श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (बुधबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ ।
बाँकेको नौवस्ता औद्योगिक क्षेत्र निर्माण र बस्ती व्यवस्थापनका बारेमा सर्वदलीय सहमति भएको छ । सो सहमतिसँगै औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ । सुकुम्बासीको अवरोधका कारण निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको सो औद्योगिक क्षेत्र निर्माण सुरु गर्न र बस्तीसमेत व्यवस्थापन गर्नका लागि सर्वदलीय सहमति बनेको औद्योगिक क्षेत्रका कार्यालय प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो ।
१. बेलायतको नयाँ राजा को बनेका छन् ? चाल्र्स तृतीय बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठा छोरा चाल्र्स त्यहाँको राजा चाल्र्स तृतीय बनेका हुन्। – यससँगै उनी १४ वटा राष्ट्रमण्डल देशका राष्ट्रप्रमुख पनि बनेका छन्।
मौलिक हक र नागरिकको कर्तव्य १. जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपालले के कस्तो वित्त व्यवस्थापन रणनीति तय गरेको छ ? उल्लेख गर्नुहोस्। जलवायु परिवर्तन वर्तमान र भावी पुस्ताको ज्वलन्त समस्याका रूपमा देखा परेको छ। यो एक विश्वव्यापी साझा समस्या रहेकाले यसलाई सम्बोधन गर्न सबै मुलुकले आ–आफ्नो क्षमताअनुसारको दायित्व बहन गर्नुपर्ने मान्यता विकसित भएको छ। जलवायु परिवर्तनका विषयलाई सम्बोधन गर्न नेपालले राष्ट्रिय स्रोतको पहिचान गर्ने र द्विपक्षीय, बहुपक्षीय तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोतमा पहुँच बढाई सबै स्रोतलाई न्यायोचित परिचालन ग
बर्दिबासस्थित आँखा उपचार केन्द्रले ‘घरघरमा डाक्टर’ अभियान सञ्चालन गरेको छ। ग्रामीण भेगका गरिब तथा विपन्नको आँखाको समस्या पहिचान र उपचार गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको केन्द्रले जनाएको छ। नेपाल नेत्र ज्योति सङ्घ, पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम तथा सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा अभियान सञ्चालन गरेको केन्द्रका प्रमुख रमेश साहले बताउनुभयो।
राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो ।
धनुषाको शहीद नगरपालिका–६, हठिपुरकी ५२ वर्षीया चन्द्रकला पासवान कृषि मजदुर हुनुहुन्छ। दिनभरि कृषि मजदुरी गरेबापत उहाँले पाँच किलो धान पारिश्रमिक पाउनुहुन्छ। एक किलो धानको बजार मूल्य २० रुपियाँ छ। यस हिसाबले ज्यालाबापत एक सय रुपियाँ मूल्य बराबरको धान चन्द्रकलाले पाउनुहुन्छ।
पछिल्लो समय कोल्ड स्टोर (शीत भण्डार) निर्माण तीव्र रूपमा भइरहे पनि भण्डारणका लागि आवश्यक कृषि उत्पादनको भने अभाव देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले आव २०७८÷७९ मा देशैभरिका शीत भण्डारबारे गरेको अध्ययनले शीत भण्डारमा राख्ने कृषिजन्य वस्तुको कमी रहेको औँल्याएको हो ।
काठमाडौँ महानगरपालिकालाई मनोरञ्जन कर नबुझाउने पाँचवटा क्यासिनोसहित नौवटा संस्थाले ८४ लाख ३४ हजार ३६३ रुपियाँ राजस्व बुझाएका छन् । महानगरले ४५ वटा संस्थालाई मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन पत्र काटेकोमा नौवटा संस्थाले मात्रै राजस्व बुझाएका हुन् । पत्र काटेका मध्ये दुईवटा क्यासिनोले सञ्चालनमा नरहेको भन्दै कर बुझाएका छैनन् ।
सरकारले केराउ, सुपारी र कालो मरीचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रूपमा ल्याउन सकिने गरी खुला गरेको छ । राजपत्रमा सूचना निकालेर आयात खुला गरिएको हो ।
कोसीटप्पु वन्यजन्तु आरक्षबाट चितवन ल्याइएका अर्ना मर्नुमा चितवन राष्ट्रिय निकुञ्जको व्यवस्थापकीय कमजोरीसँगै बाघसँग जुधेर लड्ने, बच्ने कला नजान्नु प्रमुख कारण भएको औँल्याइएको छ । सात वर्षको अन्तरालमा स्थानान्तरण गरी ल्याइएका र यहाँ जन्मेका गरी २१ वटा अर्ना मरेपछि अहिले यसको कमजोरीका बारेमा स्वयं निकुञ्ज प्रशासनले समेत समीक्षा सुरु गरेको छ ।
प्रदेश १ मा ३२० जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार अहिलेसम्म पहाडका जिल्लामा यसको प्रभाव बढी देखिएको हो। तथ्याङ्कअनुसार सबैभन्दा बढी तेह्रथुम जिल्लामा ११० जना, सङ्खुवासभामा ६६ जनामा देखिएको छ। यसैगरी झापा र भोजपुरमा २४÷२४ जना, मोरङमा १९ जना, ताप्लेजुङ १६, धनकुटा १८, पाँचथर र सोलु तीन÷तीन जना, उदयपुर नौ जना र सुनसरीमा २८ जनामा डेङ्गु सङ्क्रमण भेटिएको छ।
पहाडी जिल्लामा स्वास्थ्य सेवालाई चुस्त बनाउन चिकित्सक आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले सुविधासहित प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। सरकारले चिकित्सकलाई पहाडी जिल्लाका अस्पतालमा परिचालन गर्न ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि–२०७९ कार्यान्वयनमा ल्याएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताउनुभएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गर्नुभएको छ । राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता अधिकार व्यवस्था गरेको उल्लेख गर्नुभएको छ । अन्ठाउन्नौँ राष्ट्रिय बाल दिवसका सन्दर्भमा प्रमुख शर्माले एक शुभकामना सन्देश दिँदै नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको उल्लेख गर्नुभयो ।