भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गर्नुभएको छ।
म्याग्दीको बेनी नगरपालिकाले कोल्ड स्टोर निर्माणको काम थालेको छ । नगरपालिकाले फलफुल तथा तरकारी सञ्चय गरेर बेमौसमी तबरले बिक्री गर्न सहज होस् भन्ने उद्देश्यसाथ कोल्ड स्टोर निर्माण थालेको हो ।
चीनको होङझावमा हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि करातेको अन्तिम खेलाडी छनोट बुधबार सातदोबाटोस्थित कराते हलमा सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा मुक्त कमैया र हलियालाई प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ।
दि राइजिङ नेपालका उपसम्पादक नन्दलाल तिवारी गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा नियुक्त हुनुभएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताउनुभएको छ।
सरकारले विपन्न, असहाय बेवारिसे बिरामीको लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गराउन सम्बन्धित अस्पताललाई ताकेता गरेको छ ।
सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा मकै काट्ने र छोडाउने मेसिन (कम्बाईन हार्वेस्टर) को बुधाबार उद्घाटन गरिएको छ ।
मानव बस्ती आसपास आउने चराको गणना सुरु भएको छ । नेपाल पन्छी संरक्षण सङ्घको आयोजनामा जेठ १८ गतेदेखि छिमेकी चरा गणना हुने भएको हो ।
बाँकेको डुडुवा गाउँपालिकाले १३ करोड २६ लाखको लागतमा वडा नम्बर ३ को बनकट्टीमा नयाँ आधुनिक भवन निर्माण गरेको छ ।
सार्वजनिक शिक्षा सुधारका लागि शिक्षामा लगानी बढाउन सरोकारवालाहरूले सुझाव दिएका छन् । कर्णाली प्रदेश सरकारको बजेट तर्जुमाको सन्दर्भमा शिक्षामा २० प्रतिशत लगानी सुनिश्चित गर्न माग गरिएको हो ।
नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
स्याङ्जाको जिल्ला अस्पतालमा पाइने शल्यक्रिया मार्फत प्रसूति सेवा गह्रौँ प्राथमिक अस्पताल वालिङमा पनि दिन थालिएको छ । अस्पतालले पहिलो पटक वडा नं ६ की ३२ वर्षीय महिलाको शल्यक्रिया मार्फत प्रसूति गराएको हो ।
विमास्थलमा प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको हो। प्रधानमन्त्रीको स्वागतका लागि राज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीको उपस्थिति थियो।