फिदिम नगरपालिका–३, लालीखर्कमा रहेको चिया विस्तार आयोजनामा कार्यालय प्रमुख, प्राविधिक, कार्यालय सहयोगी र श्रमिक गरी १० जना कर्मचारी छन् । यति कर्मचारी रहेको यो कार्यालयको जनशक्तिलाई पर्याप्त काम छैन । उनीहरू प्रायः कार्यालय आउने र जाने काम मात्रै गर्छन् ।
लामो समयदेखि अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्मे हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्कभित्र रहेका यातायात व्यवसायीका काउन्टर तथा ग्यारेज र अटो पार्ट्सका पसल हटाइएका छन् ।
चाडपर्वलक्षित सहुलियत पसल आइतबार (आज) देखि उपत्यकासँगै बाहिरी जिल्लामा सञ्चालन हुँदै छन् । सरकारले चाडपर्वमा उपभोक्तालाई राहत दिन उपत्यकासँगै उपत्यकाबाहिरका विभिन्न जिल्लामा सहुुलियत पसल सञ्चालन गर्न लागेको हो । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान (डिडिसी) र साल्ट टे«डिङ कर्पोरेसनमार्फत सहुलियत पसल सञ्चालन हुन लागेका हुन् ।
एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) ले खेलकुद पत्रकार निरञ्जन राजवंशीलाई सम्मान गरेको छ ।
बाढीमा पुल भासिँदा राजस्व सङ्कलनमा असर परेको छ । राजविराज भन्सार कार्यालयनजिक रहेको जिताहा खोलाको पुल भासिएर तीन महिनादेखि आवागमन बन्द भएपछि सरकारी राजस्व सङ्कलनमा असर परेको हो ।
सिमकोट गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही नै उपस्थित भएनन् । जसका लागि आयोजना गरिएको कार्यक्रम हो सोही समुदाय उपस्थित नभएपछि सरोकारवाला पक्षले गुनासो गरेका छन् । आर्थिक वर्ष २०७९।८० को सार्वजनिक सुनुवाइ कार्यक्रममा वास्तविक सेवाग्राहीको उपस्थिति न्यून भएको सिमकोट गाउँपालिका– ५ का स्थानीय तीर्थराज रोकायाले बताउनुभयो । जसका लागि आयोजना गरिएको हो उनीहरू नै उपस्थित नहुनु गाउँपालिकाको कमजोरी भएको औँल्याउनुभयो ।
मकवानपुर जिल्लामा लागुऔषध प्रयोगकर्तालाई लक्षित गरी सञ्चालनमा रहेका अधिकांश उपचार तथा पुनःस्थापना केन्द्रमा मापदण्ड नपुगेको पाइएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिले यस जिल्लामा सञ्चालित सात वटा उपचार तथा पुनस्र्थापना केन्द्रको अनुगमन गर्दा अधिकांश केन्द्र मापदण्ड अनुसार सञ्चालन नगरेको पाइएको हो ।
यहाँस्थित जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।
रामेछापमा रहेको सीमान्तकृत माझी समुदायले एक वर्षभरि दिवङ्गत भएका पितृलाई सम्झने मौलिक कर्म श्राद्ध गर्छन् । यो समुदायले हरेक वर्ष पितृश्राद्ध तीन दिनसम्म भक्तिभावपूर्वक गर्ने गर्छन् ।
पूर्वी नवलपरासीमा सामूहिक पुष्प खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । नगदे बालीका रूपमा विकास गरी कम लगानीले धेरै आम्दानी लिन सकिने हुनाले जिल्लाका विभिन्न स्थानमा सामूहिक पुष्प खेती गर्न थालिएको छ । अहिले जिल्लाको गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा समूह गठन गरी सामूहिक पुष्प खेती गरिँदै आएको छ ।
नेपाली कांग्रेसका युवानेता तथा सांसद प्रदीप पौडेलले पार्टीको नेतृत्व आम जनताबाट चुनिने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो,“ पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही दिशामा अगाडि बढाउन सक्षम, योग्य नेतृत्व चयन गर्ने अधिकार आमनागरिकमा दिनुपर्छ ।”
पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ ।
पर्वतका सात पालिकामध्ये तीन पालिकामा ‘एक पालिका, एक औद्योगिक ग्राम’ योजना अन्तर्गत उद्योग सञ्चालन गर्ने भनिएको सरकारको योजना नारामै सीमित बनेको छ । औद्योगिक क्षेत्र स्थापना र सञ्चालन गर्न भनी बजेट विनियोजन हुँदासमेत कुस्मा नगरपालिकासहित बिहादी र जलजला गाउँपालिकामा एउटै उद्योग स्थापना हुन सकेको छैन ।
नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको अधिवेशन आजबाट सुरु हुने भएको छ । अधिवेशनको उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओली धनगढी आउँदै कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
थारू जातिले मनाउने जितिया पर्व आइतबार समापन हुँदै छ । तराईमा बसोबास गर्ने थारू समुदायले मनाउने यो पर्वमा शनिबार महिलाले व्रत बसेका थिए । थारू अगुवा ओमकुमारी महत्तोले यस वर्ष पुरुषले अनन्त पर्वको व्रत बसेर मनाउन सुरु गरेको र शनिबार महिलाले व्रत बसेर विधिपूर्वक पूजा गरेर आइतबार समापन गरिने बताउनुभयो ।