नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले लेखक टंक वनेमको छैटौँ कृति ‘सुदूर विस्मृतिका बिम्बहरु’ सार्वजनिक गर्नुभएको छ ।
विश्व हिन्दु महासङ्घ नेपालको अध्यक्षमा पुनः डा. रामचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । महासङ्घको बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
लुम्बिनीमा दान वापत संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा सटही हुन नसकेका विभिन्न २० वटा देशका विदेशी मुद्रा सटही गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
ओखलढुङ्गामा ३५ जना कृषकलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । सिद्धिचरण नगरपालिकाले नगरभित्रका ३५ जना मौरीपालक कृषकलाई आधुनिक घार वितरण गरेको हो ।
सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोशी प्रदेशका प्रशान्त दाहाल वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
सप्तरीको बोदेवरसाइन नगरपालिका –२ बेलहानजिक विसनपुर स्वर्णपट्टी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बोदेवरसाइन नगरपालिका –५ भाटीनका १७ वर्षीय सागर पण्डितको मृत्यु भएको हो ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले एक लाख एक हजार १११ रुपियाँ राशीको आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।
सुशासनयुक्त एवम् भ्रष्टाचारमुक्त शासकीय व्यवस्था निर्माण गर्न इ–गभर्नेन्स ऐन यथाशीघ्र संसदमा प्रस्तुत गरी पारित गरिने विषय उल्लेख छ ।
रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
आगामी वैशाख १० गते तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि नौ जनाको उम्मेदवारी कायम भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित नियामक निकायहरुलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको न्यूनतम साझा कार्यक्रम पहिलेभन्दा परिमार्जित, व्यावहारिक र कार्यान्वयन गर्न सकिनेखालको भएको बताउनुभएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण गर्ने कार्यक्रममा आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
इन्टरभ्याली ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलामा ओमेन ह्वीलचेयर बास्केटबल एसोसियसन (डब्लुडब्लुबिए) ले जितेको छ ।
सरकारले देशको अर्थतन्त्र सुधारका लागि सरकारले पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले सामाजिक सञ्जालमा गरिने विज्ञापनलाई करको दायरामा ल्याइने बताउनुभएको छ । सरकारको नीति तथा साझा कार्यक्रमलाई आज विशेष समारोहबीच सार्वजनिक गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।