गत वैशाखमा भएको स्थानीय निर्वाचनमा कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका नेता गणेश चौधरी निर्वाचित हुनुभयो। पत्रकारितामा आफ्नो परिचय बनाउनुभएका चौधरी राजनीतिमा आएर स्थानीय सरकारको नेतृत्व गरिरहनुभएको छ। ४७ वर्षीय चौधरीसँग गोरखापत्रका प्रकाशविक्रम शाहले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
कालिकोट जिल्लामा तिन यता बिद्युत् सेवा पुर्ण रुपमा बन्द भएको छ । राष्ट्रिय प्रसारण लाइन दुल्लु यताको लाइन अवरोध हुँदा कालिकोट जिल्ला विद्युत विहीन भएको हो । दैलेख खण्डमा एक पोल ढलेका कारणले तीन दिन यता विद्युत बन्द भएको जनाइएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा भेरीबाट लिफ्ट गरेर ल्याउने गरी निर्माण भइरहेको परियोजनामा यो वा त्यो बहानामा विलम्ब नगरी तोकिएको समयभित्रै सम्पन्न गर्न सुझाव दिइएको छ। वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलाका सहभागीले उक्त परियोजना तोकिएको अवधिभित्रै पूरा गर्न सुझाव दिएका हुन्। छवर्षे परियोजनाको सम्झौता २०७९ साल भदौ १६ गते भएको हो। खानेपानी विभाग, वीरेन्द्रनगर नगरपालिका तथा विश्व बैङ्कसँग उक्त सम्झौता भएको थियो। भेरी नदीको पानीलाई लिफ्ट गरेर वीरेन्द्रनगर नगरपालिका–९ को अमृतडाँडामा सङ्कलन गरी सुर्खेत उपत्यकामा वितरण गर्ने महत्वाकाङ्क्षी परियोजना हो।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई लुम्बिनी प्रदेश सरकारले अनुदान उपलब्ध नगराउँदा अस्पताल सञ्चालनमै समस्या देखिएको छ। प्रदेश सरकारले तीन वर्षअघि अनुदान उपलब्ध गराउने आश्वासन दिएर अस्पतालको स्थायी आम्दानीको स्रोतका रूपमा रहेको व्यावसायिक सटर भत्काएपछि अस्पताल सञ्चालनमा समस्या पर्दै आएको छ। प्रदेश सरकारले दुई वर्षसम्म अनुदान उपलब्ध गराए पनि त्यसपछि गत वर्षबाट अनुदान सहयोग नदिएपछि अस्पताल सञ्चालनमा आर्थिक स्रोतको समस्या परेको हो।
दोलखाको तीन गाउँपालिकाको शिरमा रहेको हनुमन्तेडाँडामा हनुमानको अग्लो मूर्ति स्थापना हुने भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनीमा हस्तकला चुनौती र अवसर विषयक समूहगत छलफल गरिएको छ। छलफलमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले बजारको माग अनुसारको आपूर्ति गर्न नसक्नु नै हस्तकला क्षेत्रको अहिलेको ठूलो समस्या बताउनुभयो। उहाँले भन्नुभयो, “हस्तकलाको बजार ठुलो छ, परम्परागत काष्ठ तथा धातुका मूर्तिहरूको चीनमा ठूलो माग छ। त्यसबाहेक अन्य एसियाली मुलुकबाट पनि माग बढ्दो छ। हामीले उनीहरूको माग पूरा गर्न नसक्दा मेसिनबाट निर्मित कलाले बजार ओगट्दै छ।”
बाँकेका वरिष्ठ कथाकार डा इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासङ्ग्रह ‘मयँगाँठो’ को शनिबार नेपालगन्जमा विमोचन गरिएको छ। खजुरा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित गरिएको सो कथासङ्ग्रहको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र शशिराम कार्की, वरिष्ठ लेखक तथा साहित्यकार नरेन्द्रजङ्ग पिटर र वरिष्ठ आख्यानकार नयनराज पाण्डेले सामूहिक रूपमा गर्नुभयो।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटले मन्दीमा रहेको अर्थतन्त्रलाई निकास दिनेमा नेपाल उद्योग परिसङ्घले आशङ्का व्यक्त गरेको छ । पुँजीगत खर्च बढाउनुपर्नेमा त्यसलाई नै सङ्कुचित पारिएको तथा कर नीतिमा अस्थिरतालगायतका केही कमजोर व्यवस्थाका कारण माग सिर्जना गर्ने, पुँजी प्रवाहलाई बलियो बनाउनेमा आशङ्का रहेको परिसङ्घले जनाएको हो ।
सिन्धुलीको दुधौली नगरपालिकाले गर्मीका कारण आइतबारदेखि नगर क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालय छ दिनका लागि बन्द गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जातर्फको लगानी २०७९ चैत मसान्तमा पाँच अर्ब ७७ करोड रुपियाँ रहेको छ । २०७९ चैत मसान्तमा एक लाख ४७ हजार ८०७ ऋणीलाई प्रवाह भएको दुई खर्ब पाँच अर्ब ११ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार दुई सय ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६५ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ७५१ महिला उद्यमीलाई प्रवाह भएको ६२ अर्ब २८ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ ।
पछिल्लो समय मधेश प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै गएको सर्लाहीको बागमती नगरपालिका–१२ स्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा भत्किएको बाँध कसेर पुनः पानी भरिएको छ।
कोही शिव पार्वती रूप बनाएका छन् भने कोही भूतप्रेत त कोही राक्षस, कोही रामसीताका रूप बनाएका छन्। कोही नाच्दै छन् भने कोही लामवद्ध भएर झुम्दै छन्। बिचबिचमा संसारीमाता की जय एकै स्वरमा दसौँ हजार सहभागीले नारा लगाइरहेका छन्।
कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कृषि क्षेत्रलाई यान्त्रिकीकरण गरी उत्पादनमा वृद्धि गर्नसके मात्रै आत्मनिर्भर हुन सकिने बताउनुभएको छ। त्रियुगा नगरपालिकाको आयोजनामा शनिबार गाईघाटमा भएको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रुपियाँले बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख आठ हजार एक रुपियाँमा कारोबार भएको सुनको मूल्य अन्तिम दिन शुक्रबार तोलामा पाँच हजार दुई सय रुपियाँले बढेर एक लाख १३ हजार तीन सय रुपियाँमा कारोबार भएको हो ।
सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ। यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ। पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा लू अझै साताभर रहने अनुमान गरिएको छ। मध्य तराई छोएको सप्तरीदेखि भैरहवासम्मको भूभागमा लूको प्रभाव अत्यधिक छ। मौसमविद् गोविन्द झाले यी क्षेत्रमा बढ्दो क्रममा रहेको तापक्रम ४३ डिग्री सेल्सियस हुँदै उच्चतर्फ अग्रसर रहेको बताउनुभयो। मध्य क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ।