‘श्रीनगर सांस्कृतिक डबली’ खुला नाचघर तानसेन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपियाँ लागतमा निर्माण गरिएको डबली संरक्षण, सञ्चालन, व्यवस्थापनको अधिकारसहित नगरपालिकालाई हस्तान्तरण गरिएको हो । यो डबली जिल्लाकै महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रूपमा रहेको छ । प्रदेश सरकारको छ करोड ८२ लाख ५६ हजार रुपियाँ लागतमा तानसेनको बतासेमा सांस्कृतिक डबली बनाइएको छ । विभिन्न जातजातिको कलासंस्कृति यस डबलीमा प्रदर्शन गरेर आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखी यसको निर्माण गरिएको थियो । निर्माण सम्पन्न भएको डबलीको साँचो मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तानसेनका प्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ । मङ्गलवारबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्य पहाडी पुष्पलाल लोक मार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो ।
सुविधासम्पन्न दर्जनौँ स्वास्थ्य संस्था रहेको बाँकेको नेपालगन्ज सहरमै मातृ मृत्युदर उच्च रहेको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकामा चालु आर्थिक वर्षमा तीन आमाको मृत्यु भइसकेको छ । गत वर्ष पनि पाँच आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो । नेपालगन्जमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या पनि धेरै छ ।
धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालकै पहिलो थ्री डी चाल विश्लेषण प्रयोगशाला स्थापना भएको छ । सोमबार जेनेभा युनिभर्सिटी हस्पिटल्स, स्विट्जरल्यान्डको सहयोगमा
दाङको गढवा–कालाकाटे हुलाकी सडक निर्माणको काम पुनः सुरु भएको छ । गएको जेठदेखि रोकिएको गढवा–कालाकाटे सडकखण्ड अन्तर्गत गढवादेखि वनघुर्सीसम्मको सडक निर्माणको काम सुरु भएको हो । हुलाकी सडक अन्तर्गत गढवा बजारदेखि राजपुर गाउँपालिकाको जङ्ग्रहवासम्मको सडक कालोपत्रे सम्पन्न भए पनि गढवादेखि कालाकाटेसम्मको सडक निर्माण हुन सकेको थिएन । सवारी सञ्चालनदेखि धुलोका कारण स्थानीयको जनजीवन प्रभावित हुने गरेको छ ।
भारतीय सीमासँग जोडिएको सर्लाहीस्थित नारायणपुर गाउँमा सोमबार २९३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । पर्सा गाउँपालिका–३ मा पर्ने साबिकको नारायणपुर गाउँ विकास समिति (गाविस) मा २९३ थान लालपुर्जा वितरण गरिएको हो । वर्षौंदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय मलङ्गवाले जनाएको छ ।
आठ दिनको नवजात शिशुको स्याहार गरिरहेकी मीना दर्जी बैङ्कका कर्मचारी, स्वास्थ्यकर्मीसहित नगर उपप्रमुख घरमा देखेपछि झसङ्ग हुनुभयो । एकै पटक धेरै जनालाई देखेपछि मीनाको मनमा अनेक कुरा खेल्न थाल्यो । छोराको आशामा आधा दर्जन छोरी जन्माएकी मीनालाई सबैले सोध्ने प्रश्न सोध्न र सम्झाउन आएका होलान् भनेर चिन्ता पनि प¥यो । उहाँले हाँस्दै भन्नुभयो, “सुरुमा एकै पटक कोठाभित्र पस्दा म अलमल परेकी थिएँ, कुरो बुझेपछि भने खुसी भएँ ।”
स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मा रहेको टुँडिखेलमा हङकङ पार्क बनेको छ । स्याङ्जा जनसेवा समिति हङकङले हङकङमा रहेका स्याङ्जावासीसँग रकम सङ्कलन गरेर टुँडिखेलमा अत्याधुनिक पार्क निर्माण गरेको हो । विगतमा राजनीतिक दलका नेताले भाषण गर्ने टुँडिखेल बच्चा, युवा तथा वृद्ध घुम्ने र बस्ने पार्क बनेको हो । जनसेवा समिति हङकङका सस्थापक अध्यक्ष भक्त गुरुङले हङकङवासी र स्याङ्जावासी नेपालीबिचको सम्बन्ध सुमधुर राख्ने उद्देश्यले हङकङ पार्कको निर्माण गरेको बताउनुभयो ।
जिल्लाको नलगाड नगरपालिका १ चिउरीकी विमला महर सुत्केरी भएको आज दुई हप्ता मात्र भएको छ । पालको वासमा रहेकी उहाँलाई चिसो थेग्न निकै मुस्किल परेको छ । चिसोले राती निन्द्रा नपरेपछि दिउसो घाममा सुत्ने गरेको तर तीन दिन यता भइरहेको बदलीले गर्दा समस्या भएको उहाँको भनाई छ । चिसोले गर्दा होला रातभर बच्चा रोई रहने र आफू पनि सुन्निएको विमलाको चिन्ता छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीको पुनहिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज गरिएको छ। पुनहिल पुगेका पर्यटकले त्यहाँ सञ्चालन भएको टी हाउसबाट पानी किनेर पिउनुपर्ने नियम छ। पुनहिल जाँदा थर्मसमा आफैँ तातोपानी बोकेर लैजान नपाएको पर्यटकले गुनासो गरेका छन् । घोडेपानीका स्थानीयले पुनहिल सञ्चालन गर्दा बनाएको वर्षौंदेखिको नियमलाई अहिले गाउँपालिकाले पनि कायम राखेको छ ।
खोटाङको हलेसीसँगै पाँच धार्मिक स्थलमा बालाचतुर्दशी मेला लागेको छ । बालाचतुर्दशीको दिन सोमबार हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित प्रसिद्ध त्रिधार्मिक तपोभूमि हलेसीलगायत अन्य चार धार्मिक स्थलमा पनि मेला लागेको छ ।
शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन् । नियमितरूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि तिर्दै आएका छन् ।
भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अनुमानित कुल रु १८ करोड ५३ लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो ।
लामो समयदेखि निरन्तर ओरालो लागेको सेयर बजारका कारण लगानीकर्ता निराश भइरहेको अवस्थामा नेपाल राष्ट्र बैङ्कद्वारा शुक्रबार जारी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि भने नयाँ परिस्थिति सिर्जना भएको छ। अनुमान गरिए अनुसार नै आइतबारे बजार खुल्नासाथ सेयरका भाउमा एकाएक उछाल आयो । सेयरका भाउ तीव्र बढ्दा छोटो समयमै कारोबार रोक्नु प¥यो । सेयर बजारको तथ्याङ्कीय मापक नेप्सेमा १११ अङ्कको वृद्धि भयो । अर्को दिन सोमबार नेप्से बढेन, बरु घट्यो तर कारोबार झन्डै पाँच अर्ब पुग्यो । केही वर्षअघि तीन हजार बिन्दुभन्दा
जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ ।