काठमाडौं, असोज १ गते । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बोलाइएको नेकपा (एमाले)को सचिवालय बैठक सकिएको छ। आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली आइतबार बस्ने बैठकले निर्णय गर्ने तय गरेको छ। बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले बैठकलाई जानकारी गराउनुभएको बताउनुभयो। बैठकमा सङ्घीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको उहाँले बताउनुभयो। बाढी पहिराका कारण अछाम जिल्लामा भएको जनधनका क्षतिका बारेमा छलफल गर्दै सरकारलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। साथै घटनाप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको उहाँले जानकारी दिनुभयो।बैठकले पाकिस्तानमा आएको बाढीले पु¥याएको क्षतिप्रति पाकिस्तानी सरकार र जनताप्रति गहिरो दुःख व्यक्त गरेको छ। बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गुरुङले जानकारी दिनुभयो।रासस
नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले शुक्रबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आएको पहिरो र बाढीका पीडितलाई सहयोगका लागि नेपाल सरकार र सम्बद्ध सबै निकायसँग आग्रह गर्नुभएको छ।
सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभाको यस कार्यकालमा राष्ट्रियताका सवालमा अभूतपूर्व काम भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज शनिबार बसेको संसद अधिवेशनको अन्तिम बैठकमा सभामुख सापकोटाले सो कुरा बताउनुभएको हो ।
काठमाडौंमा जारी साफ महिला फुटबलमा पहिलो पटक नयाँ प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका छन् । दशरथ रंगशालामा शुक्रबार नेपालले सदावहार विजेता भारतलाई सेमिफाइनलमा १–० गोलको हार चखाएपछि साफ महिला फुटबलले नयाँ विजेता पाउने पक्का भएको छ ।
गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अन्जु खड्का प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो हुनुभएको छ । विश्वराम छात्र र अन्जु छात्रामा पहिलो हुनुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक शुरुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक शुरुभएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।
प्रतिनिधिसभाको चालु ११ औँ अधिवेशन शनिबार राति १२ देखि अन्त्य हुने भएको छ ।
दशैँ र तिहारलाई लक्षित गरेर शनिबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुले सुपथ मूल्यमा बिक्री गर्ने सहुलियत पसल सञ्चालन गर्नेभएको छ ।
तराई मधेशका महिलाले मनाउने पर्व जितीया पर्वको दोस्रो दिन शनिबार व्रतालुहरुले उपवास बसी जितवाहनको पूजागरी कथा श्रवण गरेका छन् । शुक्रबारदेखि नहाय खायबाट सुरु भएको जितीया पर्वको दोस्रो दिन जितीया व्रतको कथा सुनेर जितीया मनाएका हुन् । जितीयाको तेस्रो दिन आइतवार साँझ ५ वजेतिर सम्पन्न हुनेछ ।
सोलुखुम्बुको थुलङदूधकोशी गाउँपालिका –६ मुक्लीमा दूधकोशी सामुदायिक अस्पताल तयार भएको छ । दुगर्म गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने ब्यक्तिबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माण गरिएको हो ।
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सुदूरपश्चिम प्रदेशको धनगढी रंगशालामा शनिबार प्रदर्शन गरिएको छ ।
राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारीको माध्यमबाट मात्रै मुलुकको समग्र अर्थतन्त्रको विकाश सम्भव भएको बताउनुभएको छ ।
अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएर आएको बाढी बाँकेको डुडुवाका विभिन्न क्षेत्रमा पसेको छ। सो क्रममा सधैं बाढीको जोखिम रहँदै आएको डुडुवा १ कृषि चौफेरी र पाँझा गाउँमा पानी पस्दा स्थानीय त्रसित बनेका छन्।
काठमाडौं, असोज १ गते । फिल्म 'अन्तिम संस्कार'को छायाङ्कन सुरु भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहूर्त गरेर छायाङ्कन सुरु गरिएको हो ।सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको फिल्मको छायाङ्कन गर्न कलाकार विजय लामासहितको टिम मुस्ताङ पुगेका हुन्। फिल्म युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायाङ्कन सकेर बाँकी छायाङ्कन काठमाडौंमा गर्नेछ । विनोद सुवेदीको निर्माणमा बन्ने फिल्मको निर्देशन प्रदीप शाहीले गर्नेछन् । फिल्ममा कलाकार विजय लामासहित दीया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, शारदा गिरी, त्रिचु राई, सश्मिता गिरी र दिग्गज खत्रीलगायतको अभिनय रहनेछ ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसदले दोहो¥याएर पारित गरेको नागरिकता सम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुको विकल्प नरहेको बताउनु भएको छ।