नुवोकाटे टाइगरले चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेट उपाधि जित्नुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको प्रतियोगिताको मुख्य स्पर्धा हेभी वेटमा टाइगरले डेभिडलाई पराजित गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ। प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्सको विमानबाट शनिबार साँझ ६ बजे स्वदेश फिर्ता हुनुभएको हो।
नवौं इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । पुरुष खुला तौलसमूहमा स्वर्ण विजेता मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनि तौलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्नुभयो।
धनकुटाको शहीदभूमि गाउँपालिका –१ मा जङ्गली च्याउ सेवनबाट दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीय मुना राई र उहाँको ६ वर्षीय छोरा सचिन राई रहनुभएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निस्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक सङ्घ, संस्थाहरूलाई आग्रह गर्नुभएको छ ।
विद्युतमा अर्बौं लगानी गर्नुपर्ने हुन्छ । कुनै पनि लगानीकर्ताले उसको बजार सुनिश्चित नहुँदासम्म लगानी गर्न सक्दैन । सिद्धान्ततः भारतले नेपालको विद्युत किन्न स्वीकार गरेको छ । आउँदो १० वर्षभित्र १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखेको छ ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको बताउनुभएको छ । स्व.डा.गोविन्दबहादुर थापाद्वारा लिखित अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकार्पण कार्यक्रममा शनिबार उहाँले सो कुरा बताउनुभएको हो ।
उडिसा राज्यको बालासोरमा द्रुत गतिमा हुइँकिएका तीन वटा रेल एक आपसमा ठोक्किएर शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई सय ६१ पुगेको छ भने नौ सय जनाभन्दा बढी यात्री घाइते भएका छन् ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले रग्बीबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउनुभएको छ ।
समीक्षा अधिकारी र गोकुल खरेलको स्वर रहेको ‘ए सुवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । इन्जिनियर सागर खरेलका शब्द, दीपक शर्माको सङ्गीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ ।
विभागीय टोली एपिएफ क्लब र थ्रीस्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा एपिएफ र थ्रीस्टारले १–१ गोलको बराबरी खेलेको हो ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा मुक्त हलियालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।
धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दुई विधाको मनोनयन सार्वजनिक भएको छ । अवार्डको लागि सुदूरपश्चिम आईकन पुरुष र सुदूरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो ।
नेपाली कांग्रेसका नेता तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको पश्चिमखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
सरकारले आर्थिक विधेयक, २०८० मार्फत मदिरा र सुर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र (लाइसेन्स) र नवीकरण दस्तुर बढाएको छ ।