शिवजीलाई प्रार्थना गर्दा ‘ध्यायेन्नित्यं महेशंरजतगिरिनिभं चारुचन्द्रावतंसं । रत्नाकल्पोज्ज्वलाँगं परशुमृगवराभीतिहस्तं प्रसन्नम् ।। पद्यासीनंसमन्तात्स्तुतममरगणैव्र्याघ्रकृतिंवसानं । विश्वाद्य. विश्ववीजं निखिलभयहरं पन्चवक्त्रम् त्रिनेत्रं’ ।। यस्तो मन्त्रले शिवजी छिटो प्रसन्न हुनुहुन्छ ।
पहिलो प्रहरमा शिवजीको पूजामा पान, नरिवल, अर्घ, श्रीफल, सेल, पुरी पक्वान्न हुन् भने शिवका प्रमुख ८ नाम भव, सर्व, रुद्र, पशुपति, उग्र, महत, भीम र ईशानको स्मरण गर्दै अङ्कुश मुद्रा, मत्स्य, धेनु, शङ्ख, योनि, लिङ्ग, ध्यान, ज्ञान, शाम्भवी, वर, अभय, नमस्कार, खट्वाँग, धनु, पद्म, महामुद्रा तथा साष्टाङ्ग मुद्रा देखाउनुपर्छ र सकेसम्म भजन कीर्तन पनि जरुरी हुन्छ, निर्मल जलले पूर्णता दिइन्छ ।
वर्षभरिमा प्रमुख चार रात्रि छन् । श्रीकृष्णष्टमीको रात्रि मोह रात्रि हो, देवीको दशैँ रात्रि कालरात्रि हो भने लक्ष्मीपूजाको तिहार रात्र सुख रात्रि अनि शिव आराधनाको फाल्गुण कृष्ण त्रयोदशीको रात्रि भने शिवरात्रि हो । अन्यन्य देवलाई देवता मात्रै भनिने र जहिले अजन्मा रहने ठूला देवतालाई महादेव भनिन्छ । पन्चमुखी स्वप्राकाट्य शिवलिङ्गको प्रतीक पशुपतिनाथ विश्वमा अन्यत्र छैन, केवल हाम्रो भूमि काठमाडौँमा छ र सबै हिन्दुका लागि हाम्रो भूमि एक मात्र पवित्र तीर्थस्थल, गन्तव्यस्थल र मुक्तिस्थल बनेको छ । यहाँ शिवरात्रि पर्व धूमधामका साथ मनाइन्छ र यो पर्व यसपालि फागुन ६ गते परेको छ ।
शिव तत्त्व बुझ्न पहिले शिवपुराणमा प्रवेश गर्नुपर्छ । शिव पुराण वेदान्तको सार हो, मानव सर्वस्व हो, शिवपुराणले मानिसका सबै किसिमका पाप नाश गर्छ । मानव मात्रको उद्धारक हो, शिवपुराण ! कलिको कल्मषलाई हटाउँछ, आचारहीन मनुष्यलाई पनि सद्गति प्रदान गर्छ, धर्म, अर्थ, काम र मोक्ष चाहनेले शिव तत्त्वमा प्रवेश गर्नुपर्ने हुन्छ । चार किसिमका पुरुषार्थ शिवतत्वबाट नै प्राप्त हुन्छ ।
सबै देवताको मूर्तिमा पूजा हुन्छ । परन्तु शिवजीको मूर्ति वा लिङ्गमा हुन्छ । यो शङ्का भने महादेवभन्दा अरूले निवारण गर्न सक्तैनन् । शिवजीलाई दुई रूपबाट चिन्तन गर्न सकिन्छ । सगुण साकार रूप र निर्गुण निराकार रूप ! निराकार भएकाले शिवजीको शिव लिङ्गमा पूजा हुन्छ ।
मूल शिवपुराणको श्लोक सङ्ख्या एक लाखको छ । अघिल्लो युगमा व्यासजीले यसलाई २४ हजार श्लोकमा संक्षेपीकरण गरिदिनुभयो । पुराणको क्रम सङ्ख्यामा यो चौथो हो, यसमा सात संहिता छन् । पूर्व कालमा पुराण एउटै थियो, एक सय करोडको, शिवजीले प्रतिपादन गर्नु भएको ! सृष्टिको उषाकालमा यो एउटा विशाल साहित्यको भण्डार थियो । साहै्र विस्तृत पनि थियो । द्वापरयुगमा व्यासजीले यो विशालतम साहित्यग्रन्थलाई १८ भागमा विभाजित गरिदिनुभयो । अव पुराणहरूको श्लोक सङ्ख्या चार लाखमा सीमित भयोे । यसमध्ये शिवपुराणको श्लोक सङ्ख्या केवल २४ हजार मात्र छ । अन्य पुराणभन्दा शिवपुराण उत्कृष्ट गतिदाता हो । जीवमात्रको उपकारक, त्रिविध तापनाशक, तुलनारहित अतुलनीय छ यो ! सत्पुरुषलाई यसले कल्याण दिन्छ, वेदान्त र विज्ञानमय छ भक्ति प्रधान छ, निष्काम भावयुक्त छ । ईष्र्यारहित बनाउँछ व्यक्तिलाई यसले ! शिव तìव, शिव मर्म, शिव धर्म, प्रणव मन्त्रको सङ्कलन हो यो । धर्म, अर्थ, काम, मोक्षको साधन हो । जो आदरपूर्वक पढ्छ, सुन्दछ ऊ परमगतिमा प्राप्त हुन्छ । शिवपुराण भक्ति, ज्ञान र वैराग्यको त्रिवेणी हो । ऋषि महर्षिहरूलाई प्रयोगमा सुतजी शिवतìव सुनाउनु हुन्छ । सम्पूर्ण रोग, राग, शोकबाट टाढा राख्ने शिवमहिमा, शिवपुराण, सद्वस्तु हो, सदगति दिने सर्वस्व नै हो ।
शिवरात्रि र प्रहर पूजा
शिव पुराण कोटी रुद्रसंहितामा श्रीशिव स्वयंको भनाइ छ– मानव जीवन भुक्ति र मुक्तिका अनकौँ व्रत छन् । मेरो पूजा प्रार्थनाका लागि अष्टमी, सोमबार, कृष्णपक्षको चतुर्दशी अझ बढी महत्वपूर्ण छन्, त्यसमा पनि शिवरात्रि पर्वको महत्ताबारे स्वयं शिवभन्दा बाहेक अरूले बताउनै सक्दैनन्, अक्षय पुण्य चाहनेले केवल एक दिनको सो पूजाले पनि अमरताको बल प्राप्त गर्न सक्छ ।
कसरी गर्ने पूजा ?
प्रथमतः स्नान, सङ्कल्प, दीप, कलश, गणेशको पूजा, त्रिपुण्डक बा रुद्राक्षको माला धारण, चार प्रहरको पूजामा सके ब्राह्मण, कन्या, भोजनादि विषय, ज्योतिर्लिङ्ग, शिवालय वा पार्थिव शिवलिङ्ग स्थापना गरेर प्राण प्रतिष्ठासहित सगुण वा निर्गुण शिवको प्रतिमा पूजा गर्नु पर्छ । ॐ नमः शिवायको मन्त्र घटीमा १०८ पल्ट जप्दै पश्चिममा सद्योजात, उत्तरमा वामदेव, पूर्वमा तत्पुरुष, दक्षिणमा अघोर, अनि ऊध्र्व मुख इशानेश्वरको पूजा गर्ने, जे अर्पण गरिन्छ त्यसका अलग मन्त्रसहित चढाउने गरिन्छ । अखण्डित अक्षता, सुगन्धित चन्दन, अगरु, वेलपत्र, तिल, करबीर, अर्कपुष्पलगायत अन्य पूmलमाला चढाउनुपर्छ । शिवको प्यारो वस्तु हो गाँजा, भाङ अर्पण गरिए पनि आफूले प्रयोग गर्नु हुन्न, हामीलाई त्यो पचाउने शक्ति छैन ।
पहिलो प्रहरको पूजा साँझ ६ बजेतिर हुन्छ भने दोस्रो प्रहरको समय रातको ९, तेस्रो प्रहरको समय रातको १२ बजे र चौथो प्रहर भनेको बिहानीपखको ३ बजे हुन्छ । पहिलो प्रहरमा शिवजीको पूजामा पान, नरिबल, अर्घ, श्रीफल, सेल, पुरी पक्वान्न हुन् भने शिवका प्रमुख ८ नामहरू भव, शर्व, रुद्र, पशुपति, उग्र, महत, भीम र ईशानको स्मरण गर्दै अङ्कुश मुद्रा, मत्स्य, धेनु, शङ्ख, योनि, लिङ्ग, ध्यान, ज्ञान, शाम्भवी, वर, अभय, नमस्कार, खट्वाँग, धनु, पद्म, महामुद्रा तथा साष्टाङ्ग मुद्रा देखाउनुपर्छ र सकेसम्म भजन कीर्तन पनि जरुरी हुन्छ, निर्मल जलले पूर्णता दिइन्छ ।
दोस्रो प्रहरको पूजामा पूजासामग्री उनै हुन्छन् नैवेद्यमा खीर, कगतीको रस, २१६ पटकको नम शिवायको मन्त्र आवश्यक हुन्छ । तेस्रो प्रहरमा अतिरिक्त जौ वा गहुँको सामग्री परिकार, पुवा, माल्पुवा, सागसब्जी, कपुरको आरती, अनारको रस र मन्त्र ४३२ पटक जप्नुपर्छ । र, चौथो प्रहरको पूजामा सप्तधान्य भनौँ जौ, गहुँ, मुग, मास, कागुनु, चनाका अतिरिक्त नैवेद्यमा मासको बारा, मुगका सामग्री, केरा, ऋतुअनुसारका फल, भेटीसहित ८६४ पल्ट नमः शिवायको मन्त्र जप गर्नुपर्छ । यसरी रातभरि पूजा गर्दै बिहान सूर्योदयपछि शिवको पूजा स्नान अनि प्रसाद ग्रहण गरिन्छ । पार्थिव शिव भए बिसर्जन गरिरहनु नपर्ने, स्थापित प्राण प्रतिष्ठाको भए क्षमा याचना गर्दै व्रतको उद्यापन तिथि जुराएर तर्नुपर्छ । भोलिपल्ट औँसीका दिन नन्दी बाहनसहित शिव दम्पतीको पूजा होमादि कर्म, कन्या, ब्राह्मण, सन्न्यासी, योगीहरूलाई भोजन, दक्षिणासहितको बिदाइले श्रीशिव खुसी हुनुहुन्छ । कायिक, वाचा वा मनसा आपूmबाट भएका पापकर्मको प्रक्षालन होस् भन्दै श्रीशिवप्रति करुणा जाहेर गर्नुपर्छ, भक्ति अर्पण गर्नुपर्छ । सकेसम्म व्रतिले चोखो आसनमा उत्तर पूर्व फर्केर पूजा गर्नु पर्छ, नजिक सबै सरसामग्री, पूजाभाँडा कर्मपात्र, शङ्ख, घण्ट, डमरु आदि हुनुपर्छ । पूजा गर्दा कुल परम्परा, गुरु स्मरण गणेश एवं कार्तिकेयको पूजा सभक्ति गर्नुपर्छ । शिवजीलाई प्रार्थना गर्दा ‘ध्यायेन्नित्यं महेशंरजतगिरिनिभं चारुचन्द्रावतंसं । रत्नाकल्पोज्ज्वलाँगं परशुमृगवराभीतिहस्तं प्रसन्नम् ।। पद्यासीनंसमन्तात्स्तुतममरगणैव्र्याघ्रकृतिंवसानं । विश्वाद्य. विश्ववीजं निखिलभयहरं पन्चवक्त्रम् त्रिनेत्रं’ ।। यस्तो मन्त्रले शिवजी छिटो प्रसन्न हुनुहुन्छ ।
शिव लिङ्ग प्राकाट्यको रहस्य
नन्दीकेश्वर भगवान्ले सनत्कुमारको प्रश्नमा महादेवको निराकार स्वरूप शिव लिङ्गको प्रादुर्भावको प्रसङ्ग सुनाउनुहुन्छ । शिव लिङ्गको शिर भाग र फेद भाग पत्ता लगाउने बारे ब्रह्मा र विष्णुका बीच विवाद भएछ । विवादवाट देवतामा ब्याकुलता छाएछ, देवताहरूले कैलाशमा चन्द्रशेखर भोलेनाथको स्तुति गरेछन् । भोलेबाबा, ब्रह्मा र विष्णुको विवाद भएको ठाउँमा आएर भीषण शिव लिङ्ग अग्नि स्तम्भका रूपमा प्रकट हुनु भएछ र यसको शिर भाग र फेदको पत्ता लगाउनु भन्ने आदेश भएछ । अग्नि स्तम्भको गहिराइ र उचाइ नाप गर्न अर्थात् दुवैले प्रयास गर्दा थाकेर ब्रह्मा र विष्णुले मिलेर शिवलिङ्गको पूजा गर्नुभयो । हार, नुपुर, केयुर, कीरिट, मणिमय कुन्डल, जनै, उत्तरिया वस्तु, पुष्पमाला, रेशमीवस्तु, मुद्रिका, पुष्प, ताम्बुल, कपुर, चन्दन, धुप, दीप, स्वेतछत्र, ध्वजा, चामर अन्यान्य दिव्य उपहार अर्पण गरी पूजा भयोे । बद्धजीवलाई पशु र यसको मालिकलाई पशुपति भनिन्छ । शिव प्रसन्न भई तपाईंहरूले आज मेरो पूजन गर्नुभयो, सर्वप्रथम ! तपाइहरूबाट म निकै प्रसन्न भएँ । आजको दिन महान् दिन हो, आजको तिथि शिवरात्रिको नामले विख्यात भएर सबैका लागि प्यारो हुन्छ । जसले आजको दिन पर्व पारेर मेरो पूजा विशेष किसिमले गर्छ, उसले सिद्धि प्राप्त गर्छ । सृष्टिदेखि पालन गर्नेसम्मको काम अब तपाईंहरू ब्रह्मामा र विष्णुले गर्न सक्नुहुन्छ । शिवरात्रिमा निराहार व्रत राख्नाले जितेन्द्रीय भएर शक्तिअनुसार पूजा गर्नाले, ठूलो पुण्य मिल्छ । शिव लिङ्ग प्राकाट्य भएको समय भने मङ्सिर महिना शुक्लपक्ष, पूर्णिमा तिथि, आद्रा नक्षत्र हो । जसले मङ्सिर महिनामा आद्रा नक्षत्रले युक्त दिनमा पनि पार्वतीसहित मेरो दर्शन गर्छ वा मेरो मूर्तिमा, लिङ्गमा पूजा गर्छ, त्यो मेरो पुत्र गणेश, कुमारभन्दा पनि प्यारो हुन्छ ।
लिङ्गमा नै पूजा किन ?
सबै देवताको मूर्तिमा पूजा हुन्छ । परन्तु शिवजीको मूर्ति वा लिङ्गमा हुन्छ । यो शङ्का भने महादेवभन्दा अरूले निवारण गर्न सक्तैनन् । शिवजीलाई दुई रूपबाट चिन्तन गर्न सकिन्छ । सगुण साकार रूप र निर्गुण निराकार रूप ! निराकार भएकाले शिवजीको शिव लिङ्गमा पूजा हुन्छ । शिव लिङ्ग शिवको निराकार स्वरूप हो । शिवको साकार स्वरूप उनको स्वरूप मूर्ति हो । अङ्ग आकारले युक्त साकार हो भने अङ्ग आकारले रहित निराकार हो । यसै कारणले मानिस निर्गुण वा सगुणको स्वरूप पूजा गर्छन् । शिव बराबरका आत्म देवता अर्का छैनन् । अघि सनत्कुमार र भगवान् नन्दीश्वरका बीच यस्तै वार्ता भएको थियो । निस्पाप सनत्कुमारलाई नन्दीश्वरले भन्नु भएको थियो । शिव लिङ्ग स्वयं ब्रह्मा स्वरूप हो, यो गोपनीय विषय हो । परन्तु शिव भक्त भएकाले मैले यहाँलाई श्रवण गराएको हुँ भन्नुभएको छ नन्दीश्वरले !