चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण एक जनाकोे मृत्यु भएको छ । संक्रमितको मृत्यु भएपछि स्वास्थ्य कार्यालय चितवनले संक्रमितको खोजी शुरु गरेको छ ।
दोलखाको मुडेदेखि शैलुङ गाउँपालिकाको कार्यालय सम्म पुग्ने सडक मर्मतको काम सुरु भएको छ । निर्माण कम्पनीले बुधबारबाट सडक निर्माणको काम सुरु गरेको हो । एकहप्ता अघिदेखि मुडे शैलुङ सडक निर्माणमा ढिलाइ भन्ने समाचार गोरखापत्र दैनिकमा प्रकाशन भएपछि कार्यालयले ममर्तको काम सुरु गरेको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।
पपुवा न्युगिनीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । यस भूकम्पमा परी अन्य कैंयौं घाइते भएका छन् ।
बौद्ध शिक्षा पढ्न भन्दै भारत पुराइएका १६ जना बालकको उद्धार गरिएको छ । शान्ति पुनर्स्थापना गृह नेपाल र भारत देहरादुनको हेल्थ क्रस संस्थाको सहयोगमा भारतको कर्नाटकको बौद्ध विहार पुराउन लगेको अवस्थामा उत्तर प्रदेशबाट ती बालकको उद्धार गरिएको हो ।
काठमाडौं, भदौ ३० गते । दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म 'के घर के डेरा'को टिजर सार्वजनिक गरिएको छ । फिल्मको टिजर बिहीबार युट्युब च्यानल 'जीटुवान'मार्फत सार्वजनिक गरिएको हो । सिंगे लामाको कथामा बनेको फिल्म कमेडी जनरामा छ । फिल्ममा महेश दवाडीको लेखन छ भने फिल्मलाई शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले संयुक्त रूपमा निर्माण गर्नुभएको हो । फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्म कात्तिक ४ देखि देशभर प्रदर्शनमा आउने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचन पछिको १० वर्षभित्र नेपाललाई दक्षिण एसियामा समृद्ध मुलुकको रुपमा चिनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
वर्षाका कारण सुदूरपश्चिम प्रदेशका बैतडीसहित सात जिल्लाका नदीमा बिहीबारदेखि तीन दिन पानीको जल सतह उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन सूचना जारी गरेको छ ।
तनहुँको भानु नगरपालिका–४ निवासी गोरे सार्की दुई कोठे पक्की घर पाएपछि खुसी हुनुहुन्छ । पक्की घर बनेपछि बस्ती वरपर घरिघरी चितुवा आइरहने छाप्रोमा बस्नु पर्दा राति जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डर हटेको उहाँ बताउनुहुन्छ ।
नेपाली सेनाको श्रीजंग गण (शान्ति सेना)को एसआइबी १२ औं डफ्फाको अन्तिम टोली बिहीवार दक्षिणी सुडानतर्फ प्रस्थान गरेको छ । सेनानी सुरज थापाको नेतृत्वमा २३२ जना नेपाली शान्ति सैनिक यूएन चार्टर्ड विमानमार्फत संयुक्त राष्ट्रसङ्घीय मिसन ईलाकातर्फ प्रस्थान गरेका हुन् ।
सडक डिभिजन कार्यालयले सुर्खेतको रानीघाटस्थित भेरी नदीको सम्झौता तोडेको छ । खरिद सम्झौता गरेको १० वर्षसम्म पुल नबनाएपछि सडक डिभिजन सुर्खेतले ठेक्का सम्झौता तोडेको हो ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । सो वार्तामा खासगरी खाद्यान्नको निकासीका विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।
गैरसरकारी संस्थाहरुले नियमित रुपमा सार्वजनिक सुनुवाई नगरेको पाइएको छ । समुदायका हकहितका लागि र विकास निर्माणसम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएका संस्थाहरुले सुशासन व्यवस्था र सञ्चालन ऐन २०६४ तथा सम्बन्धित नियमावली –२०६५ मा सार्वजनिक सुनवाइको कार्यविधिअनुसार जिल्लामा सार्वजनिक सुनवाइ नगरेको पाइएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको हो ।