पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरा ३८ दशमलव ८८ किलोमिटर दूरीको जसमध्ये २० किलोमिटर दूरीमा छ लेनको बनाईने मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख राजेश पौडेलले जानकारी दिनुभयो ।
इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखना सञ्चालन गरेको छ । इजराली भूमिमाथि आक्रमण भएपछि ुडिफेन्स फोर्स आर्टीलरीु गाजा पट्टी भित्र तैनाथ गरिएको सेनाले जनाएको छ ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिनुभएको छ ।
ड्युटीमा रहेको नगर प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू ।
मौलिक कला, संस्कृति र गीत सङ्गीतमा प्रसिद्ध मानिने बागलुङमा एक दशकयता निकै कम हुँदै गएका छन् । सहरदेखि गाउँसम्म जताततै मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि हिजोआज सुनिन छोडेका छन् ।
इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु भएको छ । विदेशमा रहेका इजिप्टका मतदाताहरूले यसअघि डिसेम्बर १ देखि डिसेम्बर ३ सम्म मतदान गरेका थिए ।
कालीकोट सदरमुकाम मान्ममा खाना पकाउने ग्यासको मूल्य वृद्धि हुँदा खरिदबिक्रीमा मनपरी देखिएको छ । त्यसले गर्दा विद्यार्थी मारमा परेका छन् । कक्षा ११ पढ्ने र एसइईको तयारी कक्षा पढ्न आएका विद्यार्थी सबैभन्दा बढी मारेमा परेका छन् । सदरमुकाम मान्ममा प्रतिसिलिन्डरको मूल्य दुई हजार दुई सय रहेको छ भने सदरमुकाम मान्म आसपास दुई हजार पाँच सय देखि तीन हजार पाँच सयसम्म पर्ने गरेको छ ।
सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ । आईतबार काठमाण्डौबाट कार्गो सामाग्री लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको हो ।
कर्णाली प्रदेशमा भ्रष्टाचारसम्बन्धी उजुरीको दर बर्सेनि बढ्दो रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले उजुरी आउने दर कर्णालीमा उच्च रहेको जानकारी दिएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार ३४२ उजुरी परेका थिए । आव २०७९/८० मा त्यो सङ्ख्या बढेर दुई हजार ९३ पुगेको थियो । चालु आवको पाँच महिनाको अवधिमा ७६३ उजुरी परेका छन् । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ९४४ गरी यो वर्ष एक हजार ७०७ उजुरी कार्यालयको दायित्वभित्र परेका छन् । गत आवमा उजुरी वृद्धिदर ५६.१८ प्रतिशत थियो । यो वर्षको पाँच महिनामै ५८.२० प्रतिशतले वृद्धि भएको छ । यो वर्षको हालसम्ममा सबैभन्दा बढी सुर्खेतका १५२ उजुरी परेका छन् । दैलेखबाट १२२, जुम्लाबाट ९३, मुगुबाट ६६, रुकुमपश्चिमबाट ६४, जाजरकोट र हुम्लाबाट ५५/५५, कालीकोट र सल्यानबाट ५०/५०, डोल्पाबाट ४१ र रुकुमपूर्वबाट १५ उजुरी परेका छन् । आयोगको कार्यालय सुर्खेतले १९२ मुद्दामा विस्तृत अनुसन्धान गरिरहेकामा १७ वटाको अनुसन्धान सम्पन्न गरी प्रतिवेदन आयोगमा पेस गरेको छ । अहिले १७५ मुद्दामा अनुसन्धान भइरहेको छ । कर्णालीका दुई वटा मुद्दा विशेष अदालतमा दायर भएका छन् । विस्तृत अनुसन्धानबाट भ्रष्टाचार भएको ठहर गरेका ती मुद्दा विशेष अदालतमा पठाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न माध्यमबाट प्राप्त उजुरीका आधारमा आवश्यक अनुसन्धान गरी भ्रष्टाचार र अनियमितता भएको ठहर गरेमा बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने गरेको छ । छायानाथ रारा नगरपालिका मुगुविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको जनाइएको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका तत्कालीन आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयविरुद्ध पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
ठकुरी समुदायको बाहुल्य रहेको कालीकोटको रास्कोटमा तत्कालीन पञ्चायती व्यवस्थामा निर्वाचित प्रधानपञ्च नरपति लुवार अहिले समाजका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त प्रबुद्ध समूहको प्रतिनिधित्व रहने राष्ट्रियसभा सदस्य हुनुहुन्छ ।
रम्भा गाउँपालिका पाल्पाका १० पालिकामध्येको सानो हो । भौगोलिक रूपमा यो गाउँपालिका ९४ वर्गमिटर क्षेत्रफलमा मात्रै फैलिएको छ । उत्तरतर्फ कालीगण्डकी नदीले छोएको यो गाउँपालिकाका पाँच वडामा २५ हजारभन्दा बढी जनसङ्ख्याको बसोबास छ । स्थानीय तह बनेपछि विसं २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनबाट दुई पटक नेकपा (एमाले) बाट अध्यक्षको उम्मेदवार बन्नुभएका विष्णुप्रसाद भण्डारी निर्वाचित हुनुभयो । उहाँसँग पालिकामा भएका विकास निर्माणबारे गोरखापत्रका तानसेन समाचारदाता रेखीराम रानाले गर्नुभएको कुराकानी :
सुनसरीका १२ वटा स्थानीय तहमध्ये इनरुवा नगरपालिका जिल्लाको सदरमुकाम हो । यो नगरपालिकामा कुल १० वटा वडा छन् । विसं २०७९ वैशाखमा भएको दोस्रो स्थानीय तहको निर्वाचनमा नेपाली
सुनसरीका किसानले खेत खनजोत नै नगरी बाली लगाएर राम्रो आम्दानी गर्ने गरेका छन् । किसानले शून्य खनजोत प्रविधिको प्रयोग गरेर मकै लगाउँदा कम लागतमा बढी उत्पादन लिन सफल भएका छन् ।
जनकपुरधाममा सीताराम विवाहपञ्चमीका अवसरमा एक सय दुई क्विन्टल अनाज प्रयोग गरी ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण थालिएको छ । एक सय दुई क्विन्टल अन्न प्रयोग गरी जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्र बिघा) मा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमालाई आकार दिन आइतबार साँझदेखि चकले ब्लक बनाउने कार्य सुरु भएको हो । प्रत्येक वर्ष जनकपुरधाममा हुने विवाहपञ्चमीको