तनहुँ जिल्ला बाख्रा पालन व्यवसायको लागि उपयुक्त जिल्ला मानिन्छ । वन जङ्गल तथा प्रशस्त घाँसेमैदान भएकोले बाख्रा पालनको लागि राम्रो रहेको कृषकको भनाइ छ तर यहाँका किसानले उत्पादन गरेको बाख्रा बिक्री हुन सकेको छैन ।
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
सर्वोच्च अदालतले सङ्घीय सरकारविरुद्ध बागमती प्रदेश सरकारले दायर गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पस नेपाली विभागद्वारा प्रकाशित 'प्रज्ञान' को लोकार्पण गरिएको छ । त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले ‘प्रज्ञान’को लोकार्पण गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शिक्षा युग सुहाउँदो मौलिक र अन्तर्राष्ट्रियस्तरको हुनु अत्यावश्यक रहेको बताउनुभएको छ ।
ताप्लेजुङमा अहिले प्रति मन (४० किलो) रू. ६९ हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी बालमणि बरालले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको सबैभन्दा बढी गत सोमबार रू ७१ हजारका दरले कारोबार भएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की चढेको सवारी साधन तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई पक्राउ गरेको छ ।
तानसेनमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगितामा तानसेन-९ दमकडा फाइनलमा प्रवेश गरेको छ । तानसेनस्थित टुँडिखेल मैदानमा तानसेन–९, र तानसेन-६, का बिचमा भएको प्रतिष्पर्धामा तानसेन ९ दमकडा ३-२ गोल अन्तरले विजयी बनेको हो ।
नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् ।
झापाको दमक नगरपालिकाले ‘लागु औषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान’ सुरु गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र नियमविपरीत र कागजातबिना सञ्चालनमा रहेका ३९७ ई–रिक्सा नियन्त्रणमा लिइएको छ ।
विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गर्नुभएकी बिकले यस वर्ष भने आफ्ने करिब पाँच रोपनी बारीमा कोदो रोप्नुभएको थियो । गत वर्ष तीन मुरी कोदो भित्र्याउनुभएकी बिक यस वर्ष सात मुरी कोदो घरमा भित्र्याउन पाउँदा दङ्ग हुनुभयो ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस पुगेको छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो । तापक्रम कम भएसँगै चिसो बढेको छ ।
एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो ।
मकवानपुरको मनहरी गाउँपालिका –८ स्थित चिसापानीमा जङ्गली हात्तीले घरमा क्षति गरेको छ ।