• १३ साउन २०८१, आइतबार

आयुर्वेद स्वास्थ्य विस्तार गरिँदै

blog

प्युठान समाचारदाता

प्युठान, भदौ ३० गते । सङ्घीय संरचनासँगै स्थानीय तहमा पनि आयुर्वेद स्वास्थ्य सेवाको पहुँच पुग्न थालेको छ। प्युठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्रसँगै नागरिक आरोग्य केन्द्र, औषधालय, विस्तारित सेवा केन्द्रबाट सेवा प्रवाह गरिएको केन्द्रका निमित्त प्रमुख शिशिर पोखरेलले बताउनुभयो।

“पहिले जिल्लाको तीन ठाउँबाट मात्र यो सेवा उपलब्ध थियो,” उहाँले भन्नुभयो, “अहिले सरुमारानी गाउँपालिकाबाहेकका पालिकामा सेवा पुगेको छ।” गएको दुई आर्थिक वर्षमा स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापना भएका हुन्। 

सङ्घीय सरकारको नीति तथा कार्यक्रमअन्तर्गत पालिकास्तरमा आयुर्वेद सेवा विस्तार भएका हुन्। ती केन्द्रले नियमित स्वास्थ्य जाँचसँगै गाउँमा औषधिको प्रवद्र्धन र योग, ध्यानलगायतको व्यवहार परिवर्तनका कामसमेत गर्दै आएका छन्। 

सो केन्द्रमा चिकित्सकीय सेवासहितको पञ्चकर्म, पूर्वकर्म, ल्याब सेवासहितको सुविधा उपलब्ध छ। त्यसबाहेक अरू ठाउँबाट पनि उपचारसँगै व्यवहार परिवर्तनका लागि योग ध्यानका विषयमा परामर्श दिने गरिएको जानकारी पोखरेलले दिनुभयो।