सहरी विकासमन्त्री विक्रम पाण्डेले विकास निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीलाई गुणस्तरीयतामा ध्यान दिएर काम गर्न आग्रह गर्नुभएको छ । निर्माण व्यवसायी सङ्घ चितवनको भरतपुरमा शुक्रबार २९औँ
झापाको बिर्तामोड ७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
डोटीमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको केआई गाउँपालिका १ लोलीमा सुप. प्र. ०१२३००१ च ३३२९ नम्बरको जिप दुर्घटना भएको हो ।
नेपाली भाषा
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दैआएको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले धर्म, संस्कार, संस्कृतिले नेपालीकाबीच आपसी सद्भाव, भाइचारा कायम गर्दै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आइरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाड–पर्वहरू सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्द्रताका धरोहर भएको उल्लेख गर्नुभएको छ ।
आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शनिबार (आज) देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।
तामाङले मीतलाई बास र थलो दिएर राखेका गुरुङका चालीस परिवार । तिनै परिवारका नाममा गाउँको नाम रह्यो चालीस । धादिङ जिल्ला रुबीभ्याली गाउँपालिका–४ को गुरुङबस्ती जातीय, भाषिक, धार्मिक र सांस्कृतिक अध्येताका लागि नमुना गाउँ मानिन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवानाको रकम माफी मिनाहा भएको छ।
आफ्ना ग्राहकहरूलाई एउटै मञ्चबाट विविध सुविधा उपलब्ध गराउने क्रममा हाम्रो पात्रोले शुक्रबार आर्थिक कारोबारलाई सहज बनाउन ‘हाम्रो पे’ सार्वजनिक गरेको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चारमाध्यम टिक्न नसकिने बताउनुभएको छ । शुक्रबार काउन्सिलले नयाँ दर्ता भएका अनलाइन सञ्चार माध्यमका सञ्चालकका लागि गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले सो कुरा बताउनुभएको हो । अधिकांश अनलाइन माध्यमहरुमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुलाई निर्देशन दिनुभएको छ । अनेरास्ववियूको नवनिर्वाचित केन्द्रीय कमिटीलाई शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शपथग्रहण गराउनेक्रममा उहाँले सो निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।