दोलखाको सदरमुकाम चरिकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा दरबन्दी करिब सय भए पनि पदपूर्ति नहुँदा स्वास्थ्य सेवामा असर परेको छ ।
रुपन्देहीको लुम्बिनीमा निकै महँगो र खर्चिलो उपचारका रूपमा रहेको घुँडाको प्रत्यारोपण गरिएको छ । बुद्धको पहिलो पाइला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो । थाइल्यान्डका बौद्ध ध्यान गुरु सुधर्म गुरु र सिरिराज अस्पताल हाडजोर्नी तथा नसारोग विशेषज्ञ प्राध्यापक डा. किराँती सी वानिचको पहलमा बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर घुँडा प्रत्यारोपण स्वास्थ्य शिविर गरिएको हो ।
अर्घाखाँची जिल्लाको साबिकका धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारापानी, ढाकावाङ र ढिकुरा गाविसलाई समेटेर भूमिकास्थान नगरपालिका बनेको हो । यो नगरपालिकाको कुल क्षेत्रफल १५९ दशमलव १३ वर्ग किलोमिटर छ । यहाँको कुल जनसङ्ख्या जम्मा ३२ हजार ६४० छ । पुरुष १३ हजार ९३५ र महिलाको सङ्ख्या १८ हजार ७०५ छ । नगरपालिकाको कार्यालय साबिकको नुवाकोट गाविसको कार्यालयमा छ । नगरपालिकामा १० वडा छन् । नगरपालिकाले शिक्षा, पर्यटन, कृषि, आर्थिक विकासका साथै सामाजिक विकासलाई प्राथमिकता दिएर काम गरिरहेको छ । भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापासँग गोरखापत्रका पत्रकार राधा नेपालीले गर्नुभएको कुराकानी :
बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर असोज १६ गते गएको भूकम्पका परकम्पले सुदूरपश्चिम नेपाललाई हल्लाइरहेको छ । जनजीवन त्रस्त छ । धेरै वटा कम्प गए पनि ६.३ रेक्टर स्केलको अलि ठुलै भूकम्पका कारण ठुलो भौतिक क्षति भएको छ । एक जनाको ज्यान गयो भने २६ जनाभन्दा बढी नागरिक घाइते भएका छन् । सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार भएको वर्तमान अवस्थामा पाँच दिन बित्दासमेत अझै जनधन र भौतिक संरचना क्षति तथा नोक्सानीको पूर्ण विवरण सङ्कलन हुन सकेको छैन । विसं २०७२ को ‘गोरखा भूकम्प’ को अनुभव र सिकाइ रहे पनि विपत् प्रतिकार्य र व्यव
दोस्रो जनआन्दोलनसँगै स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाले डेढ दशक समयावधि पार गरेको छ । यो शताब्दीकै सबैभन्दा सुन्दर शासन व्यवस्था हो । राजनीतिक परीक्षणका अलौकिक र सुन्दर स्वरूपहरूको उच्चतम अभ्यास नै गणतन्त्र हो । यस प्रकारको शासन बहालीसँगै नागरिकमा धेरै आशा थिए र अभैm छन् । देशमा विद्यमान असमानता, अशान्तिको सम्पूर्ण दोष लागेको राजतन्त्रको समूल अन्त्यपछि दूर सभ्यता र प्रगतिको अपेक्षा थियो । नागरिक जीवनमा सर्वपक्षीय उन्नयनहरूको उभारको प्रतीक्षा थियो तर पनि नागरिक अलिक निराश छन्, सरकार तथा दलहरू नागरिकप्रति कमै उत्तरदायी भएको महसुस गर्छन् । पात्र, प्रवृत्ति र स्वार्थ नबदलिएका भन्छन् । नागरिकको आशा सार्थक बनाउने क्रममा शासन व्यवस्थाहरू निकै उदासीन र कम प्रभावी मात्र बनेको भन्दै चिन्ता जाहेर गरिँदै छ ।
अङ्ग्रेजी शब्द हनीको अर्थ मह भन्ने बुझिन्छ भने ट्र्याप भन्नाले जालमा पार्ने भनेर बुझिन्छ । मह जस्तै मिठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्र्यापमा पारिन्छ भने त्यसलाई सामान्य बुझाइमा हनी ट्र्याप भनिन्छ । यो शब्द हेर्दा र सुन्दा जति सरल र सूक्ष्म देखिन्छ त्यति सरल नभई अति नै बृहत् र फराकिलो भएको पाइन्छ । यसलाई नेपाली मर्म अनुसार मह जस्तै गुलियो मायाजालमा पारेर स्वार्थ पूरा गर्ने आपराधिक कार्यसमेत भन्दा फरक पर्दैन ।
कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउने कुरा सार्वजनिक भएको छ । यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले २००८ मा नेपाल भ्रमण गरेका थिए भने तत्कालीन महासचिव जविएर दि क्यु लार, उ थान्ट आदिले समेत भ्रमण गरेका थिए । संयुक्त राष्ट्रसङ्घका चार महासचिव नेपाल भ्रमणमा आए । सन् १९७१ पछि डा. कुर्ट वाल्डहेम र जेभियर पेरेज डे कुएलर नेपाल आए । संयुक्त राष्ट्रका लागि एक मात्र एसियाली महासचिव उ थान्टले नेपाल भ्रमण गरे र उनको पहलमा सन् १९६७ मा लुम्बिनी विकास समिति गठन भयो ।
पूर्वमा सप्तरीदेखि पश्चिममा पर्सासम्मका आठ जिल्लालाई मधेश प्रदेश कायम गरिएको छ । भौगोलिक हिसाबले समतल भू–भागमा अवस्थित मधेश प्रदेश आर्थिक दृष्टिले समृद्ध प्रदेशमा विकसित हुन सक्ने सम्भावित प्रदेशका रूपमा रहेको छ तर मधेश प्रदेशको आर्थिक अवस्था सुखद छैन । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा मधेश प्र
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
पहिरो जाँदा पृथ्वी राजमार्गको दमौली–पोखरा खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको ट्रङ्क लाइन बक्यौता विवादका कारण रुपन्देहीका उद्योगी थप त्रसित भएका छन् । अदालतमा विचाराधीन मुद्दाका विषयमा पनि प्राधिकरणले सूचना निकालेपछि आफूहरू थप तनावमा परेको उनीहरूको गुनासो छ । बुटवल–भैरहवा औद्योगिक कोरिडोरका उद्योगीहरूलाई नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क लाइन बिलिङबापतको रकम तिर्न ताकिता गरेपछि उद्योगीहरू पुनः त्रसित बनेका हुन् ।
काठमाडौँ महानगरपालिकाले दसैँमा बिक्री गरिने खसी बोकालगायत पशुको स्वास्थ्य परीक्षण गर्ने भएको छ । आगामी असोज २४ देखि दसैँसम्म चौपायाको स्वास्थ्य परीक्षण गरिने काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले जनाएको छ । विभागका प्रमुख डा. अवधेश झाले चाडपर्वमा उपभोक्तालाई स्वस्थकर मासु उपलब्ध गराउने उद्देश्यसहित महानगरपालिकाले खसीबोकालगायत पशुको स्वास्थ्य परीक्षण गर्न लागेको जानकारी दिनुभयो । विगतमा दसैँमा विभिन्न रोगले ग्रस्त पशुको मासु बिक्री गरेको पाइएकाले यो वर्ष पशुको स्वास्थ्य परीक्षण गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार खसीबोकालगायतको चौपाया बिक्री गरिने मुख्य बजारका रूपमा रहेको कलङ्की, प्रदर्शनीमार्गस्थित टुकुचा खोला किनार, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वास्थ्य परीक्षण गरिने छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुध किसानको बक्यौता रकम एक हप्ताभित्र भुक्तानी गर्न दुध विकास संस्थान (डिडिसी) तथा निजी डेरी उद्योगीलाई निर्देशन दिनुभएको छ । डेरी उद्योगीले दुध किसानलाई भुक्तानी गर्न करिब छ अर्ब रुपियाँ बाँकी छ । ती सबै रकम दसैँअघि नै भुक्तानी गर्न मन्त्री भुसालले निर्देशन दिनुभएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बताउनुभयो । बोर्डले आयोजना गरेको कार्यक्रममा त्यस्तो निर्देशन दिनुभएको हो । मन्त्री भुसालले दुध तथा दुग्ध पदार्थको अवैध आयात रोक्न नाकामा अनुगमन कडा गरिने र मिल्क होलिडे हुन नदिने गरी किसान र उद्योगीका लागि आवश्यक वातावरण बनाउने बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा