मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रूपमा बिक्री वितरण भइरहेका छन् ।
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भएको छ ।
भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालका भूभागहरू समेत समावेश गरिएको भन्दै नेकपा (एमाले) रुपन्देहीले गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम उल्लेख गरिएको छ ।
पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा फैलिँदै गएको थालेसेमिया रोग थारु समुदायका बालबालिकामा बढी देखा परेको चिकित्सकहरूले जनाएको छ ।
गुणस्तर शिक्षा प्रदानका लागि बाल विकास कक्षा व्यवस्थापनमा धनौजी गाउँपालिकाले तीव्रता देखाएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदलाई व्यक्तिगत रूपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताउनुभएको छ।
पठन संस्कृतिको विकासका लागि पहिलो पटक पालिका स्तरीय वृहत् पढाइ मेला सम्पन्न भएको छ । शारदा नगरपालिका २ स्थित त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङमा पढाइ मेला सम्पन्न भएको हो ।
रक्षा मन्त्रालयले एपीसीलगायतका हातहतियार खरिद गर्ने निर्णय भएको भनी केही सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ ।
यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुङ्गामा राजश्व सङ्कलन वृद्धि भएको छ । कार्यालयले चालु आर्थिक वर्षको दश महिनाको अवधिमा दुई करोड ४४ लाख ५९ हजार पाँच सय २० रुपियाँ राजश्व सङ्कलन गरेको हो ।
गणतन्त्र दिवस २०८० को अवसरमा मंगलबार गणतन्त्र दिवस सांस्कृतिक साँझ आयोजना गरिने भएको छ। गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा साँझ ६ देखि सवा ७ बजेसम्म राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक साँझ हुन लागेको हो।
कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औँलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्थ सिटी’ का रूपमा विकास भएको छ ।
भ्रष्टाचार गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षकविरुद्ध झण्डै साढे चार करोड बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका –१६ मा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा दशनार्थीको घुइँचो लागेको छ । गङ्गा दशहराको अवसरमा पूजापाठ र मन्दिरको दर्शन गर्नेको मंगलबार घुइँचो लागेको हो ।
महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको एनएमबी बैंकको शाखामा मंगलबार अज्ञात समूहले लुटपाट गरेको छ।