कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन भएको महिना दिन बितिसक्यो । मन्त्रिपरिषद्ले पूर्णता पाइसक्यो तर प्रदेश सभा बिजनेसको पर्खाइमा छ । माघ ६ यता प्रदेश सभा बैठक बसेको छैन ।
व्यास गाउँपालिकाको मालगाउँ र मलघट्टेमा नेपाल–भारत जोड्ने दुईवटा झोलुङ्गे पुल सञ्चालनमा आएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी रीना जोशीले दुईवटै पुलको बिहीबार संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । नेपाल सरकारले मलघट्टेमा १२० मिटर लामो र मालघाटमा १४० मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो ।
कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्न यस्तो नियम बनाइएको हो । पालिकाका छवटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआराधना एवम् दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
चलचित्र ‘छक्का पञ्जा ४’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । गुण्डागर्दीदेखि नेतासम्मको राजा नामको चरित्रको यात्रालाई ट्रेलरमा देखाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ट्रर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका चिया एन्ड कफी, लस्सी, जुुसलगायतका उपभोग्यवस्तुु बिक्री गर्ने पसलहरूले देश भित्रिने र बाहिरिने यात्रुसँग मनपरी शुुल्क लिने गरेका छन् । यो ठाउँमा गएर जाने वा आउने यात्रुले चिया वा कफी जुस वा कुुनै वस्तुु किन्नुप¥यो भने बाहिरभन्दा तेब्बरसम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने ससर्त अनुुदानका आधार सिफारिस गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हल्ला नभई काम गरेर देखाउनुपर्ने बताउनुभएको छ । दक्षिण एसियाको पहिलो नमुना सामुदायिक होमस्टे सिरुबारीको रजत जयन्ती समारोहमा मन्त्री किराँतीले यस्तो बताउनुभएको हो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संविधान विरोधीलाई परास्त गर्दै सङ्घीयता देशको आवश्यकता हो भन्ने आभाष दिलाउने गरी संसद्मा भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिनुभएको हो ।
दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा रहेको कुटीडाँडा माध्यमिक विद्यालयले अभिभावकबाट आमा समूह गठन गरेको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गर्नुभएको छ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशस्तरीय ‘मिसन ग्रासरुट’ एकदिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आउनुभएका नेकपा (एमाले)का उपाध्यक्ष पौडेलले पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै यस्तो दाबी गर्नुभएको हो।
भरतपुरमा निर्माणाधीन योजनाहरू इन्जिनियरिङ अध्ययनरत विद्यार्थीका लागि प्रयोगात्मक केन्द्र बनेका छन्। भरतपुर महानगरपालिकामा राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणाधीन रहेका छन्।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेकोले यो कुनै पनि बेला जता पनि मोडिन सक्ने स्थितिमा रहेको बताउनुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ तीन दिनसम्म मनाउन तीनवटै तहलाई आग्रह गरेको छ । मन्त्रालयले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभा