उता छिमेकी मुलुक भारतमा अङ्ग्रेजहरूको जगजगी थियो, यता हाम्रोमा राणा शासन थियो । शासन भन्नु के भन्नु, शासनको नाममा जनतामाथि अन्याय थि
१०४ वर्षीय जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र घोषणा भएको दिन २००७ साल फागुन ७ गतेको दिनलाई राष्ट्रिय प्रजातन्त्र दिवसका रूपमा मनाइँदै आएको छ ।
राज्यको एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) आज ६२औँ वर्षमा प्रवेश गरेको छ । निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते रासस स्थापना भएको हो ।
कवि मोहन हिमांशु थापाको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीबार ललितपुरको नखिपोटस्थित आफ्नै घरमा उहाँको निधन भएको हो ।
नेपाल समाचार समिति युगमा वि.सं. २०१६ मा प्रवेश गरेको हो । त्यसअघि नेपालमा पत्रपत्रिका र रेडियो सञ्चालनमा थिए । रेडियो नेपाल वि.सं. २००७ देखि नै नेपालीको सेवामा हाजिर थियो भने गोरखापत्र दैनिकले आधा शताब्दीभन्दा लामो समयदेखि सूचना सेवा दिइरहेको थियो ।नेपालमा सबभन्दा पहिले गोपालदास श्रेष्ठ, गोविन्द वियोगी, मदन शर्मा, इन्द्रकान्त मिश्र, उमाकान्त दास, गणेश मानन्धर, रामसिंह राजपूत आदिको प्रयासले २०१६ पुस १ गते ‘नेपाल संवाद समिति’ खडा भयो । यस संवाद समितिले नेपाली पत्रपत्रिकालाई मासिक ५० रुपियाँ तथा विदेशी पत्रपत्रिकाका निम्ति वार्षिक भारु १०० मा समाचार दिने गरेको थियो । त्यसपछि पशुपति पाण्डे, मणिन्द्रराज श्रेष्ठ, शङ्करनाथ शर्मा आदिद्वारा २०१७ वैशाख ३० गते सगरमाथा संवाद समिति नामक एउटा अर्को संवाद समिति खोलियो । स्वदेशी पत्रपत्रिकाका निम्ति नेपाल संवाद समितिले भन्दा मासिक १० रुपियाँ कम तथा अरूलाई त्यही भाउ राखी यसको समाचार सेवा वितरित गरियो । दुवै संवाद समितिद्वारा आफ्नो उद्घोषित नीतिमा ‘निष्पक्षतापूर्वक समाचार सङ्कलन एवं वितरण’ भन्ने कुरो उल्लेख गरिएको थियो । श्री ५ को सरकारले दुवैलाई मासिक ३०० रुपियाँका दरले आर्थिक सहयोग दिएको थियो, नेपाल संवाद समितिको सुरुवातबारे आफ्नो पुस्तक पत्रकारितामा रामराज पौड्यालले उल्लेख गर्नुभएको छ । “विशेषतः त्यतिखेर नेपालका पत्रिकामा दुई स्पष्ट धार देखिएको थियो । कोही भारतीय पक्षधर थिए भने कोही भारतका विरोधी थिए । एउटा यो पनि कारण थियो दुईवटा समाचार समिति जन्माउनुमा । यो राजनीतिक संवेदनशीलताभित्र पर्छ । सगरमाथा संवाद समितिले जन्म लिनुमा यो पनि एउटा कारण थियो । पत्रिका समाचार समितिका ग्राहक हुने र यसरी दुई भागमा बाँडिएपछि हामीले पनि अर्को पहल थालेका हौँ । म, पशुपतिदेव र शङ्करनाथजी भएर सगरमाथा संवाद समितिको गठन गर्यौँ । म त्यतिबेला (वि.सं. २०१६ मा) अङ्ग्रेजी भाषाको मदरल्यान्ड पत्रिका चलाउँथेँ । पछि सो संवाद समिति पनि त्यति राम्रोसँग चल्न सकेन । हुन त अघिल्लो संवाद समिति पनि त्यति चलेको थिएन किनभने प्रमुख समस्या आर्थिककै थियो । त्यतिबेलाको सरकारले पत्रिका र संवाद समितिलाई आर्थिक सहयोगस्वरूप पैसा दिने गर्दथ्यो तर पनि नियमित थिएन,” वि.सं. २०१७ वैशाख ३० गते स्थापित नेपालको दोस्रो समाचार समिति सगरमाथा संवाद समितिका संस्थापक मणिन्द्रराज श्रेष्ठले राससद्वारा प्रकाशित राससको इतिहास पुस्तकमा भन्नुभएको छ । नेपाल समाचार समिति युगमा वि.सं. २०१६ मा प्रवेश गरेको हो । त्यसअघि नेपालमा पत्रपत्रिका र रेडियो सञ्चालनमा थिए । रेडियो नेपाल वि.सं. २००७ देखि नै नेपालीको सेवामा हाजिर थियो भने गोरखापत्र दैनिकले आधा शताब्दीभन्दा लामो समयदेखि सूचना सेवा दिइरहेको थियो । प्रविधिको विकास र बिजुलीको अभावका कारण त्यस समय टेलिभिजन स्थापना हुन सक्ने अवस्था भने नेपालमा थिएन । त्यसैले मुलुकमा समाचार समितिको स्थापना हुनु पनि पत्रकारिता क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि नै थियो । नेपालका दुई संवाद समितिको स्थापनाका विषयमा उहाँहरूका यी तथ्य ऐतिहासिक र महत्वका छन् । राससको पृष्ठभूमि “वि.सं. २०१७ फागुन ६ गतेसम्म यी संवाद समितिहरूको सेवा नेपालका अखबारले पाए । त्यसपछि विश्वबन्धु थापाबाट उद्घाटन गरिएर रामराज पौड्यालको अध्यक्षतामा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणिन्द्रराज श्रेष्ठसहित तीन जनाको एउटा अस्थायी समिति (एड हक कमिटी)अन्तर्गत राष्ट्रिय संवाद समितिले काठमाडौँमा २०१८ फागुन ७ गतेदेखि संवाद सङ्कलन एवं वितरणको काम प्रारम्भ गर्यो । यसमा गैरसरकारी सदस्यको बहुमत थियो” रामराज पौड्यालले आफ्नो पुस्तकमा लेख्नुभएको छ । नेपालमा त्यस समय सञ्चालनमा रहेका दुई समाचार समिति नेपाल संवाद समिति र सगरमाथा संवाद समिति किन आपसमा गाभिएर नयाँ संवाद समिति रासस बन्नुपर्यो त भन्ने विषय उहाँले खासै उल्लेख गर्नुभएको छैन । यी दुवै समाचार समितिलाई मिलाएर सरकारको मातहतमा रहने गरी वि.सं. २०१८ फागुन ७ गते रासस स्थापनाको घोषणा भएको थियो । हुन त त्यस समयमा राजनीतिक परिवर्तन भइसकेको थियो । राजा महेन्द्रले नयाँ राजनीतिक पञ्चायती व्यवस्थाको स्वघोषणा गर्नुभएको थियो । नेपालको इतिहासमा पहिलो पटक सम्पन्न भएको आमनिर्वाचनपछि बनेको पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर उहाँले जबरजस्ती एकदलीय पञ्चायती व्यवस्था सुरु गर्नुभएको थियो । कुनै पनि देशको राजनीतिक परिवर्तनसँगै त्यस देशको पत्रकारिताको विकासक्रम र इतिहासमा पनि फेरबदल हुन्छ नै । सायद त्यसै भएर ती दुई निजी क्षेत्रमा सञ्चालनमा रहेका समाचार समितिलाई गाभेर रासस बनाइएको हुन सक्छ । आफैँ पनि आर्थिक समस्यामा परेका ती दुई समाचार समितिका बारेमा पनि उहाँहरूको अनुभव आएको थियो । एकातर्फ यो आर्थिक समस्या र अर्कातर्फ अब देशका मिडियाले पञ्चायती व्यवस्था र यस व्यवस्थाका कामको आलोचना पनि गर्न नपाइने व्यवस्था आएकाले स्वतन्त्र प्रेसको अभ्यास गर्न नपाउने अवस्था देखिएको थियो । खासमा यिनै परिस्थितिको गर्भबाट समाचार समितिको जन्मको भ्रूण उत्पत्ति भएको अनुमान गरिएको छ । रासस कसरी जन्मियो भन्ने विषयमा यसका संस्थापकमध्येका एक मणिन्द्रराज श्रेष्ठले भन्नुभएको छ, “यी दुवै संवाद समिति विघटन गरी वि.सं. २०१८ मा राष्ट्रिय संवाद समिति, रासस स्थापना गरिएको थियो । देशमा पञ्चायती व्यवस्था आइसकेको थियो । अघिको जस्तो प्रेस स्वतन्त्रताको अवस्था पनि थिएन । हामीले कुरा झिकेपछि राजालाई पनि झन् सजिलो भएको महसुस हामीलाई भयो । यसरी राससको स्थापना भयो । म र गोविन्द वियोगीजी दुई संवाद समितिबाट र रामराज पौड्याल सरकारका तर्फबाट नियुक्त भयौँ । वि.सं. २०१८ फागुन ७ गतेदेखि राससले सेवा प्रारम्भ गर्यो । यो एक मात्र र आधिकारिक संवाद समिति भयो सरकारी मातहतमा सञ्चालन हुने । अब यसका लागि कर्मचारी र बजेटको व्यवस्था पनि सरकारले नै गर्न थाल्यो । यसले नै संसद् (राष्ट्रिय पञ्चायत)को रिपोर्टिङ पनि गर्ने र सरकारी समाचारहरू एकद्वार प्रणालीबाट सम्प्रेषण हुने व्यवस्था भयो ।” यसै विषयको एक अन्तर्वार्तामा नेपालको पहिलो संवाद समिति, नेपाल संवाद समितिका संस्थापक गोविन्द वियोगीले भन्नुभएको थियो, “रासस स्थापनाको प्रस्ताव राजा महेन्द्रले नै राखेका हुन् । नेपालमा पहिलो संवाद समितिका रूपमा मलगायत केही साथीले पहल गरी नेपाल संवाद समितिको स्थापना गर्यौँ । यो समाचार समिति स्वतन्त्र रूपमा नै सञ्चालन भएको थियो । हाम्रो प्रमुख उद्देश्य देशका पत्रपत्रिकालाई समाचार उपलब्ध गराउनु नै थियो । देशमा वि.सं. २००७ मा प्रजातन्त्र स्थापना भएपछि निजी क्षेत्रमा पत्रपत्रिका प्रकाशनको काम रफ्तारमा जारी थियो । पत्रिकाको सहयोगीका रूपमा संवाद समितिको स्थापना हामीले गरेका हौँ । हामी नागरिक स्वतन्त्रताको अभियानमा थियौँ । नेपालमा सरकारी मातहतमा गोरखापत्र र रेडियो नेपाल सञ्चालित थिए । पञ्चायती व्यवस्थाको घोषणापछि सरकारले आफ्नो मातहतमा समाचार समिति पनि होस् भन्ने चाहेको हामीले महसुस गरेकै थियौँ । सरकारलाई आफ्नो विरुद्धका सूचना रोक्ने तथा सरकारी मिडियाबाट एकीकृत रूपमा सूचना सम्प्रेषण गर्ने चाह थियो । यसै पृष्ठभूमिबाट राससको जन्म भएको थियो ।” उहाँको यो कुरालाई तत्कालीन पञ्चायत तथा निर्देशन मन्त्री विश्वबन्धु थापाले पनि पुष्टि गर्नुभएको छ । राससको स्थापनाका विषयमा राससलाई दिनुभएको एक अन्तर्वार्तामा उहाँ भन्नुहुन्छ, “राष्ट्रिय संवाद समिति स्थापनाको पहल मैले नै गरेको थिएँ । सरकारी तथा निजी क्षेत्रसमेतका सूचना एकीकृत रूपबाट प्रवाह हुन् भन्ने नै संवाद समिति स्थापनाको उद्देश्य हो । २०१६-१७ सालतिरका दुईवटा समाचार समितिको सञ्चालन पनि त्यति प्रभावकारी हुन नसकेको अवस्था विद्यमान थियो । रेडियो नेपाल र गोरखापत्र सरकारी सञ्चारमाध्यमका रूपमा चलिरहेका र समाचार समितिलाई पनि सरकारी छाताभित्र ल्याई एकद्वार प्रणालीबाट सूचना प्रवाह गराउने अभ्यास सरकारले थालेको हो । सञ्चारसम्बन्धी मन्त्रीका हैसियतले मैले ती दुई संवाद समितिका सञ्चालक र राजा महेन्द्रका बीचमा संवादको भूमिका खेलेको हो । राजा महेन्द्र सरकारी तवरमा संवाद समिति सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने चाहमा हुनुहुन्थ्यो र मेरो सोच पनि त्यही थियो ।”उहाँको यस भनाइबाट पनि राजा महेन्द्र नै देशमा समाचार समिति स्थापना गर्ने र त्यसैमार्फत सूचना एकीकृत गरी सम्प्रेषण गर्ने योजनामा रहेको राम्रैसँग खुल्छ । त्यस अन्तर्वार्तामा उहाँले भन्नुभएको छ, “यसै क्रममा नेपाल संवाद समितिका गोविन्द वियोगीसँग यी दुवै समाचार समितिलाई मिलाएर एउटै समिति बनाई सरकारको पनि सहभागिता गराए कसो होला भन्ने प्रस्ताव मैले नै गरेँ । त्यस्तै सगरमाथा संवाद समितिका मणिन्द्रजीलाई पनि यही सोधेँ । उहाँहरू सकारात्मक नै पाएँ । ‘डेमोक्र्याट’हरू सुरुमै सहमत भए पनि वियोगीमा भने कम्युनिस्टको समाचार नआउने हो कि भन्ने डर देखिन्थ्यो । यो बुझेपछि मैले उहाँलाई बोर्डमा तपाईं नै बस्नोस् न भनी प्रस्ताव गरेँ । यसरी सजिलैसँग कुरा मिल्यो । आर्थिक रूपले गाह्रो परिरहेको अवस्थामा उहाँहरू सहमत भएपछि हामीले दरबारमा राजा महेन्द्रसँगै बसेर दुवैलाई मिलाई सरकारी मातहतको संवाद समिति स्थापना गर्नेमा सहमत भयौँ । यसरी राष्ट्रिय संवाद समितिको स्थापना भयो र यसको उद्घाटन गर्ने सौभाग्य पनि मैले नै पाएँ ।” समाचार समितिको आवश्यकता प्रेस कमिसन रिपोर्ट–२०१५ मा देशमा समाचार समितिको आवश्यकताका बारेमा यस्तो लेखिएको छ, “नेपालमा प्रजातन्त्र आएको आठ वर्ष भइसक्यो तर प्रजातन्त्रको विकासमा साथ दिने एक महŒवपूर्ण अङ्ग पत्रकारिताको जग मजबुत पार्न कुनै ठोस कारबाही भएको छैन । आठ वर्षअगाडिको दाँजोमा हाल पत्रकारिताको चहलपहल निकै बढेको छ तर त्यो चहलपहलको निश्चित आधार छैन, कुनै भरोसा छैन । पत्रकारिताको महŒव बुझ्न सक्ने त्यसको आधारभूत कुरा देशव्यापी खबर सङ्कलन गर्ने संस्थाको आवश्यकता पनि महसुस गरेका छन् । अहिलेसम्म त्यस्तो कुनै संस्था अथवा एजेन्सी नभएकाले देशको कुनाकाप्चाका खबरसमेत जनसमक्ष आउन सकेका छैनन् । आधुनिक युगमा पृथ्वी एकापट्टिको मानिसले अर्कोपट्टिको खबर केही क्षणमै सुन्न र पढ्न पाउँछन् । हामी आफ्नै देशको १० कोष परको खबर एक हप्तामा मुस्किलले सुन्न पाउँछौँ । समाचार खोज्न सम्पादक आफैँ दगुर्नुपर्छ, एक दिन चक्कर मार्न नसके समाचारपत्र निकाल्न मुस्किल पर्छ । समाचार आउने निश्चित सुव्यवस्थित कुनै स्रोत छैन । कुनै पनि पत्रले जुन स्थानबाट पत्र प्रकाशित हुन्छ त्यस स्थानको मात्र खबर छाप्न असमर्थ होलान् । यस्तोमा संवाद समितिको खाँचो हुन आउँछ ।”प्रेस कमिसन रिपोर्टको यसै सुझावका आधारमा वि.सं. २०१६ पुस १ मा नेपालको पहिलो समाचार समिति नेपाल संवाद समिति (नेसस) र त्यसको पाँच महिनापछि २०१७ वैशाख ३० गते सगरमाथा संवाद समिति (ससस) स्थापना भयो । यिनै दुई समाचार समिति मिलाएर पछि रासस बनाइएको हो । त्यही राससले देशमा निरन्तर समाचार सेवा प्रदान गरिरहेको छ र यही फागुन ७ गते राससले आफ्नो स्थापनाको ६२औँ वार्षिकोत्सव मनाउँदै छ । यससँग अहिले स्वदेशी तथा विदेशी समाचार, स्वदेशी तथा विदेशी तस्बिर, अडियो भिडियोलगायतका सेवा छन् । आधुनिक प्रविधि र सूचनाको युगलाई त्यसैको गतिमा पछ्याउन नसकिरहेको भए पनि यतिखेर राससले देशका अनलाइनसहित सबै विधाका सञ्चारमाध्यमलाई आफ्नो सेवा प्रदान गरिरहेको छ । अहिले कतैकतै यतिका धेरै मिडिया भएपछि अब किन रासस चाहियो भन्ने प्रश्न पनि सुन्ने गरिन्छ । जति धेरै मिडिया भए त्यति नै उनीहरूको सहयोगीका रूपमा राससको आवश्यकता छ भन्ने हामी राससकर्मीले मात्र महसुस गरेका छौँ । यो प्रश्न नगरी देशका सबै विधा र प्रकृतिका मिडिया जोगाई उचित संरक्षण गर्नका लागि समाचार समितिको विकल्प खोज्नेभन्दा पनि सबैको साझा सहयोगी संस्था बनाउँदा नै सबैको हित हुनेछ ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत र मतदान स्थल टुङ्गो लगाएको छ । आयोगले फागुन ८ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
लामो समयको अस्वस्थता र मौनतापछि अन्ततः बिहीबार डा. मोहनहिमांशु थापाले यो धरा छाड्नुभएको छ । शिवरात्रिको बिहान शनिबार उहाँको निधनको खबर फैलिएपछि धेरैले मोहनहिमांशुलाई सम्झन पुगे । पशुपति आर्यघाटमा उहाँको पार्थिव शरीर जलेसँगै ८८ वर्षे उहाँ यस धरामा नरहे भए पनि साहित्यका माध्यमबाट धेरैका मनमनमा भने उहाँ रहिरहनुहुनेछ । उहाँले कोरेका कविता, लेखेका समालोचना, सम्पादन गरेका कृतिमा उहाँ बाँचिरहनुहुनेछ । त्रिभुवन विश्वविद्यालयमा बिताएका चार दशकको समयले उहाँलाई सम्झाइरहनेछ । मोहनहिमांशुलाई स्मरण गर्नुको कारण छ, आफ्नो जीवनको सात दशक त उहाँले साहित्यका लागि दिनुभयो । जीवनका पछिल्ला वर्ष साहित्यबाट टाढिए पनि साहित्य नै उहाँका लागि सर्वस्व थियो । काठमाडौँको गोकर्णमा जन्मिएर ललितपुरमा अन्तिम सास फेर्दासम्मको ८८ वर्षे जीवनमा उहाँले धेरै सेवा गर्नुभयो । साहित्य, प्राध्यापन उहाँका विशेष क्षेत्र थिए । गोकर्ण छोडेर सहरमा डेरा लिएर बस्न थालेपछिको सङ्गतले कवि बनायो । हुनेखाने परिवारमा जन्म लिए पनि उडन्ते स्वभावका बाबुबाजेका कारण केट्यौली उमेरमै घरव्यवहार हेर्नुप¥यो । काठमाडौँको सेरोफेरोमै भए पनि कहिले कता कहिले कता गर्दै बितेको जीवनले काठमाडौँको बल्खुमा घर बनाएर बस्न थालेपछि थकान बिर्सिनुभएको थियो । अझ डेढ दशकअघि ललितपुरको नखिपोटमा सुन्दर र शान्त भवनमा बस्न थालेपछि त उहाँ अझ स्वस्थ र शान्त देखिन थाल्नुभएको थियो । जीवनमा आइपर्ने दौडधुप र आफूलाई स्थापित गराउन गर्नुपर्ने सङ्घर्ष सबै सकेर आफैँले बाँचेको जीवनको हिसाबकिताब हेर्ने हो भने जोडबाहेक घटाउ छैन, सन्तोषबाहेक असन्तुष्टि रहेन । बरु जीवनमा हिसाबकिताब नराख्ने मान्छेका रूपमा आफैँलाई चिनाउने मोहनहिमांशुलाई चिन्नेहरूले कवि, समालोचक, अनुवादक, सम्पादकका रूपमा चिने । प्राध्यापनको पाटो त छँदै छ । कलिलो उमेरमै गान्धी क्याप लगाई चारतारे झन्डा बोकेर भाषण गर्दै हिड्ने उहाँ राजनीतिमा चाहिँ कहिल्यै लाग्नुभएन । कुनै पार्टीमा प्रतिबद्ध भएर लाग्नुभएन । स्वभाव पनि त्यस्तै, घुलमिल भएर फाइदा लिइहालौँ भन्ने सोच पनि देखिएन ।नखिपोटको शान्त र सुन्दर थलोमा आउनुअघि लेखिएका र छापिएका कृतिभन्दा बढी कृति अलि बढी जाँगर चलाउने हो भने प्रकाशन गर्न पुग्थे– नाटक, कविता, समालोचना आदि तर मन र शरीरले त्यति जाँगर दिएन । आफ्नै निवासको कोठामा बसेर उहाँ गाईजात्राका बखत देखाइने प्रहसन, व्यङ्ग्य, डबलीका कुरा मात्र होइन पुराना लेखक, साहित्यकार, कलाकारका बारेमा पनि धारा प्रवाह बताइदिनुहुन्थ्यो । उमेरले देखाउने बुढ्यौलीलाई बोली र स्मृतिले चट्ट बिर्सिएजस्तो, पावरवाल चस्मा छुट्टै चिनारी भएजस्तै कम सुन्ने कान चनाखो पारेर उहाँ बितेका दिन सम्झन थाल्नुहुन्थ्यो । साहित्य, प्राध्यापनमा लाग्दा भोगेका र सङ्गत गरेकाहरूको बारेमा मात्र लेख्ने हो भने मोहनहिमांशुको संस्मरणको गतिलै पुस्तक बन्न सक्थे । आफैँले लेखेको एउटा कविता कृति, खुकुरीमाथि एक चौटा बादल–२०३०, साहित्य परिचय समालोचना–२०३५ जस्ता मौलिक कृतिबाहेक सम्पादन र अनुवाद गरी आधा दर्जन कृति पनि पुग्दैनन् । कुनै बखत भूपि शेरचन, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, वासु शशि, कुमार नेपालसँग मिलेर वि.सं २०१३ मै रोदीको स्थापना गर्ने उहाँ दशको दशकमै लोकप्रिय कविमा दरिइसक्नुभएको थियो । २००७ सालको परिवर्तनसँगै कविता वाचन र भाषण गर्दै हिँडेको त्यतिखेरको मान्छे, २००९ सालमै महाकवि लक्ष्मीप्रसाद देवकोटाको सामुन्ने कविता पढेर प्रशंसा पाएर फुरङ्ङ भएको मान्छे हो उहाँ । उहाँ भन्नुहुन्थ्यो, “अहिलेको पुस्ताले हामीलाई के चिन्ला र ?” कवितामै लागिरहेको भए त यतिखेर मोहनहिमांशु काव्यजगत्मा चर्चाको शिखरमै हुनुहुन्थ्यो होला । कवि हिमांशुलाई मोहनहिमांशुले अन्याय गरेको स्वीकारोक्ति थियो, “२०१८ सालमै प्राध्यापनमा लागेपछि पुराना कविका परम्परावादी कविता काव्य पढाउनुपर्दा मलाई तिनले त्यति छोएनन्, आफू आधुनिक कवि भएर हो कि अनि नाटकतिर लागेर यसैमा लेख्न थालेँ, अहिले आएर आफूलाई कविकै रूपमा बढी सफल ठान्छु । त्यतिबेला यताउता नलागी कवितामै लागिरहेको भए .....।”अनि समालोचना चाहिँ ?समालोचना त प्राध्यापकीय भूमिका निर्वाह गर्दा समालोचक बन्न पुगेको हुँ । सम्पादन र अनुवाद आइलागेका काम हुन् । मूलतः म कवि नै हुँ, उहाँको उद्घोष । जीवनको काव्य यात्रामा मैले मृत्युका पदचापहरू सुनेको छु । जीवन जन्मेकै क्षणमा मृत्युको जन्म हुन्छ । यस यात्राका क्रममा मैले एउटा आँखामा जीवन हाँसेको देखेको छु, अर्को आँखामा मृत्यु रोएको देखेको छु, जीवनका संवेदनामा मृत्युको कुनेत्रो लागेको पनि अनुभव गरेको छु । यही अस्तित्वबोधको दिशामा मेरो कविताको मृत्यु र निराशाले स्वरलाई सुसेलेको छ । मेरो दृष्टिमा काव्यमा निराशा जीवनको हतोत्साह होइन, न जीवनको उदासीनता हो न आफूले भागेको परिवेशबाट पलायनको प्रक्रिया हो । पलायनको अन्तिम सीमा मृत्यु हो । पलायनको गन्तव्य स्थल एक मात्र आत्महत्या हो । निराशाको अर्थ पलायनद्वारा मृत्यु वा आत्महत्या हो भन्ने पक्षमा म छैन । निराशाको गहिराइमा आत्मसात् गरेर आत्महत्या गर्दिनँ, यसो गर्नमा म विश्वास पनि गर्दिनँ । मृत्युबोध भनेको जीवनमा हुन्छ र व्यक्तिको अस्तित्व हुन्छ । त्यसैले म जीवनको अस्तित्वबोधका लागि हस्ताक्षर गर्छु र आफ्ना कवितालाई अस्तित्वबोधको घोषणापत्रका रूपमा लिन्छु ।३५ वर्षअघि नै बल्खुमा भएको पहिलो भेटमा मृत्युको सन्दर्भमा बढी केन्द्रित बनेर दिएको अभिव्यक्ति हो उहाँको । कुन बेला गइने हो के थाहा ? धेरै त गइसके, त्यसैले लेखेर राखेका रचनाहरू सङ्कलन गर्दै छु, तीन÷चारवटा त पुग्छन् । जीवनमा छाडेर जाने त यही रहेछ । तरखर गर्दागर्दै बितेको समयले उहाँलाई साथ दिएन, अस्वस्थ मात्र बनाएन, अशक्त नै बनाइदियो । स्नायुको रोगले विगत एक वर्षदेखि ओछ्यान परेको शरीरले अन्ततः विश्राम लिनपुग्यो ।मोहनहिमांशुले जीवनको आरोह–अवरोहलाई एकातिर पन्छाएर आफ्नो पढाइ भने छाड्नुभएन । जीवनमै कमाएको भनेकै यही हो । त्यतिखेर असाध्य मिल्नेमध्येका एक भूपि शेरचनले नयाँ सडकको डाँफे रेस्टुरेन्टमा बसेर यसपालि हामी बीएको जाँच नदिने भनेर गरेको निर्णय मानेको भए हिमांशु थापा कवितामा शिखर चढिसकेको हुनुहुन्थ्यो होला । भूपिले पढाइ अघि बढाउनुभएन, कवितामा अघि बढ्नुभयो, हामी पढाइमा त अघि भयौँ, कवितामा भूपि नै अघि बढ्यो । त्यतिखेरका यस्ता सम्झना धेरै छन् । प्राध्यापन अनुभव अनि झन्डै सात दशकको साहित्यिक सक्रियताले मोहनहिमांशु धारा प्रवाह बोल्ने मात्र होइन, बोलीमा पनि मिठास थियो । सरलपन र सहयोगी भाव उहाँमा छँदै थियो । नखिपोटको घरभित्रै जीवनको पछिल्लो समय बिताउनुभयो उहाँले । ५५ वर्षअघि वैवाहिक जीवनमा बाँधिनुभएकी अस्वस्थ जीवनसङ्गिनी अनि छोराका साथमा । जेठो छोरा प्रश्वास परिवारसहित अस्ट्रेलिया गएपछि उहाँको साहित्यिक सक्रियतामा कमी आयो । साहित्यको विगतसँग जोडेर हेर्ने हो भने उहाँको योगदानले साढे छ दशक कटाइसकेको छ, कवितामा त प्रसिद्धि कमाएर कलिलो उमेरमै पदक, पुरस्कार जित्ने उहाँले लेखनमा आफूलाई निरन्तर सक्रिय राख्नुभयो । विडम्बना भनौँ, उहाँको चिनारीमा प्रतिनिधि समालोचना, कविता सङ्ग्रहमा न उहाँका रचना समेटिएका छन् न कुनै अन्तर्वार्ता, जीवनीको त कुरै छाडौँ । कारण के होला त ? त्यतिखेरको जिज्ञासा मेरो स्वभावले गर्दा होला, म कुनै समूहमा पनि परिनँ, कुनै पार्टीमा पनि लागिनँ, फेरि मेरो स्वभावै यस्तो छ कि कसैसँग अनुनयविनय नगर्ने । कमले चिने पनि चिन्नेहरूले उहाँलाई ससम्मान चिन्ने गर्छन् । पुरस्कार र सम्मानको कमी छैन बरु पुरस्कार, सम्मानको तुलनामा आफ्नो योगदान कम भएको हो कि जस्तो लाग्छ उहाँलाई । युगकवि सिद्धिचरण पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, पहलमानसिंह पुरस्कार, बालकृष्ण सम पुरस्कार आदि थुप्रै छन् । जीवनको उत्तराद्र्धमा आएर उहाँलाई लाग्थ्यो सम्मान र माया पाएको त साहित्यबाट नै रहेछ चिनाउने र बचाउने पनि । बाँकी त समय क्रममा आइपरेका दायित्व मात्र । उतिखेरको सक्रियता सम्झँदा पनि आनन्दित बन्ने उहाँको जीवनका पछिल्ला दिन त्यति सुखद रहेनन् । आफ्नै अस्वस्थताले पीडाको जीवन बाँचिरहनुभयो । उहिले नै मृत्युको पदचाप सुनेको मान्छे, कुन बेला गइने हो भनेर आफ्नै सिर्जनालाई सङ्गृहित गर्न तरखर गर्ने उहाँ एउटै कविता कृतिबाट कविका रूपमा चर्चित बन्न्नुभयो, एउटै समालोचनाबाट समालोचकका रूपमा दरिनुभयो । धेरैका प्रिय साहित्यकार, धेरैका आदरणीय गुरुका रूपमा मनमनमा बस्नुभयो । मोहनहिमांशु नेपाली साहित्य क्षेत्रले नबिर्सने काम गरेर जानुभयो, अक्षर र योगदानका माध्यमबाट सम्मानित बनेर ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति निशा शर्माले नेपालमा विद्यमान सङ्गीत तथा नाट्य परम्पराको मौलिकताको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि विविध कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले विद्युतीय राहदानीका लागि टाइम कार्ड तथा टोकन प्रणाली लागू गरेको छ । कार्यालयले शुक्रबारदेखि टाइम कार्ड र टोकन प्रणाली लागू गरेसँगै निःशुल्क रूपमा
अब हुने राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवार, राष्ट्रिय सहमतिको उम्मेदवार हुन अनिवार्य छ । राष्ट्रपति राजनीतिक दलको भागबन्डामा गर्ने विषय होइन । अरू पद र यो पद धेरै नै फरक छ । यो नेपाली सेना र जनतासँगको पुलको काम गर्ने संस्था पनि हो ।
आज फागुन ७ गते । नेपालीले अधिकार पाएको अर्थात् प्रजातन्त्र स्थापना भएको दिन । मुलुकभर नै ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस धूमधामका साथ मनाइँदै छ । वि.सं. २००७ फागुन ७ गते नेपालमा १०४ वर्षे जहानियाँ राणा शासनविरुद्धको आन्दोलन सफल भएकै कारण पनि यो दिन नेपालीमाझ चिरस्मरणीय छ । जनक्रान्तिकै फलस्वरूप जहानियाँ राणा शासनको पतन भएर मुलुकमा प्रजातन्त्रको शुभबिहानी सम्भव भएको तथ्य हामीसामु छ । यसका निम्ति महान् शहीदहरूको ठूलो शहादत छ भने हजारौँ हजार क्रान्ति योद्धाले बुद्धि, विवेक, श्रम र पसिना खर्चेका छन् ।२००७ सालको क्रान्ति सफल पार्न नेपाली कांग्रेस र बीपी कोइरालालगायत शीर्ष नेतृत्वलगायत ठूलो राजतनीतिक तह र तप्काको योगदान अमूल्य छ । जहानियाँ राणा शासनबाट जनता मात्र रैती हुनुपरेको थिएन, राजतन्त्र नै बन्धकजस्तै बन्नु परेको थियो । त्यो बन्धनलाई तोड्न राजा त्रिभुवनले क्रान्तिलाई साथ दिएको अनुपम ऐतिहासिक परिघटनाको सफल दिनसमेत हो फागुन ७ । मुलुक गणतान्त्रिक नयाँ युगमा प्रवेश गरेको छ र नयाँ युगका निम्ति चेतनाको जग बसाउन सात सालको क्रान्तिले बृहत् महत्व राख्दछ । त्यसैले फागुन ७ लाई प्रजातन्त्र दिवसका रूपमा निरन्तर हर्षोल्लासका साथ मनाइन्छ । यो दिनले नागरिक अधिकार, मुलुकको समृद्धिको साथै राष्ट्र र राष्ट्रियताप्रतिको दृढ प्रणका दिनका रूपमा लिइनुपर्दछ । सबै नेपालीले यस दिनप्रति गौरवानुभूतिसहित उत्सवमा सहभागी हुनु इतिहासप्रतिको न्यायसमेत हो ।यो ऐतिहासिक दिनका सन्दर्भमा सङ्घीय सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्य रूपले मनाउन अपिल गरेको छ । त्यसै अवसरमा यस दिवसलाई मुलुकभरि साहित्यिक, सांस्कृतिक, शैक्षिकलगायतका विभिन्न रचनात्मक गतिविधिसहित मनाइने कार्यक्रम तय गरिएको छ । यो दिवस भव्य रूपमा मनाउन सङ्घमा प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा नै समारोह समिति नै गठन गरिएबाट यो दिवसलाई राष्ट्रले प्रदान गर्ने महत्व स्पष्ट हुन आउँछ । विभिन्न ज्ञात, अज्ञात शहीदहरूको जीवन आहुतिकै कारण आज हामी नेपाली प्रजातन्त्रिक अधिकारहरूको उपभोग गरिरहेका छौंँ । यस दिनमा शहीदप्रति कृतज्ञता व्यक्त गर्नु सम्पूर्ण नेपालीको दायित्व हो । शहीदले मुलुक तथा जनताप्रति त्याग भाव नराखेको भए अझै कैयौँ वर्ष नेपाल जहानियाँ राणा शासनको अधीनमा रहनुपर्ने थियो । यसैको मूल मर्म नै प्रजातन्त्र दिवस मनाउनुको अर्थमा समाहित रहेको भन्न सकिन्छ । मुलुकमा प्रजातन्त्र स्थापनाको ७३ वर्ष भइसक्दा पनि अझै कैयौँ विषय तथा क्षेत्रमा हामी पछौटे अवस्थामै छौंँ र यो हामी सबैले मनन गर्नुपर्ने गम्भीर विषय हो । सात दशकअघि मुलुकले प्रजातन्त्र उपभोगको सुरुवात गरिरहँदा हामीभन्दा धेरै कुरामा पिछडिएका कतिपय मुलुकको आर्थिक तथा समृृद्धिको पाटो वर्तमानमा निकै उच्च रहेको विश्वसामु यथार्थ छ । यस सन्दर्भमा औंँल्याउनुपर्दा विकास, समृद्धिका पक्षमा हामी पछि परेको कटु यथार्थ हो । मुलुक आर्थिक गतिविधिका साथै विकास, निर्माणलगायतका पक्षमा जुन गतिले अगाडि बढ्नुपर्ने थियो, त्यस गतिमा पक्कै पनि अगाडि बढ्न सकेको छैन । भ्रष्टाचार, कुशासन, हरेक क्षेत्रमा अति राजनीतीकरण, नातावाद, अराजकता आदि विकृति र कुशासन मुलुक पिछडिनुका मुख्य कारण हुन सक्छन् । यस्ता तमाम विकृति र विसङ्गतिबाट मुक्त भई समृद्ध भविष्यका निम्ति प्रतिबद्धता व्यक्त गर्ने सुनौलो दिनसमेत हो फागुन ७ ।राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहँदा अब आर्थक विकासको मार्गचित्र स्पष्ट देख्न सक्ने चाहना स्वाभाविक हो । मुलुकलाई समृद्धशाली राष्ट्र बनाउने प्रण सबै नेपालीले गर्नु आवश्यक देखिएको छ । सात दशकभन्दा बढीको संस्थागत लोकतान्त्रिक प्रणालीको उपयोग गरेर जनताको जीवनस्तर उठाउन सबैको सहकार्य त्यत्तिकै जरुरी छ । प्रजातन्त्र दिवसको यस पुनित दिनमा मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्ने तथा यसलाई व्यवहारमा उतार्ने महत्वपूर्ण दिन हो भन्ने बिर्सन मिल्दैन । विगतमा भएका गल्ती, कमी, कमजोरीमा सुधार गरेर आगामी दिनमा मुलुकलाई विकसित तथा समृद्ध बनाउने शपथ लिने दिनका रूपमा समेत यो दिवसलाई लिइनुपर्दछ । शहीदहरूको सपना साकार पार्न नेपाल र नेपालीको मुहार फेर्नु अनिवार्य छ । यो महान् दिन ल्याउने योगदान गर्ने ज्ञात, अज्ञात शहीदप्रति श्रद्धासुमनसहित सबै नेपालीलाई ७३औंँ प्रजातन्त्र दिवसको हार्दिक शुभकामना ।
कर्णाली प्रदेशको प्रदेश लोकसेवा आयोगले स्थापनाको दुईवर्षे अवधिमा प्रदेश तथा स्थानीय तहका लागि ८६० कर्मचारी सिफारिस गर्न सफल भएको छ । प्रदेश लोकसेवा आयोगको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो ।
डडेल्धुराका विकास निर्माणका काममा उपभोक्ता समितिदेखि कामदारसम्म महिलाहरू मात्रै हुने गरेका छन् । गाउँमा पुरुष नै नरहेपछि उपभोक्ता समितिदेखि निर्माण कार्यमा महिलाहरू मात्रै हुने गरेका हुन् । गाउँघरमा भइरहेका प्रायः सबै समिति सदस्य र कामदार महिलाहरू मात्रै भेटिन्छन् । पुरुष रोजगारी र अध्ययनका लागि घरबाहिर रहेपछि गाउँमा महिलाहरू मात्रै रहेका छन् ।
जैविक विविधतासँगै धार्मिक रूपमा समेत घोडाघोडीको महिमा बढ्दै गएको छ । महाशिवरात्रिका अवसरमा कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा रहेको शिव मन्दिरमा दिनभर देखिएको भीडले यसको महिमा बढ्दै गएको पुष्टि हुने स्थानीय बताउँछन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गर्नुभएको छ ।