नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वि.सं २००७ को जनक्रान्तिले राजनीतिक परिवर्तन मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत हरेक क्षेत्रमा अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको उल्लेख गर्नुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका–४ स्थित प्राकृतिक तातोपानी कुण्डमा सात महिनाको अवधिमा नौ हजारभन्दा बढीले स्नान गरेका छन् । चालू आर्थिक वर्ष २०७९÷८० को साउनदेखि माघ महिनासम्म नौ हजार १९८ जनाले स्नान गरेका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकको सामु द्रुत विकास अगाडि बढाउने चुनौती रहेको बताउनुभएको छ ।
बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा र राँझालगायत क्षेत्रका छ हजारभन्दा बढी घरपरिवारको भान्साकोठामा राखिएका ग्यास सिलिन्डर विस्फोटको उच्च जोखिममा छन् । जिल्लामा ग्यास उत्पादन गर्ने दुई कम्पनीले बजारमा ठूलो सङ्ख्यामा म्याद सकिएका, लिकेज भएका, बिग्रेका र कुच्चिएका सिलिन्डर बजारमा पठाएको तथ्य फेला परेपछि छ हजारभन्दा बढी परिवार विस्फोटको उच्च जोखिममा रहेको पाइएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र प्राप्ति र त्यसपछि भएका क्रान्ति तथा आन्दोलनका उपलब्धिको संरक्षण तथा रक्षाका लागि सबै पक्षलाई अपिल गर्नुभएको छ ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले खानेपानी नागरिकको मौलिक अधिकारको विषय भएको बताउनुभएको छ । पोखरा महानगरपालिका–१९, पुरन्चौरस्थित जलकुनी टाकुरा खानेपानी
राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताउनुभएको छ ।
चीनले उत्तरी नाका खुुला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले माघ ६ गतेदेखि १५ दिनका लागि नाका बन्द गरेको थियोे । हाल नियमित रूपमा नाका खुुला भई सामान आयात–निर्यात हुुन थालेका छन् ।
उदयपुर र खोटाङ जिल्लाका विभिन्न खोलामा निर्माणाधीन अवस्थामा रहेका झन्डै तीन दर्जन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अघिल्ला वर्षहरूदेखि नै पुल बनाउन सुरु गरिएको भ
बान्तावा राई भाषा
७३ औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले शुभकामना दिनुभएको छ । आज ऐतिहासिक दिन भएको बताउनुहुँदै उहाँले प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्नुहुँदै शुभकामना दिनुभएको छ ।
पछिल्लो समयमा लागूऔषध कारोबारीले अन्डाको खोलभित्र लागूऔषध ब्राउन सुगर ल्याउने गरेको भेटिएको छ । मेचीनगर नगरपालिकाको काँकडभिट्टा नाकाबाट अन्डाको खोलभित्र लुकाएर ब्राउन सुगर ल्याएको अवस्थामा प्रहरीले दुई जनालाई पक्रा
मोरङको रङ्गेली नगरपालिकाले शुक्रबार लैङ्गिक हिंसापीडित महिलालाई पुनस्र्थापनाका लागि बीउ पुँजी वितरण गरेको छ । लैङ्गिक हिंसा निवारण कोषबाट प्राप्त ५० हजर रुपियाँमा नगरपालिकाले तीन लाख रुपियाँ थप गरी ११ जना महिलालाई पुनस्र्थापनाका लागि सहयोग गरेको हो ।
सामान्यतया मानिसले एउटा हातले एउटा कलम समातेर एउटा विषयमा लेख्न सक्छन् । तर बैतडीका मनोज चन्द दुई हातले छवटा कलम समातेर एकैपटक उल्टो र सुल्टो शब्द लेख्न सक्नुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको टिमलाई शनिबार साँझ प्रधानमन्त्री प्रचण्डले बधाइ दिनुभएको हो।