• १३ असोज २०८१, आइतबार

राष्ट्रपति चयनपछि मुलुकले नयाँ गति लिन्छ : सभामुख घिमिरे

blog

सझापामा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे । तस्बिर: विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, फागुन ६ गते। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले  राष्ट्रपति चयन प्रक्रिया सकिएपछि मुलुकले नयाँ गति लिने बताउनुभएको छ। शुक्रबार साँझ झापामा मएको पत्रकार भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो। 

गृह जिल्ला झापा र आफ्नो निर्वाचन क्षेत्रमा पुगेर सभामुख घिमिरेले भन्नुभयो, ‘‘म निष्पक्ष भएर सभामुखको भूमिका निर्वाह गर्नेछु। संसद्को मर्यादामा आँच आउन नदिने गरी काम हुन्छ। केही दलका कारण अहिले केही समस्यामा देखिएको देशको विकासको गतिले नयाँ राष्ट्रपति चयन प्रक्रिया सकिएसँगै नयाँ गति लिन्छ।’’

संसदमा रहेका दलबाट नै अहिलेको शासन व्यवस्थामाथि खतरा रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले संविधान विपरितका काम सडक र संसदमा देखिएको भन्नुहुँदै यस्तो बताउनुभएको हो। 

उहाँले सरकारमा रहेका दलका नेताबाट नै संविधान विपरीतका काम हुनु राम्रो सङ्केत नभएको बताउनुभयो। संविधानले गणतन्त्र स्वीकार गरिसकेको अवस्थामा सरकारमा रहेका दल तथा यसका नेताले राजतन्त्रको विषयमा वकालत गर्नु संविधानको मर्म र भावना अनुरुप नभएको उहाँको भनाइ छ। यस्ता विषयमा सरकार र सम्बन्धित पार्टीले स्पष्ट रुपमा धारणा ल्याउनुपर्ने बताउनुभयो।