युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । हंगेरीमा बुधबार राति भएको फाइनलमा इटालियन क्लब एस रोमालाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै सेभिया च्याम्पियन बनेको हो ।
सुनको मूल्यमा बिहीबार नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य हालसम्मकै उच्च रहेको नपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नदी कटान नियन्त्रणलाई प्राथमिकता दिन माग गरिएको छ ।
संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताउँदै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको अक्षरशः पालना हुनुपर्ने सर्त अघि सारेको छ ।
अस्पतालहरूमा स्वास्थ्य सेवा विस्तारसँगै स्वास्थ्य बिमाको पहुँच बढ्न थालेको छ । पैसा बोकेर अस्पताल जानेहरू अहिले स्वास्थ्य बीमाको कार्ड बोकेर अस्पताल धाउन थालेका छन् ।
मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पनि नेपालले जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले हरायो ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ ।
नेकपा (एमाले) ले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका -१५ स्थित जाँतेकी महिलाले आफूसहित दुई सन्तानलाई विष खुवाउँदा दुधे बालकको मृत्यु भएको छ । सोनी पाख्रिनले आफ्नो दुई सन्तानलाई विष पिलाएर आफूले पनि विष पिउनुभएको हो ।
महोत्तरीमा केही समयदेखि चौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग तीव्र गतिमा फैलिएको छ । सुरुमा बर्दिबास नगरपालिकामा देखिएको यो रोगबाट अहिले समसी, पिपरा, मटिहानी, औरही, बलवासहित सात पालिकाका करिब तीन हजार गाईगोरु प्रभावित भएका छन् ।
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको छ । सो जानकारी प्रधानमन्त्रीकाे निजी सचिवालयले दिएको हो ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पहार अर्पण गर्नुभएको छ ।
धनुषासहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो ।
कथा त्यति बेलाको हो, जति बेला भगवान् राम वनबासको क्रममा थिए । त्यति बेला उनी पत्नी सीता र भाइ लक्ष्मणका साथ चित्रकूट पर्वतमा बस्थे । उनी एक दिन घुुम्दै सपरिवार महर्षि अत्रिको आश्रममा पुगेका थिए । आश्रममा अनायासै रामको उपस्थिति देखेर महर्षि अत्रि आश्चर्यचकित भए । उनले रामको आश्रमोचित स्वागतसत्कार गर्दै अचानक आउनुका कारण सोधे । अत्रिको प्रश्नले रामलाई केही असहज त लागेको थियो तर त्यतातिर ध्यान दिने अवस्था थिएन । त्यसैले सहज भावमा प्रस्तुत हुँदै भने–
बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन ।