राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी, मानव र प्राणी जगत्को भविष्य सुरक्षित गर्न हिमाल र हिमाली क्षेत्रको संरक्षण आवश्यक रहेको बताउनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको सन्दर्भमा पहिलो सगरमाथा आरोहीद्वय सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका परिवारजनसहित हिमालयन ट्रस्ट युकेका पदाधिकारीसँग शनिबार शीतल निवासमा भएको भेटमा उहाँले सो धारणा राख्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछूत प्रथालाई मानव सभ्यताको कलङ्कको संज्ञा दिँदै यो मानवीय गरिमाविरुद्धको अपराध रहेको बताउनुभएको छ । उहाँले यस प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका व्रmममा भएको सहमति अनुसार नेपालले १५ वटा मुर्रा जातका भैँसी पाउने भएको छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुभएका बेला दुवै पक्षको बिचमा भएको छलफलबाट भारतले नेपाललाई मुर्रा भैँसी दिने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
वार्षिक ६० लाख रुपियाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आयकरको ‘स्ल्याब’ मा परिवर्तन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । बजेटमा गरिएको व्यवस्था अनुसार आयकर ऐनमा संशोधन गर्दै सरकारले ६० लाख रुपियाँ करयोग्य आयमा एकल व्यक्तिको हकमा सो व्यवस्था गरेको हो । दम्पतीको हकमा भने उक्त बराबरको आयमा १८ लाख २६ हजार रुपियाँ तिर्नुपर्ने छ ।
नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधानको सम्मान तथा संरक्षण गर्नुभएको जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।
सङ्घीय सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय ससस्य प्रदीप पौडेलले सुशासन दिन जन्मेको कांग्रेसले भ्रष्टाचारका विरुद्ध आक्रामक ढङ्गले प्रस्तुत हुनुपर्ने बताउनु भएको छ ।
कर्णेल उजिरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा स्याङजाको होराइजन फुटबल क्लब वालिङ विजयी भएको छ । वालिङले २८ बिघा युथ क्लब पूर्व नवलपरासीलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा राष्ट्रहित विपरीत अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताउनुभएको छ।
बाजुरामा आज बिहान रुखबाट लडेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका –७ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहनुभएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा शनिबार साइकल र्याली आयोजना गरिएको छ ।
ताप्लेजुङमा डिभिजन वन कार्यालयले किसान तथा उपभोक्तालाई निःशुल्क बिरुवा वितरण गरेको छ । वन तथा वातावरण संरक्षणको सन्देश गाउँ–गाउँसम्म लग्ने उद्देश्यसहित वन कार्यालयले निःशुल्क बिरुवा वितरण गरेको हो ।
नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताउनुभएको छ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल भूस्वर्ग खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी तीव्र बनेको छ । जेठ २३ देखि २५ गतेसम्म हुने सम्मेलनको तयारी तीव्र पारिएको हो ।