शहीद मान्ने परम्परागत मान्यता छ । यसो त नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेको नेपाली बृहत् शब्दकोशमा उल्लेख भएअनुसार शहीदको परिभाषा यस्तो छ– आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षणका तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति । यसरी प्रजातन्त्र वा राजनीतिक स्वतन्त्रता र नागरिक अधिकारका लागि आवाज उठाउने क्रममा अथवा नेपालको प्रजातान्त्रिक आन्दोलनमा हालसम्म जीवन बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति के कति छन् ? के ती सबैको हामीले अभिलेख राखेका छौँ ? उनीहरू सबैको राज्यस्तरमा सम्झना र उचित सम्मान भएको छ कि छैन ? त्यसको साझा मापदण्ड र वर्गीकरणका आधार के के हुन् ? राज्यले गौरव गरेका शहीदका परिवार र तिनमा आश्रितको अवस्था र तिनको अनुभूति कस्तो छ ? तर यस्ता कतिपय प्राथमिकताको निर्धारण भने अझै हुन सकेको छैन । माथि पनि उल्लेख भएको छ, नेपालमा प्रजातान्त्रिक वा नागारिक अधिकारको सङ्गठित आन्दोलन वि.सं. १९९० को दशकको आसपासबाट भएको थियो । त्यसरी राणा शासनको विरोधमा सुरु भएका सङ्गठित प्रयासमा चर्खा प्रचार, लाइब्रेरी, गोर्खा लिग, प्रचण्ड गोर्खा र नेपाल प्रजा परिषद् हुँदै अगाडि बढेको हो । यही पृष्ठभूमिमा हामीले अहिलेसम्म इतिहासको औपचारिक अध्ययनबाट थाहा पाएको बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति हुन् शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ । उनीहरूलाई वि.सं. १९९७ को माघ महिनाका विभिन्न भिन्ना भिन्नै दिनमा तत्कालीन राणा सरकारले निरङ्कुश राणा शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा लागेका कारण मृत्युदण्ड दिइएको थियो । तर यसभन्दा पहिलेका केही घटनामा पनि लोकहितमा लागेका कारण जीवन बलिदान भएका वा जीवन हरण गरिएको अनौपचारिक इतिहास छ । वि.सं. १९३३ फागुन २ गते राणा सरकारले लखन थापासमेत सात जनालाई झुन्ड्याएर गोर्खामा मृत्युदण्ड दिएको थियो । थापालाई मृत्युदण्ड दिएको १२५ वर्षपछि वि.सं. २०५६ मा तत्कालीन सरकारले उनलाई शहीदको घोषणा गरेको थियो भने शहीद घोषणा गरेको १६ वर्षपछि २०७२ मा आएर नेपाल सरकारको तर्फबाट लखन थापालाई नेपालको पहिलो शहीद घोषणा गरिएको छ । तर थापाभन्दा २७ वर्ष पहिले नै वि.सं. १९०६ मा आछाममा सरकारी सुराकीहरू लगाएर मारिएका बलदेव शाह (बाका विर) लाई नेपालको पहिलो शहीद मानिनुपर्ने आवाज पनि उठ्न भने थालेको छ । नेपालमा खासगरि राज्यले औपचारिकता पु¥याएर अर्थात् अदालतको फैसलामार्फत वा घोषणा गरेर मृत्युदण्ड दिएको घटनामा पहिलो वि.सं. १९९७ मा मृत्युदण्ड दिइएका माथि उल्लेख ४ शहीद हुन् । त्यसपछि वि.सं. २०२० माघ १५ गते दुर्गानन्द झालाई पनि सरकारले अदालतको आदेशमार्फत नै मृत्युदण्ड दिएको थियो । पञ्चायतकालमा भीमनारायण श्रेष्ठ, यज्ञबहादुर थापालाई पनि मृत्युदण्ड दिएको थियो । त्यसबाहेक सरकारी हिंसामा परेर जीवन बलिदान भएका अन्य घटनामा वि.सं. २०१० को डडेलधुरामा मारिएका भीमदत पन्त, २०३१ को टिम्बुरबोटे घटनामा मारिएका १३ जना, २०३५ मा झापा र इलामको सिमानामा पर्ने जङ्गलमा मारिएका पाँच जना, धनकुटाको छिन्ताङ, सिन्धुपाल्चोकको पिस्कर आदि घटना चर्चित छन् । अहिलेसम्मको नेपालको प्रजातान्त्रिक आन्दोलनले १२ हजारभन्दा धेरै नागरिकले जीवन गुमाइसकेका छन् । गृह मन्त्रालयको पछिल्लो अभिलेखानुसार १२ हजार १९७ जना शहीद सूचीकृत भएका छन् । त्यसरी सूचीकृत गरिएकामा वि.सं. २०४८ मा तत्कालीन सरकारले गरेको घोषणामा पनि तिनै चार जना शहीदको नाम पहिलो पङ्क्तिमा छ, जसलाई वि.सं. १९९७ मा मृत्युदण्ड दिइएको थियो । तर यिनै चार जना शहीदलाई राजा त्रिभुवनले पनि वि.सं. २०१० माघ १६ गते प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गरेकोमा शहीदको सम्मान प्रदान गर्नाका लागि लालमोहर लगाएका थिए । हालसम्म नेपाल सरकारले ७१ पटक शहीद घोषणासम्बन्धी निर्णय गरेको छ । त्यसरी गरिएको घोषणामा ५० पटक भने एक जनाका सम्बन्धमा मात्र निर्णय गरिएको छ । त्यसपछिका अन्य निर्णयमा १०, १२, १६, २२, २४, ५१, ८७, १९०, २९७ जनालाई वि.सं. २०४८ पछिका विभिन्न मितिमा शहीद घोषणा गरिएको छ । यसरी गरिएका ठूलो सङ्ख्याको निर्णयमा वि.सं. २०६५ पौष ९ मा छ हजार ९४६ जनालाई शहीद घोषणा गरिएको छ ।सरकारले सबैभन्दा पछिल्लो पटक गरेको शहीद घोषणासम्बन्धी निर्णय भने वि.सं. २०७७ चैत २३ गतेको हो । यसमा वि.सं. २०४४ सालमा झापामा प्रहरीको गोली लागेर मारिएका लक्ष्मी पाण्डेसमेत छन् तर शहीदको यतिलामो सूचीमा विभिन्न समयमा भएका आन्दोलनमा बेपत्ता पारिएका वा बेपत्ता भएका र वर्षांैदेखि हालसम्म पनि बेखबर रहेका करिब एक हजार जना भने समेटिएका छैनन् । राणा शासनको पृष्ठभूमिबाट सुरु भएको राज्यको नियन्त्रणमा लिएर होस् वा अन्य दमन–हिंसामा नागरिकले जीवन बलिदान गरेका प्रमुख घटनामा वि.सं. २०४६ को जनआन्दोलन, २०५२ बाट सुरु नेकपा माओवादीको नेतृत्वमा भएको सशस्त्र विद्रोह, २०६२–६३ को जनआन्दोलन आदि हुन् । आजसम्मका यी सबै घटनामा भएको मानवीय क्षति अङ्कमा वा मूल्यमा गणना गर्न सकिँदैन र त्यसरी गणना हुँदैन पनि । तर यसबाट लिनुपर्ने शिक्षा हो–प्रजातन्त्र र नागरिक अधिकार प्राप्तिका आगामी आन्दोलनमा यस प्रकारको र यति धेरै ठूलो नागरिक जीवन क्षति हुनु हुँदैन वा नागारिकको जीवन हरण हुनुहुँदैन । त्यसका साथै अहिलेसम्म भएको बलिदानको सम्झना र सम्मानमा पनि हामी चुक्नु हुँदैन । तिनका परिवार वा आश्रितहरूको संरक्षण पनि राज्यको प्राथमिकतामा पर्नुपर्छ । तर अहिलेका हाम्रा कतिपय गतिविधि हेर्दा के देखिन्छ भने हामी खोलो त¥यो लौरो बिर्सियो मात्र गरिरहेका छौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि राष्ट्रिय सहमतिको कुरा पछिल्लो समयमा निकै जोडतोडका साथ उठाउनुभएको छ । उहाँले त राष्ट्रपतिमा समेत राष्ट्रिय सहमति कायम हुने कुरालाई पटक पटक उठाएर राजनीतिक दलको मात्र होइन, नागरिकको ध्यानसमेत खिच्नुभएको छ ।
जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँपालिकाको वडा नं.– ९ मा पर्ने कालै क्षेत्र र सोरुकोट जोड्न पुल जीर्ण बनेपछि स्थानीयलाई समस्या भएको छ । जीर्ण अवस्थाको पुल मर्मत नहुँदा वर्षो देखि स्थानीयवासी आवतजावतमा सास्ती व्यहोर्नु परेको छ ।
नोदनाथ त्रितालद्वारा लिखित पुस्तक ‘त्रिभुवन विश्वविद्यालयमा सूचनाको हक’को विमोचन गरिएको छ । त्रिवि कानुन सङ्कायका डिन प्राध्यापक डा. कृष्णप्रसाद बस्याल, नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डा. डीएन पराजुली र राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको हो ।