• ११ पुस २०८१, बिहिबार

सार्वजनिक लिखत ऐन संशोधन विधेयकमाथि छलफल

blog

प्रदेश सभा बैठकमा सहभागि सदस्य । तस्बिर :अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, असोज २१ गते ।
 सुदूरपश्चिम प्रदेश सभा बैठकमा सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टको प्रस्तावमा विधेयकमाथि आइतबार बसेको प्रदेशसभा बैठकमा छलफल गरिएको हो । छलफलमा प्रदेश सभा सदस्य मेघराज खड्का, जानकीदेवी कुँवर र टीका थापाले भाग लिनुभएको थियो । उहाँहरूले समयानुकूल बनाउन केही बुँदा थप गर्न आवश्यक भएकाले संशोधन विधेयक आएको भन्दै विधेयकमाथि समर्थन जनाउनुभयो ।

छलफलको क्रममा उठेको विषयबारे जवाफ दिनुहुँदै मन्त्री भट्टले भाषागत शुद्धीकरण गर्नका लागि विधेयकमाथि आंशिक संशोधन गर्न लागेको बताउनुभयो । उहाँले विधेयक सर्वसम्मतले पारित गर्नका लागि सबैलाई आग्रह गर्नुभयो ।