नवलपुरका अधिकांश स्थानमा यतिखेर तोरी फुलेको देख्न सकिन्छ । तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा तेलहन बालीको क्षेत्रफल घटेसँगै उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।
नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंहले मङ्गलबार गोपाल थापालाई सोझो सेटमा ११–०, ११–९ र ११–२ ले हराएर एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा स्थान बनाउनुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका ई–रिक्सा छोड्न माग गर्दै चालकहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले मङ्गलबार उप–महानगरपालिकाको मूल प्रवेशद्वार घेराउ गरी नाराबाजी गरेका छन् ।
सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) ७० हजार पुगेको छ ।
बाँकेको नौबस्तामा रहेको बालसुधार गृहका बालबन्दीलाई विभिन्न सामग्री प्रदान गरिएको छ ।
गुल्मीको स्टार युवा क्लबको आयोजनामा पुस ७ देखि १० गतेसम्म माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरुद्ध हिंसात्मक घटना भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो ।
झिमरुक गाउँपालिकामा चितुवाले पशुचौपाया खान थाले स्थानीय त्रसित बनेका छन् । पालिकाका विभिन्न बस्तीमा दिउँसोको समयमा घरमा रहेका पशुचौपायालाई चितुवाले आक्रमण गरेर मार्न थालेपछि स्थानीय त्रसित बनेका हुन् ।
नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ ।
इलाम अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा आगलागी भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयभन्दा माथि रहेको अस्पतालको क्वाटरसँगै जोडिएको भान्सा घरमा आगलागी भएको हो ।
एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ।
जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रूपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरूप मनाइँदै आएको छ ।
केही दिनयता मुगुमा चिसो बढ्दै गएको छ । हिमपात पनि सुरु भएको छ । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले मुगुम कार्मारोङ्ग गाउँपालिका-२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम झरेका छन् ।
नागरिकको सुरक्षा र समाजमा शान्ति स्थापना कायम गर्न सञ्चारको भरपर्दो सुविधा नहुँदा सोचेजस्तो सेवा प्रदान गर्न नसकिएको प्रहरीको गुनासो छ ।
क्रिकेट पाल्पा स्कुल कप-२०८० को उपाधि तानसेनको न्यू होराइजन माविले हात पारेको छ ।