जुम्लामा ग्यास लिक हुँदा (चुहिँदा) एक घरमा आगलागी भएको छ । शनिबार चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित मेघराज न्यौपानेको तीनतले घरको भूइँतल्लामा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्याङ्कनमा मदाने पहिलो भएको हो।
काठमाडौं महानगरपालिकाले ऐतिहासिक ढुङ्गेधाराको संरक्षण र भूमिगत पानी पुनःभरणका लागि अध्ययन अघि बढाएको छ । कामपाले उक्त कार्य वडा नं. १५ बाट सुरु गरिसकेको छ ।
उद्योगी व्यवसायीहरुले सुरक्षाको प्रत्याभूति दिलाउन रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखसँग माग गरेका छन् । उनीहरुले पछिल्लो समय चोरी डकैतीका घटना बढेकाले सुरक्षा प्रदान गर्न माग गरेका हुन् ।
यती एयरलाइन्सले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको दिवङ्गत आत्माको शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा तीनदिने महायज्ञ सम्पन्न गरेको छ ।
सिमकोट गाउँपालिका –५ स्थित सिमसार क्षेत्रमा रहेको रङ्गशालामा निर्माण भइरहेको प्यारापिटको निर्माण कार्य अलपत्र परेको छ । सो प्यारापिट निर्माणका लागि पहिलो वर्ष बजेटको ब्यवस्था भए पनि त्यसयता बजेटको ब्यवस्था हुन नसक्दा निर्माण कार्य रोकिदै आएको हो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति चयन प्रक्रिया सकिएपछि मुलुकले नयाँ गति लिने बताउनुभएको छ। शुक्रबार साँझ झापामा मएको पत्रकार भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो।
जिल्ला अस्पताल कालीकोटबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकि सुत्केरी महिलाको नौ दिनपछि आज निधन भएको छ। तिलागुफा नगरपालिका ७ कि ३४ वर्षीया नन्दा विष्ट रावतको अत्यधिक रक्तश्राप भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादवले लुम्बिनी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र रहेको बताउनुभएको छ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
हिन्दुका आराध्यदेव शिवको विशेष पूजा आराधना गरेर मनाइने शिवरात्रीको अवसरमा शनिबार महोत्तरीको प्रसिद्ध शिवालयमा दर्शनार्थीको भीड लागेको छ।
उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले दमक र आसपासका पालिकाको समेत प्रमुख समस्याको रुपमा रहेको रतुवा खोला नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको छ । उहाँले खोलाको कटान क्षेत्र र भइरहेको तटबन्धनको निरीक्षण गर्दै सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको एकल अधिकारका आयोजनालाई ससर्त अनुदान नदिन सरकारलाई सिफारिस गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले बनाउन लागेको बजेटका सन्दर्भमा आयोगले यस्तो सिफारिस गरेको हो ।
लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री इन्द्रजीत थारुले शिक्षा क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकास असम्भव रहेको बताउनुभएको छ।
रेनाशा राई राणाले निर्देशन गर्नुभएको फिल्म 'ज्याकीः आई एम ट्वान्टी वान'को फस्टलुक भिडियो सार्वजनिक भएको छ ।