नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ ।
मुक्त कमलरी आत्मनिर्भर र स्वावलम्बनमा जोडिन थालेका छन्। पछिल्ला दिनमा मुक्त कमलरीले विभिन्न पेसा, व्यवसाय गर्न थालेका छन्। आफू आत्मनिर्भर बन्नेक्रममा धेरैजसो मुक्त कमलरी परम्परागत पेसा, व्यवसायभन्दा फरकखालका काम पनि गर्न थालेका छन्। तीमध्येकी आत्मनिर्भरताको बाटोमा हिँड्न थाल्नुभएकी घोराही उपमहानगरपालिका–८ बेलुवाकी मुक्त कमलरी अनिता चौधरी हुनुहुन्छ। उहाँ विगत केही वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ।
बाढीपहिरो रोक्न प्रायः ग्याबिन जाली हाल्ने गरिन्छ तर बाजुराको बूढीगङ्गा नगरपालिका–६, बाम्का बजारमुनिको मौरे क्षेत्रमा भने चट्टान (ढुङ्गा) बचाउन ग्याबिन हालिएको छ। बाजुराका झन्डै १५० भन्दा बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराको प्रतिवेदनमा उल्लेख छ। ती बस्तीको बाढीपहिरो रोक्न ग्याबिन लगाउनुपर्नेमा चट्टान बचाउन ग्याबिन लगाइएको छ।
बाजुराको सेरा आटीचौर सडक निर्माण कार्य करिब दुई वर्षसम्म ढिलाइ भएको पाइएको छ। सो सडक निर्माणको काम तत्कालै पूरा हुने सम्भावना पनि न्यून देखिएको छ। २०७९ साल चैत मसान्तसम्म काम पूरा गर्ने गरेर २०७७ असारमा जयदेवी एसएस निर्माण सेवा प्रालिले सेरा आटीचौरअन्तर्गत पर्ने बल्देदेखि धुरालसैनसम्मको पाँच किलोमिटर छ सय मिटर सडक निर्माण कार्यको जिम्मा लिएको थियो।
कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले विपन्न २० परिवारलाई निःशुल्क धारा वितरण गरेको छ। पूर्वी नवलपरासीको कावासोतीमा रहेका विपन्न परिवारका घरमा मङ्गलबार धारा वितरण गरिएको हो। नगरप्रमुख विष्णु भुसाल, संस्थाका अध्यक्ष दीपकराज लम्साल, खानेपानीका पूर्वअध्यक्ष भीम कँडेललगायतले धारा हस्तान्तरण गर्नुभएको हो। धारा, मिटरबक्स, पाइपलगायत जडान गर्दासम्म लाग्ने सम्पूर्ण सामग्री निःशुल्क हुने गरी धारा वितरण गरिएको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दीपकराज लम्सालले बताउनुभयो।
पर्यटकलाई निम्ता गर्दै नेपाली नयाँ वर्षको अवसरमा होटल सङ्घ पोखराले फेवा नववर्ष महोत्सवको आयोजना गरेको छ। पर्यटकको स्वागतमा जागिरहने पोखरामा पर्यटक आवागमन न्यून भइरहेकाले नेपाली नयाँ वर्षसँगै यो अवस्था नरहने विश्वास व्यवसायीको छ। चैत २९ गतेबाट तीन दिन १८औँ फेवा नववर्ष महोत्सव मनाउने होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। पोखरा–६ लेकसाइडको दुई किलोमिटर सडकमा महोत्सवका निम्ति सवारीसाधन आवागमन पनि रोकेर कार्यक्रम गरिँदै छ। महोत्सवले गण्डकी प्रदेशको
विस्तारका क्रममा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा चार वर्षमा २८ प्रतिशत काम भएको छ। सडक विस्तारको काम सुस्त त भएको छ, अर्कोतिर राजमार्गसँग जोडिएका मुख्य बजारका स्थानीय धुलोले गर्दा आजित भएका छन्। दैनिक ५० हजारभन्दा धेरै सवारी चल्ने यो सडकमा धुलो उडेर दिउँसै अँध्यारो हुन्छ। धुलो उडेर पाँच मिटर अगाडिको दृश्य पनि देख्न सकिँदैन। पानी पर्दा हिलो र अन्य समयमा धुलो उड्दा राजमार्ग क्षेत्रका स्थानीयवासीको दैनिकीमा समेत असर परेको कावासोतीका रितु पाण्डे बताउनुहुन्छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आउनुभयो ।
नेपालमा सरकार तथा अन्तर्राष्ट्रिय समन्वयकारी प्रयासका कारण मातृ मृत्युदरमा निकै कमी आएको छ । राष्ट्रिय जनगणना २०७८ का क्रममा गरिएको दोहोरो अध्ययनबाट मातृ मृत्युदरको वास्तविक स्वरूप पत्ता लगाइएको हो । यसअघि जनगणनाले मातृ मृत्युदर उच्च तथा सम्बद्ध संस्थाका सर्वेक्षणले कम देखाउने गर्थे । अहिले जनगणनाले देखाएको तथ्याङ्क विश्लेषण गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खटाएका स्वास्थ्यकर्मी टोलीले नमुना छनोटका आधारमा गरेको सर्वेक्षणले त्यस्तो दोहोरो तथ्याङ्कको
राज्यका निर्णायक तहमा महिला सहभागिता सुनिश्चित गर्नका लागि संविधान र कानुनमा गरिएका व्यवस्था कारण महिलाको प्रतिनिधित्व बढ्दै गएको देखिन्छ । नेपालमा राजनीतिक दलको इतिहास सात दशकभन्दा लामो छ । तर, दलभित्र समावेशिताको विषय उठ्न थालेको र कार्यान्वयनको गर्न थालिएको धेरै भएको छैन । राजनीतिक दल स्थापना हुँदाका बखत महिलालाई मतदान गर्ने अधिकार पनि थिएन । वि.सं. २०१० मा भएको नगरपालिकाको चुनावबाट महिलाले पहिलो पटक मताधिकार प्राप्त गरी उम्मेदवारसमेत बन्ने अवसर पाएका थिए ।
सन् १७५७ मा सुधारको माग राख्दै भारतको मेरठ राज्यका सिपाहीहरूले विद्रोह गरेका थिए । सिपाही मङ्गल पांडेले अङ्गेज अफिसर मारेर सुरु गरेको विद्रोह भारतभरि फैलियो । नेपाल तथा अन्य भारतीय राज्यहरूको सहयोगले विद्रोह दमन गरे पनि तत्कालीन गर्भनर जनरल केनिङले भारतमा शासन मात्र होइन, सुधार पनि गर्नु प¥यो भन्ने सोचका साथ अङ्ग्रेजी शिक्षाको प्रारम्भ गरेका थिए । त्यहीँ अङ्ग्रेजी शिक्षा थापाथली दरबारबाट बाहिर निस्कियो र दरबार स्कुल बन्यो । चन्द्रशमशेर प्रधानमन्त्री भएपछि यिनलाई कलेज खोल्ने चौतर्फी दबाब बढ्यो, सुनको साँचो र चाँदीको ताल्चाबाट त्रिभुवन चन्द्र कलेजको ढोका खुल्यो । दरबार स्कुलबाट प्रथम श्रेणीमा उत्तीर्ण भएका गङ्गालाल श्रेष्ठले त्रिभुवन चन्द्र (त्रिचन्द्र) कलेजको विज्ञान विषयमा प्रवेश पाए ।
नेपाल सरकारको स्वामित्वमा रहेका चिया बगान लिजमा लिएको भारतको त्रिवेणी सघाई ग्रुपसँग चिया बगान रहेको इलाम र झापाका पालिकाहरूले कर उठाउनका लागि अदालत जाने तयारी थालेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाजस्ता पार्टीको गठबन्धनबाट नै एमालेको तीनवर्षे सरकार ढलेको थियो । निर्वाचनताका सिट बाँडफाँटमा केही तलमाथि भएपछि जनता समाजवादी पार्टी बाहिरिएको थियो । तराई मधेशकै अर्को लोकतान्त्रिक समाजवादी पार्टी यस पाँचदलीय गठबन्धनमा सामेल भएपछि पुनः पाँचदलीय गठबन्धनले चुनाव लडेको थियो । यसपालिको निर्वाचन परिणामअनुसार सरकार बनाउने बहुमत कसैलाई पुगेन, फलस्वरूप मिलिजुली सरकार बन्यो ।
कुनै पनि मुलुकको आर्थिक विकासका लागि आवश्यक पर्ने उत्पादनका साधनमध्ये सबैभन्दा महìवपूर्ण साधनका रूपमा उक्त मुलुकको मानव संसाधनलाई लिइने गरिन्छ । उत्पादनको एक मात्र सक्रिय साधन मानव संसाधनको अवस्थाले उक्त मुलुकको उत्पादनको मात्रा, उत्पादित वस्तुको गुणस्तर, उत्पादकत्वजस्ता आर्थिक पक्षमा गहिरो प्रभाव पार्ने गर्छ । उपलब्ध मानव संसाधनमा उत्पादनशील उमेरको सङ्ख्या बढी छ, साक्षरता दर, औसत आयुमा वृद्धि हँुदै गएको छ, मातृ मृत्युदर, शिशु मृत्युदर, जन्मदरमा कमी आएको छ भने त्यो मुलुकको जनसङ्ख्याले अर्थतन्त्रमा टेवा पु¥याउन सक्ने क्षमता राख्छ भन्ने मान्यता छ । यसलाई जनसाङ्ख्यिक लाभांशका नामले समेत चिनिन्छ । भर्खरै सार्वजनिक राष्ट्रिय जनगणना, २०७८